अवरुद्ध चार राजमार्ग आइतबारसम्ममा खुल्ने, विपी राजमार्ग दसैँअघि नखुल्ने
१८ असोज २०८१
•
२ मिनेट पाठ
अवरुद्ध चार राजमार्ग आइतबारसम्ममा खुल्ने, विपी राजमार्ग दसैँअघि नखुल्ने
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विपी राजमार्गमा अलपत्र परेका सवारी साधनहरुको उद्धार गर्नु सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन्।




शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री दाहालले यस्तो बताएका हुन्।

उनले सडक सञ्जाल विच्छेद भएका कारण विपी राजमार्गमा सयौँ सवारी साधनहरु फसेर बसेका र सवारी साधनका चालक र सहचालकहरु समेत अलपत्र परेका भन्दै सरकारले उनीहरुको उद्धारका लागि काम गरिरहेको बताए।

उनले विपी राजमार्ग दशैँ अगाडी खुलाउन नसकिने निस्कर्ष सरकारको रहेको स्पष्ट पारे। उनले देशभरको विपद्मा परेका नागरिकहरुको उद्धारमा सरकार लागिरहेको बताए। सडक विभागले नेपाली सेनाको तरिकामा काम गरिरहेको भन्दै उनले विदाको बेलामा पनि विभागका कर्मचारीहरु विभिन्न उपकरणहरु लिएर काम गरिरहेका जानकारी दिए।

उनले भने, ‘विपी राजमार्गको कुराको सन्दर्भमा कुनै उपाय गरेर गर्नुपर्छ भनेर जोड दिनुभएको छ। हामी त्यसमा लागिराखेका छौँ। खोला बाटै डाइभर्सन खोल्ने हो। १२ किलोमिटर त नामो निसानै छैन बाटो नै बगाएको छ। भित्तो खनेर बाटो निकाल्दा पनि बगिहाल्ने रहेछ। दुई उपाय छन्, १२ किमी नै पुल बनाउने। बाटो बनायो लगिहाल्छ। तर त्यो भन्दा कम खर्चमा के गर्ने त भन्दा खोला तलबाट वाल उठाएर ल्याउनुपर्ने हुन्छ बाटो खन्नका लागि। त्यसको लागि त समय लाग्छ। त्यसअघि खोलामै पानीको बहाव कम भइसकेपछि पहिलो नम्बरमा ति गाडीहरुलाई उद्धार गर्ने। त्यसपछाडी क्रमशः गाडी सञ्चालन गर्नका लागि कोशिस गर्नुपर्छ भन्ने लागेको छ। हाम्रो निष्कर्ष के हो भने दशैँ अगाडी हामी त्यो सुचारु गर्न सक्दैनौँ। गाडीहरु उद्धार गर्न चाहीँ अनवरत जारी राख्छौँ काम। उद्धारको कुरामा सरकार शुन्य नम्बरमा गएको होइन। शुन्य नम्बर दिनु हुँदैन। यो सरकारलाई तपाईहरुले नम्बर दिनुपर्छ । किनभने धेरै कामहरु हामीले गरेका छौँ। नगरेको होइन। दोष मात्रै दिएर हुँदैन। हाम्रो सडक विभाग आर्मि स्टाइलको छ। अलर्ट भएर खट्छ। दसैको बेलामा पनि, बिदाका बेलामा पनि सडक विभागका कर्मचारीहरु डोजर लिएर, हेवी इक्युपमेन्ट लिएर खट्नुहुन्छ।’
अर्को समाचार
अब बिपी राजमार्गमै सिन्धुलीगढीका झलक
०३ साउन २०८२
•
२ मिनेट पाठ
अब बिपी राजमार्गमै सिन्धुलीगढीका झलक
सिन्धुलीगढीसम्म पुग्न नसक्नेहरूका लागि अब बिपी राजमार्गमै सिन्धुलीगढीको अवलोकन गर्न मिल्ने व्यवस्था भएको छ। बिपी राजमार्गबाट करिब एक किलोमिटरभित्र पर्ने सिन्धुलीगढीसम्म पुग्न नसक्नेहरूका लागि अब बिपी राजमार्गमै सिन्धुलीगढीको झल्को दिने गरी भित्ते लेखन भएको छ।




बिपी राजमार्गको निर्माणको क्रममा सिन्धुलीको पहिरो रोकथाम गर्न पहाड काटेर बनाइएको बिपी राजमार्गस्थित ढुङग्रेभन्ज्याङ नजिकैको घुम्तीलाई सेल्फिडाँडाको रूपमा परिचय बनेको थियो। उक्त स्थानलाई नेपाली सेना र कमलामाई नगरपालिकाको सहकार्यमा सिन्धुलीगढी तथा युद्ध सालिक निर्माण गरी गढी डाँडा नाम राखिएको हो।

सिन्धुलीको ऐतिहासिक क्षेत्रलाई चिनाउन सहयोग पुग्ने गरी बिपी राजमार्गमा सिन्धुलीको पहिचान झल्काउने चित्र उक्त स्थानमा कोरिएको छन्। बिपी राजमार्गस्थित कमलामाई नगरपालिका–२ ढुङग्रेभन्ज्याङ नजिकै सिन्धुलीगढी सहित जिल्लाका ऐतिहासिक क्षेत्रका युद्ध सालिक भित्ते लेखन गरी सिन्धुलीको महत्त्व झल्काउने कार्य गरिएको नेपाली सेनाले जनाएको छ।

नेपाली सेना र कमलामाई नगरपालिकाको सहकार्यमा बिपी राजमार्गको सेल्फी डाँडाको रूपमा परिचित स्थानको भित्तामा सिन्धुलीको महत्त्व झल्काउने कार्यका चित्र बनाइएको ९ नम्बर बाहिनीका बाहिनी पति युवराज कार्कीले बताए।

‘त्यहाँ सिन्धुलीकै पहिचान झल्काउन खोजिएको छ,’ उनले नागरिकसँग भने, ‘भद्रकाली मन्दिर, कमलामाई मन्दिर, सिन्धुलीगढी दरबार लगायतका चित्र भित्तामा कोरिएको छ ।’ इतिहासको जगेर्ना गर्ने काम सबैले गर्नुपर्ने बाहिनी पति कार्कीले बताए। 

कमलामाई नगरपालिकाको ८ लाख सहयोगमा नेपाली सेनाको प्राविधिक टिमले २ महिना लगाएर युद्ध सालिक तथा भित्ते लेखन निर्माण गरी कमलामाई नगरपालिकालाई हस्तान्तरण गरेको जनाएको छ।

कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले सिन्धुलीगढीसम्म पुग्न नसक्नेलाई अब राजमार्गमै सिन्धुलीगढीको झल्को दिने गरी तस्बिर बनाइएको बताए । उनले भने, ‘सिन्धुलीगढी ऐतिहासिक क्षेत्र हो। इतिहासको जगेर्ना गर्न हामीले बिपी राजमार्गमै सिन्धुलीगढी झल्काउने तस्बिर बनाएका हौँ।’ 

नले इतिहासको संरक्षण गर्दै नयाँ पुस्तालाई इतिहास बुझाउँदै जानुपर्ने बताए । ‘सिन्धुलीगढी सिन्धुलीको मात्रै नभएर नेपालसहित विश्वकै इतिहास बुझाउने ठाउँ हो’, उनले भने, ‘त्यस्तो ठाउँमा सबै पुग्न नभ्याउन सक्छन्। त्यस्तो अवस्थामा यो बिपी राजमार्गबाट यात्रा गर्ने सबैले सिन्धुलीगढीको अवलोकन गर्न सकुन् भन्ने पनि उद्देश्य हो ।’ 

सिन्धुलीका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सिन्धुलीगढीको संरक्षण गर्दै थप प्रचारप्रसार गरी पर्यटकीय क्षेत्रको रूपमा विकसित गर्दै जानुपर्ने बताए। 
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ३ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस