भरतपुर महानगरपालिकाले पुङ्गीखोलामा अतिक्रमण गरेर बनाएका संरचना भत्काउन सुरु गरेको छ। सांसददेखि विभिन्न क्लबहरूले अतिक्रमण गरेर बनाइएका संरचना डोजर प्रयोग गरेर भत्काउन सुरु गरिएको हो।
बुधबार महानगरपालिकाले चितवन क्षेत्र नम्बर–३का सांसद विक्रम पाण्डे र लायन्स क्लबले अतिक्रमण गरेर निर्माण गरेका संरचना भत्काइएको महानगरपालिकाका इन्जिनियर साकार लामाले बताए।
अतिक्रमित संरचना हटाउन दिइएको समयभित्र पनि नहटाइएपछि महानगरले बल प्रयोग गरी भवन भत्काएको उनले बताए। भवन भत्काउने क्रममा भरतपुर महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारी पनि उपस्थित भएका थिए।
मापदण्ड विपरीत र अनधिकृत संरचना हटाउने कामलाई महानगरले निरन्तरता दिने नगर प्रमुख दाहालले बताइन्। ‘वर्षौँदेखि सरकारी जग्गा हडपेर ठूला–ठूला भवन बनाउने अनि भाडामा लगाएर खाने जुन प्रचलन छ। त्यसलाई तोड्नुपर्ने मनसाय महानगरले लिएको छ’ –उनले भनिन्। पुङ्गीखोला अतिक्रमण गर्नेमा प्रतिनिधिसभा सदस्यदेखि विभिन्न क्लबसम्म रहेका छन्।
नारायणगढको मुख्य सहरमा रहेको पाँच तले लायन्स भवनको इतिहास बेग्लै छ। सामाजिक क्षेत्रमा काम गर्ने उद्देश्यका साथ निर्माण गरिएको १८८ दशमलव ९४ वर्ग फिटको भवनबाट नै लायन्स चोक नामकरण गरियो। अहिले सोही ४० वर्षपछि महानगरले भत्काएको हो। यो भवन तीन धुरमा निर्माण गरिएको थियो। सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने उद्देश्य रहेको भन्दै लायन्स भवन मापदण्ड विपरीत तीन धुरमा निर्माण गरिएको उनले बताइन्।
भरतपुर महानगरपालिका–२ स्थित विक्रम मार्गमा रहेको दियालो फुड्ल्याण्डको संरचना भत्काइएको छ। फुड्ल्याण्ड रहेको जग्गा सांसद विक्रम पाण्डेको हो। पाण्डे पूर्व भूमिसुधार मन्त्रीसमेत हुन्। उनले नै खोला र सिँचाइको जग्गा अतिक्रमण गरी भवन निर्माण गरेर भाडामा दिएको महानगरपालिकाका इन्जिनियर सूर्य लामाले बताए। उनले विक्रम मार्गमा पुङ्गीखोला र सिँचाइको जग्गा गरेर करिब दुई कठ्ठा जमिन अतिक्रमण गरेको महानगरपालिकाका इन्जिनियर सर्यप्रकाश लामाले जानकारी बताए।
‘सांसद पाण्डेको कालिका कन्स्ट्रक्शन प्रा.लि.को अफिस यहाँ थियो। अहिले भाडामा दिनुभएको देखिन्छ, लामाले भने यहाँ अतिक्रमण गरिएका भौतिक संरचना हटाएका छौँ। यस पाण्डेले सँगै जोडिएको सिँचाइको जमिन समेत अतिक्रमण गरेको छ। तर, सिँचाइको जमिन तर्फ बनेका संरचना महानगरपालिकाले नभत्काएको उनले बताए। पाण्डे जग्गा संरक्षण गर्ने सर्वोच्च तहमा पनि पुगिसकेका व्यक्ति हुन्। पुङ्गीखोला छेउ छाउका टहरा महानगरपालिकाले भत्काइरहेको छ।
अतिक्रमण बढ्दै गएपछि भरतपुर महानगरपालिकाले पुङ्गीखोला सिमांकन तथा संरक्षण समितिसमेत बनाएको छ। नाप जाँच गर्दा पुङ्गीखोलामाथि ५० भन्दा बढी घर परेको महानगरपालिकाले बताएको छ। पर्खाल र टप मात्र पर्ने घरहरूको संख्या धेरै रहेको इन्जिनियर लामाले बताए। खोला र नहरबाट तीन मिटर छाडेर भौतिक संरचना बनाउनुपर्ने हुन्छ, तर कतिपयले खोलाको सिमानाबाटै घर उठाएका छन्।
भरतपुर महानगरपालिका ११ गणेशधामदेखि सुरु हुने यो खोला वडा नं. २, ३ र वडा नं. ४ को रामघाट बाह्रघरे हुँदै रामघाटमा पुगेर नारायणी नदीमा मिसिन्छ। साढे ६ किलोमिटर रहेको यस खोला सबैभन्दा बढी वडा नं. २ मा मिचिएको उनले बताए।
रामकृष्ण टोल, जलदेवि टोल, समता स्कुल, दुई नम्बर वडा कार्यालय, मिल्स एरिया, वडा नम्बर ३ को आनन्द मार्गमा बढी मिचिएको छ। भरतपुर महानगरपालिका २ को वडा कार्यालय पूरै खोलाको जमिन पर्दछ। वडाध्यक्ष मनोज रानाभाट महानगरपालिकाको कार्यपालिकाको बैठकले पारित गरेपछि भवन निर्माण गरिएको बताउँछन्।
यो खोलाको चौडाइ एकनासको छैन। सब्जी मण्डी र लायन्सचोकबाट पश्चिमतर्फको एनपिआई कलेज क्षेत्रमा नक्साको लगत समेत भएको छैन। यस क्षेत्रमा खोला बगिरहेको क्षेत्रलाई हेरेर लगत संकलन गर्ने एक खालको मौखिक सहमति भएको छ। अन्य स्थानमा ६ देखि ६५ मिटरसम्म फराकिलो भएर खोला बगेको छ।
महानगरपालिकाले अतिक्रमणको चपेटामा परेको पुङ्गीखोलामा तलाउसहित दायाँबायाँ हरियाली पार्कसहित सौन्दर्यीकरणका लागि विभिन्न संरचना बनाउने योजना बनाएको छ। अहिले गणेशस्थानबाट कामसमेत सुरु भएको छ। प्रदेश सरकारको स्थानीय पूर्वाधार विकास कार्यक्रम र भरतपुर महानगरपालिकाको साझेदारीमा एक करोड रुपैयाँको लागतमा तलाउ निर्माण र हरियाली पार्कसहित सौन्दर्यीकरणका काम गरिएको छ। यो वर्ष मात्रै महानगरपालिको ३६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। गुरुयोजनामा पार्क, फुटपाथ, साइकल ल्यान्डलगायतका संरचना बन्नेछन्।
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।
त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।
उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।
'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'
प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।
सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...