बेल्जियमको स्थानीय सरकारमा दुई नेपाली मूलका उम्मेदवार निर्वाचित
२८ असोज २०८१
•
२ मिनेट पाठ
बेल्जियमको स्थानीय सरकारमा दुई नेपाली मूलका उम्मेदवार निर्वाचित
बेल्जियममा भएको स्थानीय तहको निर्वाचनमा दुई नेपाली मूलका उम्मेदवार निर्वाचित भएका छन्।बेल्जियमको राजनीतिमा उनीहरुको ऐतिहासिक जित हो।




तीन दशक यता नेपाली बसोबास गर्न थाले यता पहिलो पटक प्रत्यक्ष चुनाबी प्रतिस्पर्धामा नेपालीहरु बिजयी भएका हुन्। दोस्रो पुस्ताको सानदार आगमनसँगै भबिष्यको राजनीतिक बाटो उज्ज्वल बनेको छ।

स्वायत्त र भाषिक आधारमा तीन प्रान्त रहेको संघीय र राजतन्त्रात्मक मुलुक, युरोपको राजधानीको रूपमा समेत परिचित बेल्जियमको सम्पन्न स्थानीय निकायको निर्वाचनमा निर्वाचन अन्तर्गत ब्रुगे नगरपालिकाको सदस्यमा नेपाली दोस्रो पुस्ताकी प्रज्ञा तिमील्सिना र लुभेन नगरपालिका सदस्यमा पहिलो पुस्ताका सूर्य ढकाल निर्वाचित भएका हुन्।

निर्वाचनमा अन्य नगरपालिका र अन्य क्षेत्रमा ११ नेपाली पनि उम्मेदवार बनेको भए पनि तिमिल्सिना ७८८ र ढकालले १०७४ मत प्राप्त गरी निर्वाचित भए। ब्रुगे नगरपालिकाको सदस्यमा निर्बाचित तिमिल्सिना सानो उमेरमा राजनीतिमा प्रवेश गरेका छन्। उनी सबैभन्दा कम उमेरमा उक्त नगरको सदस्यमा निर्बाचित भएका हुन्।

कास्कीमा जन्मिएका सबैभन्दा कान्छी सदस्यका रूपमा निर्वाचित २५ वर्षीया प्रज्ञाले निर्बाचनमा सहयोग गर्नेहरुप्रति आभार प्रकट गरेकी छन्।

आफ्नो बुवाको प्रेरणाबाट आफूलाई राजनीतिमा प्रवेश गर्न मन लागेको उनले बताइन्। उनका बुवा पूर्ण तिमिल्सिना नेपाली कांग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति बेल्जियमका निवर्तमान सभापति एवं नेपाल विद्यार्थी संघ कास्कीका पूर्व सभापति हुन्।

बेल्जियमको स्थानीय निर्वाचन यस पटक करिब पैतालिस प्रतिशतको हाराहारीमा मात्र मत खसेको थियो। गत निर्वाचनमा ६० प्रतिशत मत खसेको थियो। गाउँपालिका नगरपालिका सहित ५८१ स्थानमा भएको निर्बाचनमा सूर्य ढकाल सत्तारुढ पार्टीबाट लुभेन नगरपालिकामा विजयी भएका हुन्।

आधिखोला गाउँपालिका,फापरथुम निबुवाबोट स्याङजामा जन्मिएका ढकालले आफू विजयी बनेपछि भने,“निर्बाचनमा मतदाता र सहयोगी सबैलाई नमन गर्दछु। नेपालीले बेल्जियममा नयाँ इतिहास रच्दै आउने पुस्तालाई बेल्जियमको राजनीतिमा झन ढोका खुला भएको छ।”

अनुमानित १५ हजार नेपाली बसोबासगर्ने बेल्जियमको लुभेन क्षेत्रबाट कृष्ण सगुन क्षेत्री र ब्रुज क्षेत्रबाट रमेश कँडेल जितको नजिक पुगेर पराजित भएको गोरखापत्रमा समाचार छापिएको छ। 
अर्को समाचार
यौनकर्मीका लागि सुत्केरी बिदा र पेन्सनको व्यवस्था
१५ मंसिर २०८१
•
५ मिनेट पाठ
यौनकर्मीका लागि सुत्केरी बिदा र पेन्सनको व्यवस्था
यौनकर्मी मेलले नयाँ कानूनले उनीहरूको जीवन राम्रो बनाउने बताइन्
बेल्जियमकी यौनकर्मी सोफीले भनिन्, “म नौ महिनाको गर्भवती हुँदा काम गर्नुपरेको थियो।” बच्चा जन्माउनुभन्दा एक साताअघि पनि यौनकर्मीको रूपमा काम गरिरहेको उनले बताइन्।




सोफीका लागि आफ्ना पाँच सन्तान हुर्काउँदै यौनकर्मीको रूपमा काम गर्न निकै गाह्रो छ।

सोफी जो आफ्नो पहिचान खुलाउन चाहन्नन्। पाँचौँ सन्तान जन्मँदा सिजेरियन गर्दा उनलाई ६ हप्ता पूर्ण आराम गर्न सल्लाह दिइएको थियो।

