ताप्लेजुङ उद्योग वाणिज्य संघले ताप्लेजुङमा दैनिक उपभोग्य वस्तु खाद्यान्न लगायत खाना पकाउने ग्याँसको पर्याप्त उपलब्धता भएको जनाएको छ।
आवश्यकताभन्दा बढी मौज्दात नगर्न र बजारमा कृत्तिम अभाव बढाउने कार्य नगर्न पनि संघले सचेत गराएको छ।
व्यवसायीलाई कृत्तिम अभाव सृजना नगर्न तथा उपभोक्तालाई आवश्यकतथा भन्दा बढी मौज्दात नगर्न आग्रह गरिएको छ।
ताप्लेजुङ उद्योग वाणिज्य संघका महासचिव कमल लिम्बूले आफुहरुले कृत्तिम अभाव र कालाबजारी हुनसक्ने आशंकामा सुक्ष्म निगारानी बढाएको भन्दै त्यस्तो भएको पाइएको कानुन अनुसार कारबाही गरिने बताए।
लिम्बूले भने ‘ताप्लेजुङमा खाद्यान्न,खाना पकाउने ग्याँस सहितका सामग्री तत्काललाई अभाव नहुने गरी उपलब्ध छ,उपभोक्ताले तत्कालै आत्तिनुपर्ने अवस्था छैन।’
उनले हेंवाखोला तरिसकेका गाडीमार्फत पनि सामान आएको र अब मौसम खुल्ने भएकोले डाइभर्सन समेत बनाएर गाडी वारपार गर्नसक्ने सम्भावना औंल्याउँदै ताप्लेजुङमा तत्कालै कुनैपनि किसिमको खाद्यान्नसहितका सामग्रीको अभाव नहुने बताए।
सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईले हेंवाखोलाको बेलिब्रिज बगाए लगत्तै ताप्लेजुङमा उपभोक्ताले आफुलाई चाहिने सामग्री खरिदलाई बढी महत्व दिएको बताउँदै आवश्यकता भन्दा बढी मौज्दाद गर्नेगरी खरिद नगर्न आग्रह गरेका छन्।
उनले यसकै आडमा हुने कालाबजारी हुने तथा कृत्तिम अभाव सृजना गर्नेतर्फ लागेको पाइए कडा कारबाही गर्ने योजनामा प्रशासन रहेको जनाए।
कालोबजारी नियन्त्रण,अनावश्यक मूल्यबृद्धि नियन्त्रण र कृत्तिम अभाव रोक्न प्रशासन कार्यालयले निरागानी समूह बनाई सोहि अनुसार सुक्ष्म र सघन अनुगमनलाई तीव्र बनाउने प्रशासन कार्यालयको योजना रहेको छ।
आवश्यकताभन्दा बढी मौज्दात गर्ने उपभोक्ता माथि समेत प्रशासन कार्यालयले निगरानी बढाएको जनाएको छ।
ताप्लेजुङ–पाँचथर जोड्ने मेची राजमार्ग अन्र्तगत हेंवाखोला माथि बेलिब्रिज बाढीले बगाएपछि ताप्लेजुङका उपभोक्ताको शनिवारबाटै पसलहरुमा बिक्रीका लागि लाममा देखिएका छन्। फुङलिङ नगरपालिका र घरेलु तथा साना उद्योग कार्यालयसंग मिलेर बजारमा नियमित अनुगमन गर्ने प्रशासनको तयारी छ।