असोज १२ र १३ गतेको मनसुनजन्य विपद्का कारण काठमाडौं उपत्यकासहित देशभरका नागरिकहरूको जनजीवन अस्तव्यस्त बनेको छ।
लगातारको वर्षाले काठमाडौं उपत्यकामा बागमती, हनुमन्ते, र नख्खु खोलामा आएको बाढीले ठूलो क्षति पुर्याएको छ। ललितपुरको नख्खु खोलाले बगाएर धेरै नागरिकको वासस्थान उजाड बनाएको छ। अहिले पनि बाढी प्रभावित नागरिकहरू गाँस र वासको खोजीमा भौँतारिरहेका छन्।
ललितपुर महानगरपालिका वडा नम्बर २५ मा स्थानीयहरूले मिलेर प्रभावितहरूलाई दुई छाक खाना खुवाइरहेका छन्। वडाध्यक्ष दौलतकुमार खत्रीका अनुसार पीडितहरूलाई सहयोगी दाताहरूको माध्यमबाट राहत प्रदान गरिएको छ।
वडामा २५० जना नागरिकले बाढीका कारण आफ्नो बास गुमाएका छन्, भने स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारले समन्वय गरे समस्याहरू समाधान हुन सक्ने आशा गरिएको छ। खत्रीले भने, "बाढीले घर बगाएसँगै सरकारले दिएको राहत राख्ने ठाउँ नहुँदा पनि चुनौतीहरू थपिएका छन्।"
पीडितहरूको लागि बिहान-बेलुका खाना खुवाउने काम निरन्तर भइरहेको खत्रीले जानकारी दिए। उनले भने, "सहयोगी दाताहरूले निरन्तर सहयोग गरिरहनुभएको छ। यो वडामा २५० जनाको गाँसबास खोसिएको छ, दुई जनाको मृत्यु भइसकेको छ।"
महिला सदस्य सपना ठकुरीले पनि स्थानीयहरूको सहयोगमा दैनिक तीन सय जनालाई खाना खुवाइरहेको बताइन्। उनका अनुसार विभिन्न संस्थाहरूको सहयोगमा पीडितहरूलाई सरकारी भवन र बालकुमारी मन्दिरमा राखिएको छ। जबकि केही पीडितहरू आफन्तहरूको घरमा बसिरहेका छन्।
वडा नम्बर २५ का नेपाली कांग्रेस सभापति रविचन्द्र ठकुरीले महानगरपालिकाले पीडितहरूको उद्धार र राहतमा प्रभावकारी काम गरिरहेको जनाए। उनले बिस्थापितहरूको लागि बस्न र खानको व्यवस्थामा स्थानीयहरूको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे।
असोज १२ र १३ गतेको अविरल वर्षाले देशभर जनधनको ठूलो क्षति पुर्याएको छ। हजारौं मानिसहरू विस्थापित भएका छन् भने मनसुन अझै सक्रिय रहेकाले विज्ञहरूले सतर्कता अपनाउन सुझाव दिएका छन्।
चिकित्सकहरूले विपद्पछि स्वास्थ्य समस्याहरू उत्पन्न हुनसक्ने भन्दै पानी सफा गरेर मात्र पिउन र अन्य सावधानीहरू अपनाउन आग्रह गरेका छन्। सरकारले पनि आवश्यक सतर्कता अपनाउन र स्वास्थ्यमा ध्यान दिन सबैलाई सचेत गराएको छ।