सोफीले आफूसँग कुनै विकल्प नभएको र तुरुन्तै आफ्नो काममा फर्किनु परेको बताइन्। “मलाई पैसा चाहिएकोले काम छोड्न सकिन,” उनले भनिन्।

उनले भनिन्- सुत्केरी बिदा लिने मौका पाएको भए जीवन सहज हुने थियो।

अब बेल्जियमले नयाँ कानून ल्याएको छ, जसअन्तर्गत यौनकर्मीले पनि प्रसूति बिदा लिन सक्नेछन्। यो उनीहरूको रोजगार सम्झौताको अंश हुनेछ। यति मात्र नभई यौनकर्मीले स्वास्थ्य बीमा, पेन्सन, बिरामी बिदा अर्थात् उनीहरूको कामलाई अन्य काम सरह मानिने अन्य सुविधा पनि पाउनेछन्। यो विश्वमा पहिलो पटक हुन गइरहेको छ।

सोफी भन्छिन्, “यो हाम्रा लागि साधारण मानिसजस्तै बाँच्ने अवसर हो।”

इन्टरनेशनल युनियन अफ सेक्स वर्कर्सका अनुसार विश्वभर करिब ५ करोड २० लाख यौनकर्मी छन्। बेल्जियमले सन् २०२२ मा नै यो पेशालाई अपराधमुक्त गरेको थियो। 

तर यौनकर्मीहरूलाई रोजगारीको अधिकार र करार दिने कुरा विश्वमा यसअघि कुनै पनि देशले गरेको थिएन्।  

सन् २०२२ मा बेल्जियममा यौनकर्मीका लागि श्रम कानून बनाउने विषयमा भएको विरोध प्रदर्शन।
सबैभन्दा उत्तम काम

ह्युमन राइट्स वाचका अनुसन्धानकर्ता एरिन किल्ब्राइडले यो अहिलेसम्मकै उत्कृष्ट कदम भएको बताइन्। उनका अनुसार यस दिशामा सबै देश अघि बढ्नुपर्छ।

तर, यो कानूनले यौनकर्मीको शोषण, ओसारपसार र दुर्व्यवहार रोक्न नसक्ने आलोचकहरू बताउँछन्।

बेल्जियममा यौनकर्मीहरूलाई मद्दत गर्ने गैरसरकारी संस्था इसालासँग स्वयंसेवा गर्ने जुली क्रुमियरले यसलाई खतरनाक भनेकी छिन्। यसले आफ्नो केन्द्रमा सधैँ हिंसक हुने पेशालाई सामान्य बनाउने तर्क उनको छ।  

धेरै यौनकर्मीहरूको लागि यो काम एक बाध्यता पनि हो।

यौनकर्मी मेलले बताइन् कि जब एक व्यक्तिले उनलाई कन्डम बिना मुखमैथुन गर्न बाध्य पारे, उनी डराएकी थिइन्। वेश्यालयमा यौन संक्रमण फैलिरहेको बेला उनले यो गर्नुपर्‍यो, उनीसँग हो भन्नुको विकल्प थिएन।

उनी भन्छिन्, “मसँग दुईवटा मात्र विकल्प थिए। कि त मसँग एसटीई हुन्छ वा पैसा कमाएर बाँच्नुपर्थ्यो।”

पैसा चाहिने भएकाले मेल २३ वर्षको उमेरमा यौनकर्मी बनिन्। यो पेशामा आबद्ध भएको केही दिनमै उनले सोचेभन्दा धेरै पैसा कमाउन थालिन्। उनीहरूले सोचेका थिए कि उनीहरूले सबै पाएका छन्, तर एसटीआईले उनीहरूका सबै आशाहरू चकनाचूर पारिदिए।

मेलले अब कुनै व्यक्तिलाई असहज महसुस गरेमा अस्वीकार गर्न सक्छिन्। यो कानून पहिल्यै बनेको भए यो अवस्थालाई अर्कै तरिकाले सम्हाल्न सक्ने उनको विश्वास छ।

उनले भनिन्, “मैले म काम गर्ने महिला ९हाकिम० लाई भन्न सक्थें कि महोदय, तपाईले नियम तोड्दै हुनुहुन्छ। तपाईले मसँग राम्रो व्यवहार गर्नु पर्छ। म कानूनद्वारा सुरक्षित हुने थिएँ।”

बेल्जियमको यो कानून सन् २०२२ मा त्यहाँ भएको राष्ट्रव्यापी विरोध प्रदर्शनको परिणाम हो। त्यतिबेला कोरोना महामारीका बेला सरकारबाट सहयोग नपाएपछि यौनकर्मी सडकमा आएका थिए।

विरोध प्रदर्शनको मुख्य अनुहार भिक्टोरिया थिइन्, जो बेल्जियम युनियन अफ सेक्स वर्कर्स ९यूटीएसओपीआई०को अध्यक्ष हुन्। उनी १२ वर्षदेखि यौनकर्मीको रूपमा काम गरिरहेकी छिन्।

यो उनको लागि व्यक्तिगत संघर्ष थियो।

सन् २०२२ अघि भिक्टोरियाले धेरै चुनौती र असुरक्षित वातावरणमा काम गर्नुपरेको थियो। उनीसँग कुनै विकल्प थिएन। काम लगाउने एजेन्सीले आम्दानीको ठूलो हिस्सा आफ्नै लागि राख्थ्यो।  

महिला प्रहरीले यौनकर्मीलाई बलात्कार गर्न सकिँदैन भनेर बताइन् : भिक्टोरिया
मलाई बलात्कार गरियो

भिक्टोरियाले बताइन् कि एक व्यक्ति उनका लागि पागल थियो, जसले उनलाई बलात्कार गर्यो।  

उनले भनिन्, “जब म प्रहरी चौकीमा उजुरी गर्न गएँ, तब महिला अधिकारीले यौनकर्मीलाई बलात्कार गर्न नसकिने बताइन्। उनले मैले यौनकर्मीको रूपमा काम गरेकोले यो मेरो गल्ती हो भन्ने महसुस गराइन्।”

भिक्टोरिया रुँदै प्रहरी चौकीबाट निस्किन्। भिक्टोरिया यो नयाँ कानूनले आफ्नो जीवनमा सुधार ल्याउने महसुस गर्छिन्। हरेक यौनकर्मीले कुनै न कुनै बेला उनीहरूलाई उनीहरूको इच्छाविपरीत काम गर्न बाध्य पारिएको बताए।

भिक्टोरिया भन्छिन्, ‘यदि त्यहाँ कुनै कानून छैन भने तपाइँको काम अवैध हुन्छ। तपाइँलाई मद्दत गर्न कुनै नियम हुनेछैन।’

यौनकर्मीको कामको रेखदेख गर्नेले कानूनबमोजिम काम गर्ने र नियमको पालना गर्नुपर्छ। यदि गम्भीर अपराधमा दोषी ठहरिएमा, उनीहरूले यौनकर्मीलाई काममा राख्न सक्ने छैनन्।

१५ जना यौनकर्मीलाई जागिरमा राखेका क्रिस रिकम्यान्स र उनकी श्रीमती अलेक्जान्द्रा। 
क्रिस रिकमेन्स र उनकी श्रीमती अलेक्जान्द्राले बेकभोर्टको लभ स्ट्रीटमा कामुक मसाज पार्लर चलाउँछन्।

क्रिस रिकम्यान्सले यौनकर्मीलाई काममा लगाउने कैयौं व्यक्तिको नाम आपराधिक रेकर्डमा दर्ता भएकाले धेरैले काम बन्द गर्नुपर्ने बताए।

जब हामी पार्लरमा गयौं त्यो पूरै भरिएको थियो र हामीले सोमबार बिहान यस्तो कुराको आशा गरेका थिएनौं। यस अवधिमा हामीलाई मसाज बेड, तौलिया, हट टब र स्विमिङ पूल देखाइयो।

क्रिस र उनकी श्रीमतीले १५ जना यौनकर्मीलाई रोजगारी दिएका छन्। यौनकर्मीलाई सम्मानजनक व्यवहार गर्न र राम्रो पारिश्रमिक दिन पाउँदा गौरवान्वित भएको दुवै जना बताउँछन्।

क्रिसले भने, “मलाई आशा छ कि यौनकर्मीहरूसँग राम्रो व्यवहार नगर्नेहरू व्यवसायबाट बाहिर जानेछन् र इमानदारीपूर्वक यो पेशा चलाउन चाहने असल व्यक्तिहरू रहनेछन्।”

एरिन पनि त्यही कुरामा विश्वास गर्छिन् ।

तर जुलीले भनिन्, ‘हामीले सहयोग गरेका अधिकांश महिलाले यो काम छोडेर अरू मानिसजस्तै सामान्य काम गर्न चाहन्छौँ भन्ने बताएका छन्।’

अब मेरो भविष्य छ

बेल्जियमको नयाँ कानूनअनुसार यौनकर्मीहरूले काम गर्ने हरेक कोठामा अलार्म बटन हुनेछ। यो बटनले यौनकर्मीलाई उल्लेख गरिएको व्यक्तिसँग जोड्नेछ।

जुली विश्वास गर्छिन् कि यौन कार्यलाई सुरक्षित बनाउन कुनै उपाय छैन।

उनले भनिन्, “के तपाईलाई अर्को काममा प्यानिक बटन चाहिन्छरु यो सबैभन्दा पुरानो पेशा होइन, तर संसारको सबैभन्दा पुरानो शोषण हो।”

यौन व्यवसायलाई नियमको दायरामा कसरी ल्याउनेरु यो संसारभर बहसको विषय बनेको छ। मेल भन्छिन्, “मलाई गर्व छ कि बेल्जियम धेरै अगाडि छ। अब मेरो भविष्य छ।”

समाचारमा धेरै पात्रको नाम परिवर्तन गरिएको छ। बीबीसी हिन्दीबाट
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस