सर्लाहीको हरिपुर्वामा बुबा र श्रीमतीलाई गोली हानी फरार भएका युवक अझै प्रहरी नियन्त्रणमा आउन सकेका छैनन्। बिहीबार बिहान पौने २ बजे सर्लाहीको हरिपुर्वा नगरपालिका ५ का ३० वर्षीय धीरेन्द्र यादवले बुबा राम दिनेश राय यादव र श्रीमती चित्रलेखा यादवलाई गोली हानेका थिए।
गोली लागेर यादवकी श्रीमती २५ वर्षीया चित्रलेखा यादवको घटनास्थलमै मृत्यु भएको छ। यादवको टाउकोमा दुई राउन्ड गोली लागेको प्रहरीले जनाएको छ।
यादवले ५४ वर्षीय बुवा राम दिनेश यादवलाई पनि गोली हानेका थिए। गोली लागेर राम दिनेश यादव घाइते भएका थिए। यादवको उपचार प्रादेशिक अस्पताल सर्लाहीमा भइरहेको छ। यादवको अवस्था बिस्तारै सामान्य हुँदै गएको प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले घटनास्थलबाट दुई राउन्ड गोलीको खोका र एक राउन्ड मिस फायर भएको गोली बरामद गरेको छ। घटनामा सानो हतियारको प्रयोग गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।
गोली हानी फरार युवक यादवको खोजी सर्लाही प्रहरीले गरिरहेको छ। युवकले घरायसी विवादका कारण पत्नी र बुबाको हत्या गर्न खोजेको स्थानीयको अनुमान रहेको छ। करिब एक महिना पहिले युवक धीरेन्द्र वैदेशिक रोजगारीबाट घर फर्केका थिए।
घर फर्केपछि घरायसी विवाद भएको र विवादका कारण युवक धीरेन्द्र यादव घरमा बस्न छाडेका थिए। भारत र अन्य ठाउँमा लुकीछिपी बस्ने गरेका यादव पौने २ बजे मोटरसाइकलमा दुई जनासित आएको बुझिएको छ।
घर अगाडि बाटोमा मोटरसाइकल रोकेर यादव घरभित्र पसेर पहिले श्रीमतीमाथि दुई गोली हानी त्यसपछि बुबामाथि गोली हानेर रोकिइरहेको मोटरसाइकलमा बसी फरार भएको स्थानीयको भनाइ छ । मोटरसाइकलमा आएका अर्का व्यक्ति भने मोटरसाइकलबाट नओर्लेको र तुरुन्तै फरार भएको स्थानीयले बताएका छन्।
घटना लगत्तै सर्लाही प्रहरी परिचालित भई सर्लाहीका सम्पूर्ण नाका बन्द गरिएको थियो। बिहान भएपछि कडा चेकजाँच गरिएको थियो। गोली प्रहार गर्ने यादव भारततिर फरार भएको अनुमान गरिएको छ।