रौतहटको सदरमुकाम गौर डुबानमा परेकै अवस्थामा पानी निकाल्ने प्रयास सुरु भएको छ । रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मिको आग्रहमा भारतीय पक्षले नेपाल भारतसीमामा बनाएको सुलिस गेट खोलेको छ ।
लाल बकैया र बागमती नदीको बाढीको पानीले सदरमुकाम गौर जलमग्न भएपछि गौर नगरपालिकाका मेयर शम्भु साहसहितका जनप्रतिनिधिले प्रमुख जिल्ला अधिकारी रेग्मीलाई भारतीय समकक्षीसँग कुरा गर्न आग्रह गरेका थिए ।
भारतीय पक्षले बनाएको बाँधको कारण बाढीको पानी निकास नहुँदा विभिन्न किसिमको महामारी फैलिने खतरा बढेपछि प्रजिअ रेग्मीले भारत सितामढी जिल्लाका डिएम ऋषि पान्डेय लगायतका सुरक्षा अधिकारीहरुसँग कुराकानी गरेका थिए । सो लगत्तै चार सुलिस गेटमध्ये भारतीय पक्षले एउटा सुलिस गेटको ढोका खुल्ला गरेको हो ।
अहिले भारतको भकुरहर नजिक रहेको सुलिसगेट खोलिएको छ, अर्को ढोका पनि खुलाउने प्रयास भइरहेको प्रजिअ रेग्मीले बताए ।
लाल बकैया र बागमती नदीमा आएको बाढिले ठाउँठाउँमा तटबन्ध बगाएर सदरमुकाम गौरसहित दर्जनौं बस्ती डुबानमा परेको थियो । बकैया र बागमती नदिमा समेत पानीको सतह घटेको र सुलिस गेट भारतिय पक्षले खुल्ला गरेपछि मध्यराती देखि सदरमुकाम गौरमा पसेको बाढिको पानी घटदै गएको प्रजिअ रेग्मीले बताए ।