ताप्लेजुङका विभिन्न वडाका वडाध्यक्षहरू अहिले पदमार्ग देखि अस्थायी काठेपुल निर्माणका लागि श्रमदानमा जुटेका छन्।
मेरिङदेन गाउँपालिका वडा नं ६ नाल्वुका वडाध्यक्ष मनोजकुमार तुम्बाहाम्फे र कार्यपालिका सदस्य पासाङ शेर्पा सहितका जनप्रतिनिधिको अगुवाइमा थुकिमा र नाल्वु जोड्ने अस्थायी मोटरेवल काठेपुल निर्माण भइरहेको छ।
मेरिङदेन गाउँपालिकाको वडा नं ५ थुकिमाको वरकदेन र वडा नं नाल्बु जोड्ने लङ्वा खोला माथि अस्थायी काठेपुल निर्माण भइरहेको छ। मेरिङदेन गाउँपालिका अध्यक्ष युकहाङवीर (डम्बर) हाङगामले पालिकाको स्काभेटर मेसिन र कर्मचारी सहितका जनशक्तिलाई श्रमदानमा पठाई स्थानीय समुदायका सदस्य र जनप्रतिनिधिको संलग्नतामा काठेपुल निर्माण भइरहेको जानकारी दिए।
उता फुङलिङ नगरपालिका वडा नं १० का वडाध्यक्ष सन्तोष लिम्बूको अगुवाइमा वडाका विभिन्न स्थान पुग्ने पदमार्ग निर्माण तथा सफाइ कार्य भइरहेको छ। चाडबाडका बेला मानिसहरूको आवतजावत समेत बढ्ने भएकोले पदमार्ग सफाइ र मर्मतमा स्थानीय समुदाय समेतलाई सहभागी गराई श्रमदानमार्फत व्यवस्थापन भइरहेको वडाध्यक्ष लिम्बूले जानकारी दिए।