ईन्टरनेटमा तारमा करेन्ट प्रवाह हुँदा.........
१२ असोज २०८१
•
३ मिनेट पाठ
ईन्टरनेटमा तारमा करेन्ट प्रवाह हुँदा.........
पत्रकार सम्मेलनमा पीडितका भाई भरतबहादुर पौडेलसहित विभिन्न संस्थाहरुका प्रतिनिधिहरु। तस्बिरः सन्देश÷नागरिक
पोखरा महानगरपालिका–६ गौरीघाट मार्गको स्ट्रिटनम्बर–८ स्थित खेमबहादुर पौडेल ९मंगल०को घरको आगनमा ईन्टरनेटको तार लत्रिएको थियो।  




घरको आगन भएर अन्यत्र कतै लगिएको ईन्टरनेटको तार लत्रिएको हप्तौं बित्दा समेत ईन्टरनेट सेवा प्रदायक कम्पनीले वास्ता गरेको थिएन । दिनहुँ लत्रिएको तार पन्छाउँदै हिड्ने गरेका उनले असोज १ गतेपनि त्यसै गर्ने प्रयास गरे। ईन्टरनेटको लत्रिएको तार पन्छाउने क्रममा उनलाई करेन्टले झट्का दियो।

ईन्टरनेटको तार छुँदैमा करेन्ट लाग्दैन भन्ने सुनेका उनलाई एक्कासी करेन्टले हातमा झट्का हानेपछि आत्तिए र हत्तपत्त तार हुत्याए। तर हुत्याएको तार आफ्नो घाँटीदेखि छाती हुँदै कम्मरसम्म बेरियो। करेन्टसहितको तारले बेरिएपछि उनी त्यहिं ढले। श्रीमानलाई करेन्ट लागेर ढलेको देखेपछि श्रीमती जानुका पौडेल चिच्याईन्। केहिबेर हारगुहार भएपछि उद्धार गरेर उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगियो।

करेन्टले घाँटीदेखि छातीहुँदै कम्मरसम्म र हात पनि जलेको अवस्थामा अस्पताल पुर्याइएका उनलाई आईसियूमा राखेर उपचार गरिएको थियो। शुरुमा थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लैजाने तयारी गरेपनि स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएपछि काठमाडौं लैजान नपर्ने भनियो। जसका कारण आफन्तले मणिपालमै राखेर उपचार गर्ने निधो गरे। तर आठौं दिनमा आएपछि उनको अवस्था थप जटिल बन्यो र नवौं दिनको दिन उनले अन्तिम सास फेरे।

घटनालगत्तै पीडित परिवारले कास्की प्रहरीलाई जानकारी गरायो। प्रहरीले लत्रिएको नाङ्गो तारसहित घटनाको मुचुल्का बनायो। पीडित परिवारले दोषीमाथि कारवाही गर्न माग गर्दै प्रहरीमा शुरुमा ठाडो निवेदन र त्यसपछि ईन्टरनेट सेवा प्रदायक कम्पनी र नेपाल विद्युत प्राधिकरणबिरुद्ध किटानी जाहेरीपनि हाल्यो। तर प्रहरीले मुचुल्का तयार पार्नुबाहेक थप कारवाही प्रक्रिया अगाडि नबढाएको पीडित परिवारको गुनासो छ।

घटना घटेको १२ औं दिनसम्मपनि प्रहरीले अनुसन्धान नगरेको मृतक खेमका भाई भरतबहादुर पौडेलले बताए। ‘हामीले जाहेरी दिएका छौं,’ उनले भने,‘तर प्रहरीले अहिलेसम्म अनुसन्धान अगाडि बढाएको जानकारी छैन।’ उनले ईन्टरनेटको तारमै हाईभोल्टेज विद्युत प्रवाह हुँदा करेन्ट लागेको हो वा विद्युतको तारले कहिं छोएर त्यस्तो भएको हो भन्नेबारेमा अनुसन्धान गरेर उनीहरुलाई कारवाहीको दायरामा ल्याउनुपर्ने बताए। तर त्यसका लागि प्रहरीले तदारुकता नदेखाएको उनको आरोप छ।  

स्थानिय पर्यटन व्यवसायी भीमसेन भुजेलले ज्यानमारा तार हटाउन पटकपटक आग्रह गर्दापनि ईन्टरनेट सेवा प्रदायक कम्पनीले बेवास्ता गरेको आरोप लगाए। उनले भने,‘उनीहरुको लापर्वाहीले ज्यान गएको छ। त्यसैले अनुसन्धान गरेर दोषिमाथि कारवाही गरियोस्।’

स्थानिय महिला सञ्जाल बैदामकी अध्यक्ष बबिता मल्लले ईन्टरनेट सेवा प्रदायक कम्पनीको चरम लापर्वाहीले नै पौडेलको ज्यान गएको बताईन्। घटनाको प्रत्यक्षदर्शी समेत रहेकी उनले भनिन्, ‘लत्रिएको तार हटाउँदै हुनुहुन्थ्यो तर एक्कासी करेन्टले हानेछ। हारगुहार भएपछि हामी पुग्दा शरिरका विभिन्न भागमा जलेको देख्यौ र उद्धार ग¥यौं। उनले दोषिमाथि कारवाही र पीडितलाई क्षतिपुर्ती दिनुपर्नेसमेत बताईन्।

यसैबीच, दुई दर्जन संघसंस्थाहरुले शनिबार संयुक्त विज्ञप्ती जारी गर्दै दोषी ईन्टरनेट कम्पनीलाई कारवाही र पीडितलाई क्षतिपुर्ती दिन माग गरेका छन्। लापरवाहीले पौडेलको ज्यान गएको भन्दै दोषिमाथि कारवाही र पीडितलाई क्षतिपूर्ती दिन स्थानीयको माग छ ।  पत्रकार सम्मेलनमा नागरिक समाजमा रामबहादुर पौडेलले ईन्टरनेट सेवा प्रदायक कम्पनीको लापर्वाहीले व्यक्तिको ज्यान जानु विडम्वना भएको बताए। उनले भने, ‘कसैको लापर्वाहीले नागरिकको ज्यान जाँदापनि प्रहरी, प्रशासन मुकदर्शक बन्नु झनै विडम्वना हो।’

पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीलेप नि लापर्वाही गर्ने ईन्टरनेट कम्पनीलाई कारवाही गर्नुपर्ने बताए। पर्यटकीय केन्द्र लेकसाईडमै भएको यो घटनाले पर्यटक र स्थानियमा त्रास सिर्जना गरेको उनको भनाई छ। घटनापछि पनि तार व्यवस्थापन नभएको भन्दै तत्काल एक्सन लिएर तार व्यवस्थापन गरिनुपर्नेमा उनले जोड दिए।
अर्को समाचार
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
३८ मिनेट अघि
•
१ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।




पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।

चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।

त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्‍यो।

सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्‍यो भने भुवन खड्का ५५ मतमा सीमित भए।

अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।

त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।

पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।

समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
यो पनि पढौँ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस