ठेक्का लिएको ७ बर्षमा पनि नबनेको तमोर नदी माथिको लिम्बूनी पुलको कथा दबाब बारबार,काम शुन्य
२७ असोज २०८१
•
३ मिनेट पाठ
ठेक्का लिएको ७ बर्षमा पनि नबनेको तमोर नदी माथिको लिम्बूनी पुलको कथा  दबाब बारबार,काम शुन्य
संयुक्त अनुगमनको क्रममा लिम्बूनी पुल निर्माणस्थल पुगेको टोली
पाँचथरको हिलिहाङ र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका जोड्ने तमोर नदी माथिको लिम्बूनी पुल निर्माणका लागि दशैं–तिहार लगत्तै निर्माण कम्पनी काममा आउने विश्वास नियमक निकायले लिएको छ।




ठेक्का लागेको झण्डै ७ बर्षमा समेत निर्माण कार्यमा खास प्रगति नभएको उक्त पुल निर्माण कार्य अघि बढाउन निर्माण कम्पनी दशैं–तिहार लगत्तै कार्यस्थलमा खटिने नियमक निकाय तमोर करिडोर(मूलघाट–सुभाङखोला–ओलाङचुङगोला)सडक योजना कार्यालयले बताएको छ।

‘हामीले अब अन्तिम पटक मौका दिएका छौं,उहाँहरुले दशैं–तिहार लगत्तै निर्माणमा खटिने भन्नु भएको छ’तमोर करिडोर(मूलघाट–सुभाङखोला–ओलाङचुङगोला)सडक योजना कार्यालयका इञ्जिनियर श्रवणकुमार मण्डलले भने। 

उनले उक्त अवधिमा पनि निर्माण कम्पनी काममा नआए त्यसपछिको परिस्थिति अर्कै ढंगले अघि बढ्ने जानकारी दिए। 

लिम्बूनी पुल निर्माणस्थल नजिकको पाँचथरतर्फको भागमा भौर्गभिक अध्ययनको काम समेत सुरु भएको उनको भनाई छ।

सुख्खा पहिरोका कारण समस्या आउन सक्ने भएकोले कार्यालयकोतर्फबाट निर्माणस्थल नजिकको भागको भौर्गभिक अध्ययनको कार्य पनि अघि बढाइएको मण्डलले जानकारी दिए।

ठेक्का लागेको ७ वर्ष पूरा हुन लाग्दा समेत उक्त स्थानमा पक्की पुल बन्ने सुरसार नभएपछि पटक–पटक स्थानीय जनप्रतिनिधि र ताप्लेजुङ प्रशासनले नियमित अनुगमन गर्ने र जनदबाब सृजना गर्ने कार्य गर्दै आएका छन्।

पुल निर्माणका लागि नियमित दवाव बढाउँदै आएका ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू (दीपेन)ले पुल निर्माणको जिम्मेवारी लिएको निर्माण कम्पनीले कामका लागि गरेको आलटाल सैह्य नभइरहेको प्रतिक्रिया दिए।उनले जिम्मा लिएको काम पूरा गर्न निर्माण कम्पनीलाई पटकपटक ताकेता गर्दा पनि सुनुवाई नहुनु दुःखद् र दुर्भाग्यपूर्ण भएको बताए।‘काममा आउँछु भन्ने र काम नगर्ने प्रवृत्तिको अन्त्य नभए सम्म यहाँ पुल बन्ने अवस्था देखिदैंन’पोमूले भने।  

पुल निर्माणको खास प्रगति नदेखेपछि ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यको नेतृत्व टोलीले समेत पुल निर्माणस्थलको अवलोकन गरेको छ।प्रमुख जिल्ला अधिकारी परिवर्तन भएर आउने वित्तिकै यो पुलको लथालिङ्ग अवस्थाको अवलोलनका लागि ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीहरु लिम्बूनी पुल पुग्ने गरेका छन्।

तर निर्माण कम्पनीले भने पुल निर्माणका लागि खास सम्बेदनशिलता अपनाएको नदेखिएको ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण थापा बताउँछन्।

पुल नबन्दा ताप्लेजुङ, पाँचथर र तेह्रथुम गरी तीन जिल्ला जोड्ने सडक समृद्धि नै रोकिएको उनले बताए।नेपाल रेडक्रस सोसाईटी ताप्लेजुङका सभापति इन्द्रबहादुर गुरुङ सो स्थानमा पुल नबन्दा तमोर करिडोर समेत ओझेलमा परेकाले निर्माण कम्पनीलाई तत्कालै काममा फर्काउने वातावरण तयार गर्न आवश्यक रहेको बताउँछन्। 

