ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले पालिकाका प्रत्येक वडामै पुगेर अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य परीक्षणसँगै अपाङ्गता परिचय–पत्र वितरण सुरु गर्न लागेको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अभिषेक घिमिरेका अनुसार शुक्रवारबाट सुरु हुने उक्त सेवा प्रवाह असोज १६ गते सकिने छ। घिमिरेले असोज ११ गते शुक्रवार वडा नं. १ को नाङखोल्याङ स्वास्थ्य चौकीमा, १२ गते शनिवार २ नं. वडा कार्यालय थेचम्बुमा र १३ गते आइतवार ३ नं. वडा कार्यालय तिरिङ्गेमा सेवा प्रवाह गरिने बताए।
यस्तै १४ गते सोमवार वडा नं.६ को थुम्बेदिन स्वास्थ्य चौकीमा, १५ गते मंगलवार ५ नं. वडा कार्यालय चाक्सिबोटेमा र १६ गते बुधवार वडा नं. ४ को स्वास्थ्य चौकी डुम्रिसेमा सेवा प्रवाह हुने छ।
पालिका अध्यक्ष केशरकुमार सुब्बाका अनुसार स्थानीय अपाङ्गता समन्वय समितिको बैठकको निर्णय अनुसार प्रत्येक वडामै पुगेर अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य परीक्षण संगै अपाङ्गता परिचय–पत्र वितरण कार्यक्रम तय भएको हो।