भक्तपुरको सूर्यविनायक नगरपालिका-८ आशापुरी नैचालका ५१ वर्षीय सानुकान्छा तामाङको परिवार २०७२ सालको भूकम्पपछि भत्केको घर बनाउन नसकेर टहरामै बस्दै आएका थिए, तर शनिबारको बाढीपहिरोले टाउको लुकाउने टहरो मात्रै होइन, धर्मपत्नी र सालीसमेत गुमाउन उनी बाध्य भए।
घटनापछि घाइते सानुकान्छा अहिले भक्तपुर अस्पतालमा छन्। मर्ने–बाँच्ने केही ठेगान छैन उनको। तर उनकी धर्मपत्नी मसली र साली वर्ष ३७ की मनु तामाङको भने आइतबार दाहसंस्कार गरिएको छ।
सानुकान्छाको परिवारमा आफू, धर्मपत्नी (मृतक वर्ष ५० की मसली) र एक छोराको परिवार थियो। ठूलो छोरा र बुहारी अनि उनका दुई छोरा भने काठमाडौंमा डेरा गरी बस्छन्। साली भने पाहुना आएकी थिइन्।
घटनाबाट बच्न सफल कान्छो छोरा विदुरका अनुसार घटना बिहान सवा ६ बजेतिर भएको थियो। उनका अनुसार घटना हुँंदा टहराभित्र आमा र सानी आमा हुनुहुन्थ्यो। बुबा सानुकान्छा र आफू टहरा बाहिरै थियौं।
‘सानीआमालाई खुवाउन आमा चिया बनाइरहनुभएको थियो, बुबा सानुकान्छा र म भने बाहिर थियौं’, घटनाका प्रत्यक्षदर्शी विदुरले भने, ‘यत्तिकैमा एक ढिस्को पहिरो आयो। टहरा र टहराभित्रका आमा र सानीआमालाई बगाएर लग्यो।
आफू र बुबा टहराबाहिर रहेकोले बच्न सफल भएको उनले सुनाए। त्यसमा पनि बुबालाई पनि पहिरोले पुरेको र झन्डै दस–पन्ध्र मिनेटपछि आफैं पहिरोभित्रबाट निस्कन सफल भएको उनले बताए। आफू भने भागेकाले सामान्य चोटपटक मात्रै भएको उनले सुनाए।
उनका अनुसार आफनो टहरावरपर अरू घर–बस्ती छैन। जंगलको बिचमा उनीहरूको एउटा मात्रै टहरा थियो। घटना भएको देखे पनि तत्काल नजिकैका छरछिमेक पनि सहयोग गर्न आउन सकेनन्। किनकि उनीहरूको बस्ती खोलाबाट माथि थियो। नजिकैको छिमेकहरू खोला तर्न नसकेपछि सहयोगमा ढिलाइ भएको थियो।
घटनाका प्रत्यक्षदर्शी अमित तामाङका अनुसार बिहान सवा ६ बजे घटना भएकोमा साँझ ४ बजेतिर मात्रै दुवै लास फेला परेको थियो। त्यसपछि लासलाई केएमसी अस्पताल दुवाकोट भक्तपुरमा पोस्टमार्टमका लागि लगिएको थियो। पोस्टमार्टमपछि आइतबार साँझ उनीहरूको बौद्ध संस्कारअनुसार भक्तपुरको हनुमानघाटमा दाहसंस्कार गरिएको हो।
अविरल वर्षाका कारण शनिबार भक्तपुरमा ५ जनाको मृत्यु, २ जना घाइते, ४१७ घर/२२४ टहरा डुबान, ५६ जनाको नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयको सहयोगमा उद्धार गरिएको थियो।