वारिपट्टि पाँचथरको आङ्बुहाङ, पारिपट्टि ताप्लेजुङको निघुरादिन हुँदै तेह्रथमुको ह्वाकुतर्फ प्रवेश गर्ने स्थल यही हो।पक्की पुल नहुँदा अहिले आङ्बुङ र निघुरादिन प्रवेशमार्गमा पक्की पुल बन्ने स्थान नजिक रहेको झोलुङ्गे पुल माध्यम बनेको छ।आङ्बुङवारि निघुरादिनतर्फबाट दोभानसम्म जाने गरी तमोर करिडोरको सडकको ट्रयाक ओपन भएको छ। 

आङ्बुङतर्फ समेत तमोर करिडोर आइपुगे पनि पक्की पुलको अभावका कारण वारी–पारी सडक सञ्जाल जोडिएको छैन।तमोर करिडोर नेपाल, भारत र चीनको स्वशासित क्षेत्र तिब्बत जोड्ने नेपालकै छोटो मार्गको रूपमा परिचित छ। ‘यहीं पक्की पुल निर्माण अभावले हामी र हाम्रो भाग्यमा अवरोध सिर्जना गरेको छ’आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष पोमूले भने।

२०७४ फागुन ६ गते ९भ्याट र पिएससहित० २२ करोड पाँच लाख ७७ हजार ८ सय ९० रूपैयाँमा एमएस सपना याक्थुङ जेभी काठमाडौंसँग पुल निर्माणका लागि सम्झौता भएको थियो।

सम्झौतापछि निर्माण कम्पनीले निघुरादिनतर्फबाट पुलको बेस उठाउने र बीचमा एउटा पिलरको काम गरे पनि अरू काम गरेको देखिँदैन।

ताप्लेजुङ उद्योग वाणिज्य संघका महासचिव कमल लिम्बूले निर्माण कम्पनी तत्काल काममा नआए निर्माण कम्पनीको लापरवाही बिरुद्ध जनता सडकमा आउने चेतावनी दिए। भन्छन्‘जिम्मा लिएको काम पूरा गर्न हिचकिच गर्ने प्रवृत्तिले नै विकासलाई पछि पार्छ’।  

संयुक्त अनुगमनको क्रममा लिम्बूनी पुल निर्माणस्थल पुगेको टोली । 
अर्को समाचार
ताप्लेजुङमा कुल जनसंख्याको ४२ प्रतिशत बढी लिम्बू समुदाय
०६ जेष्ठ २०८२
•
३ मिनेट पाठ
ताप्लेजुङमा कुल जनसंख्याको ४२ प्रतिशत बढी लिम्बू समुदाय
ताप्लेजुङको जनसंख्यामध्ये सबैभन्दा बढी याक्थुङ अर्थात् लिम्बू समुदाय देखिएका छन्। तथ्याङ्क कार्यालय इलामले मंगलबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा आयोजना गरेको तथ्याङ्कीय साक्षरता तथा क्षमता अभिवृद्धि सम्बन्धी कार्यक्रममा २०७८ सालको जनगणनाका आधारमा देखिएको ताप्लेजुङ जिल्लाको जातजाति सम्बन्धी विवरणमा उक्त तथ्याङ्क बाहिर आएको हो।




तथ्याङ्क कार्यालय इलामका तथ्याङ्क अधिकृत किरणकुमार राईका अनुसार ताप्लेजुङको कुल जनसंख्यामध्ये लिम्बू समुदायको ४२.६० प्रतिशत रहेको छ। लिम्बू समुदायपछि दोस्रोमा शेर्पा समुदायको ११.९८ प्रतिशत, क्षेत्री समुदायको ११.६७ प्रतिशत र पहाडी ब्राह्मण समुदायको ५.७० प्रतिशत जनसंख्या रहेको राईले प्रस्तुत गरेको विवरणमा उल्लेख छ। राई समुदायको ५.०६ प्रतिशत, गुरुङ समुदायको ४.७३ प्रतिशत, तामाङ समुदायको ४.६६ प्रतिशत र विश्वकर्मा समुदायको ४.५५ प्रतिशत जनसंख्या रहेको विवरण राईले प्रस्तुत गरेका छन्।

यस्तै परियार समुदायको १.४५ प्रतिशत, नेवार समुदायको १.३९ प्रतिशत, मगर समुदायको १.१० प्रतिशत, सुनुवार समुदायको १.०५ प्रतिशत र अन्य समुदायको ४.०६ प्रतिशत जनसंख्या रहेको विवरण तथ्याङ्क कार्यालय इलामले प्रस्तुत गरेको छ।

