दसैंको सुरुवातसँगै भक्तपुरमा हुने नवरात (नौराते) मेला आजदेखि सुरु हुँदै छ। प्रत्येक वर्ष दसैंको घटस्थापनासँगै सुरु हुने नौराते मेला यहाँका विभिन्न नौ शक्तिपीठमा दैनिक फरकफरक दिनमा लाग्ने गर्दछ।
रातको समयमा मेला लाग्ने भएकाले स्थानीयहरू यसलाई नवरात अर्थात् नौराते मेला भन्छन्। बिहान पनि मेला नलाग्ने होइन, तर बिहानको तुलनामा साँझ मेला भर्न सयौं बाजागाजाका साथ टोलटोलबाट हजारौं सहभागी हुने गर्दछन्। त्यसकारणले पनि यसलाई नवरात मेला भनिएको हो।
नवरातको नौ दिन नौ छुट्टाछुट्टै शक्तिपीठमा बिहान र साँझ दुईपटक मेला लाग्ने गर्दछ। यसअनुसार पहिलो घटस्थापना र अन्तिम दिन विजयादशमीका दिन ब्रह्मायणीमा मेला लाग्छ।
परम्पराअनुसार द्वितीयामा महेश्वरी, तृतीयामा कुमारी, चतुर्थीमा भद्रकाली, पञ्चमीमा बाराही, षष्ठीमा इन्द्रयणी, सप्तमीमा महाकाली, महाअष्टमीमा महालक्ष्मी र महानवमीमा त्रिपुरासुन्दरीमा मेला लाग्दछ। अन्तिम दिन ब्रह्मायणीमा ठूलो मेला लाग्ने गर्छ। यस दिन यो ठाउँमा भक्तपुरसहित काठमाडौं, ललितपुर र भक्तपुर, काभ्रेपलाञ्चोकबाट दसौं हजार जात्रालु मेला भर्न ब्रह्मायणी आउने गर्दछन्।
दसैंका यी दिनमा बिहान र बेलुका भक्तपुर दरबार स्क्वायरस्थित तलेजु मन्दिरमा विशेष मेला लाग्ने परम्परा छ। यी मेलामा नगरभरिका दशौं हजार भक्तजन बाजागाजाका साथ उल्लासमय रूपमा सहभागी हुने गर्दछन्।
नवरातका क्रममा बालबालिकादेखि वृद्धवृद्धासम्म सहभागी हुने गर्दछन्। तर पनि युवायुवती बढी रमाउने गर्दछन्। यतिबेला तन्नेरीहरू आपसमा जिस्किएर रमाउने परम्परा छ।
यसबाहेक भक्तपुरको दसैंका विभिन्न विशेष आकर्षण रहेका छन्। खम्ये जात्रा (राँगो दौडाउने जात्रा), कुछी भ्वय (दुई माना चिउरा नापेर खानुपर्ने विशेष भोज), पायोन्हायाकेगू (भागी विवाह) लगायतका विशेष आकर्षण यहाँको दसैंका आकर्षण हुन्। यीबाहेक पनि दसैंको १० दिन भक्तपुर नगरका ठाउँठाउँमा विभिन्न मेला लाग्छ।
इतिहास एवं संस्कृतिविद् डा. वीरेन्द्रप्रसाद कायस्थ मूल दसैं देशभरि मनाए पनि भक्तपुरको दसैंको विशेष आकर्षण रहने सुनाउँछन्। उनका अनुसार दसैंका १० दिनमा भक्तपुरमा विशेष भोज, जात्रा र मेला लाग्ने प्रत्येक दिन एकएक शक्तिपीठमा जात्रा हुने गर्दछ।
उनका अनुसार विजयादशमीको दिन तलेजुमा खड्गको पूजा हुन्छ। यसलाई नेवारीमा पायोन्हायाकेगू भन्ने चलन छ। यो दिन प्रेम सम्बन्धमा बसेका जोडीले भागेर विवाह गर्ने गर्छन्। यसरी यो दिनको विवाहलाई कानुनी मान्यता दिइन्छ। यस दिन भागी विवाहबाहेक मागी विवाह, व्रतबन्ध आदि शुभकार्य गर्ने चलन छ। यो दिनलाई शुभसाइतका रूपमा लिने गरिन्छ। यस दिन साइत नजुरेकाहरूको विवाह गरिदिने चलन छ।
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
गुठीचौर गाउँपालिका-१,मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।
जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।
उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...