२०७८ सालको जनगणनाअनुसार ताप्लेजुङको कुल जनसंख्या १ लाख २० हजार ५ सय ९० रहेको छ। २०६८ सालको जनगणनाअनुसार ताप्लेजुङको जनसंख्या १ लाख २७ हजार ४ सय ६१ रहेको थियो। पालिका स्तरको परिवार संख्याका आधारमा २०६८ भन्दा २०७८ मा यहाँका ९ स्थानीय तहमध्ये ६ स्थानीय तहमा बढेको देखिएको छ भने ३ स्थानीय तहको घटेको देखिएको छ।

१० वर्षको अवधिमा परिवार संख्या बढ्ने पालिकाहरूमा फुङलिङ नगरपालिकासहित मैवाखोला, मेरिङदेन, फक्ताङलुङ, सिदिङ्वा र सिरिजङ्गा रहेको देखिएको छ भने आठराई त्रिबेणी, मिक्वाखोला र पाथीभरा याङवरक गाउँपालिकामा परिवार संख्या घटेको देखिएको छ। तथ्याङ्क कार्यालय इलामका अनुसार २०६८ सालमा फुङलिङ नगरपालिकामा ५ हजार ९ सय ८६ परिवार रहेकोमा २०७८ सालको जनगणनाअनुसार ६ हजार ८ सय ९८ परिवार पुगेका छन्।

मैवाखोला गाउँपालिकामा २ हजार १ सय ९४ परिवारबाट बढेर परिवार संख्या २ हजार २ सय ४९ पुगेका छन्। मेरिङदेन गाउँपालिकामा २ हजार ५ सय ७८ परिवारबाट बढेर २ हजार ६ सय ६२ परिवार कायम भएको तथ्याङ्क कार्यालयले जनाएको छ। फक्ताङलुङ गाउँपालिकामा २ हजार ५ सय २५ परिवारबाट बढेर २ हजार ८ सय ३२ परिवार पुगेका छन्।

सिदिङ्वा गाउँपालिकामा २ हजार ३ सय ७० बाट बढेर २ हजार ४ सय ७६ परिवार हुँदा सिरिजङ्गा गाउँपालिकामा ३ हजार २ सय २७ परिवारबाट बढेर ३ हजार २ सय ५५ परिवार कायम भएका छन्। आठराई त्रिबेणी गाउँपालिकामा २०६८ सालको जनगणना अनुसार २ हजार ८ सय ८८ परिवार रहेकोमा पछिल्लो १० वर्षमा घटेर २ हजार ८ सय ५४ परिवारमा सीमित भएको देखिएको छ।

यस्तै मिक्वाखोला गाउँपालिकामा १ हजार ८ सय ६९ बाट घटेर १ हजार ८ सय ४५ परिवार देखिएका छन्। पाथीभरा याङवरक गाउँपालिकामा २ हजार ८ सय ३४ परिवारबाट घटेर २ हजार ७ सय ५ परिवार कायम भएको तथ्याङ्क कार्यालयले जनाएको छ। तथ्याङ्क कार्यालय इलामका प्रमुख प्रकाश नेपालका अनुसार नेपाल जीवनस्तर सर्वेक्षण चौथो (आव २०७९।८०) अनुसार वार्षिक ७२ हजार ९ सय ८ रुपैयाँभन्दा कम आम्दानी गर्ने व्यक्ति गरिबीको रेखामुनि हुने छन्।

खाद्य उत्पादनतर्फ वार्षिक ३५ हजार २९ रुपैयाँ तथा गैर खाद्य उत्पादनतर्फ वार्षिक ३७ हजार ८ सय ७९ रुपैयाँभन्दा कम आम्दानी हुने परिवारलाई गरिबीको रेखामुनि रहेको मानिने छ। कार्यक्रममा उठेका जिज्ञासाको तथ्याङ्क कार्यालय इलामका प्रमुख नेपालले जवाफ दिएका थिए।

प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले पहाडी र हिमाली क्षेत्रको जनसंख्या बर्सेनि ऋणात्मक हुँदै जानु चिन्ताको विषय भएको बताए। जनसंख्याको असन्तुलित वितरण रोक्न सम्बन्धित सबै पक्षले उचित उपायको खोजी गर्नुपर्ने उनको जोड थियो।
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock २७ सेकेन्ड अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
यो पनि पढौँ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस