‘सहयोग माग्न आउनेलाई रित्तो हात फर्काउँदिन’
३० असोज २०८१
•
२ मिनेट पाठ
‘सहयोग माग्न आउनेलाई रित्तो हात फर्काउँदिन’
भरतपुर महानगरपालिका–१२ का अध्यक्ष लेखराज पन्तले आफ्नो वडाका विपन्नलाई दसैँमा मासुचिउरा बाँडेका छन्। उनले भरतपुर–१२ का दुई सय ५५ परिवारलाई दुई किलो मासु र दुई किलो चिउरा वितरण गरेका हुन्। उनले सामाजिक सञ्जालमा आह्वान गरेर मासु किनेर खान नसक्ने विपन्नलाई आफूसँग सम्पर्क गरेका थिए।




उनले भने, “वडाभरिका सबैलाई मैले आह्वान गरेर विपन्नलाई आफ्नै निजी खर्च गरेर मासु चिउरा बाँडे।”

वडाध्यक्ष पन्तले वडा कार्यालयमा दानपेटिका राखेर सक्नेलाई सहयोग गर्न आह्वान समेत गर्दै आएका छन्। त्यहाँ सङ्कलित रकमले पनि उनले विपन्नका लागि सहयोग गर्छन्।

गत तीजमा उनले विभिन्न आमा समूह, टोल सुधार समितिहरूमार्फत तीजको दर खुवाउने र समूहलाई पोसाकको साडी बाँडेका थिए।

उनले भने, “तीजमा  तीन लाख रूपैयाँ खर्च भएको थियो। तीज मनाउन खर्च माग्ने कोही खाली हात फर्केनन्। वडाभित्रका टोल र आमा समूहलाई ६ सयभन्दा बढी पोसाकका साडी वितरण गरिसकेको छु। ”

तिहारमा उनको घरमा भैलो खेल्ने पालो पाउन मुस्किल हुने जनाइएको छ। पचास समूहभन्दा बढी भैलो खेल्न आउने गरेको उनको भनाइ छ।

उनले भने, “गत वर्षको तिहारमा पाँच लाख रूपैयाँ बढी दान गरेको थिएँ।”

गत भदौ १५ गते उनले आफ्नो जन्मदिनमा १८ लाख ६० हजार रूपैयाँ बराबरको दान गरेका थिए। आफ्नै वडाको एक मन्दिरमा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीसहितको उपस्थितिमा उनले विभिन्न सङ्घसंस्था र विद्यालयका विद्यार्थीलाई नगद एवं लत्ताकपडा बाँडे।

उनले भने, “जन्मदिन, तीज, दसैँ, तिहारमा मात्रै होइन, बाह्रै महिना सहयोग माग्न आउनेहरुलाई रित्तो हात फर्काउँदिन।”

जिल्लाका सङ्घसंस्थाहरू धेरैले एकपटक उनीसँग सहयोग पाइसकेका छन्। विभिन्न क्लबले आयोजना गर्ने खेलकुदमा उनको सहयोग हुने गर्दछ। जनप्रतिनिधि भएपछि यकिन हिसाब नभए पनि एक करोड रूपैयाँभन्दा बढी निजी रकम दान गरिसकेको उनले बताए।

उनले स्थानीय हिमालय स्कुलमा २२ लाख, रोटरी करुणालय देवघाटमा १५ लाख, गणेशधाम संरक्षणमा १५ लाख रूपैयाँ सहयोग गरेका छन्। यसका अतिरिक्त क्रिकेट रङ्गशाला, मठमन्दिरहरूमा पनि सहयोग गर्दै आएका छन्।

उनले वडाध्यक्ष वापतको रकम सबै दानमा खर्च गर्छन्। वर्षमा पाँच लाख हाराहारी आउने र त्यो सबै चेकमार्फत सोझै सहयोग गर्ने गरेको उनको भनाइ छ।

वडा कार्यालयमा राखिएको दानपेटिकामा वार्षिक उठ्ने चार लाख हाराहारी विपन्न बिरामी, दाहासंस्कारका लागि आवश्यक दाउरा, किरिया खर्च, बाटो खर्चलगायत सहयोग गर्ने गरेको वडाध्यक्ष पन्तले बताए।

बाग्लुङ नगरपालिका–७ मा जन्मिएका पन्त विसं २०४८ बाट चितवनमा बसोबास गर्दै आएका छन्। उनले आफ्नो आम्दानी समाजसेवामा खर्च गर्दै आएका छन्।

उनले भने, “दुःखी, असहाय र सामाजिक क्षेत्रमा सहयोग गर्न पाउँदा मलाई निकै आनन्द आउँछ।” 
अर्को समाचार
मध्यपूर्व भ्रमणका बेला ट्रम्पको विमान विवाद
०१ जेष्ठ २०८२
•
२ मिनेट पाठ
मध्यपूर्व भ्रमणका बेला ट्रम्पको विमान विवाद
यस पटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यपूर्वको यात्रा अभुतपूर्व रह्यो।  उनले साउदी अरबसँग १९ खर्ब ४३ अर्ब १२ करोड ८० लाख रूपैयाँ तदनुसार एक सय ४२ अर्ब डलर बराबर हतियारको सौदा गरेका छन्। त्यस्तै साउदी अरबले एक सय खर्ब रूपैयाँ तदनुसार एक ट्रिलियन डलर बराबरको लगानी गर्ने सहमतिमा हस्ताक्षरसमेत गरेका छन् ।




यति मात्र होइन, उनले कतारलाई अमेरिकी विमान कम्पनी बोइङलाई २ खर्ब डलर बराबर बिजनेस दिलाएका छन्। यससँगै उनले जीवनमा पहिलो पटक लेखेको पुस्तक ‘द आर्ट अफ डिल’को खास सूत्रहरू प्रयोग गरेको केहीको दाबी छ।

उनले सो पुस्तकमा केही सुत्रहरू दिएका छन्। जस्तो कि व्यापारका मामिलामा डिल गर्दा अत्यधिक दबाब दिनु र विपक्षीलाई कमजोर बनाउनु, चर्को स्वरमा बोल्नु र आफ्ना कुरा स्थापित गर्नु हो, कुनै पनि सौदामा आफ्नो शक्ति र निर्णायकता देखाउनु, टोली नलगी वा टोलीलाई कुनै पनि कुराको श्रेय नदिई आफैं सबै कुराको निर्णय गर्नु वा एकल नेतृत्वलाई स्थापित गर्नु तथा अप्रत्यासित चालहरू चल्नुजस्ता कुराहरू उनको सो पुस्तकमा बारम्बार आइरहने रणनीतिहरू हुन्।

पछिल्लो राष्ट्रपतीय कार्यकालमा उनका यी सबै रणनीतिहरू एकपछि अर्को कार्यान्वयन भएका छन्। यी सबै सौदाबीच अहिले सबैभन्दा चर्चा भने कतारले ट्रम्पलाई दिने उपहारको भइरहेको छ।

कतारले अमेरिकी राष्ट्रपतिलाई उपहार दिन भनेर ४० करोड डलर बराबरको जेट विमान तयार पारेको छ। यो विमान अमेरिकाले एयर फोर्स वन अर्थात् राष्ट्रपतिले प्रयोग गर्न मिल्ने गरी तयार पारिँदैछ भन्ने खबर सार्वजनिक भएपछि अमेरिकी सिनेटमा यसको व्यापक बहस सुरु भएको छ।

विपक्षी डेमोक्रेटहरूले यसको विरोध त गर्ने नै भए, सत्तापक्षीय कतिपय सिनेटरहरूले समेत यसमा चासो व्यक्त गर्न थालेका छन्।

त्यसमाथि एयरफोर्स वन विशेष गुणयुक्त हवाई जहाज हो। यसमा आकाशमा उड्दै गर्दा अर्को विमानमार्फत तेल भर्न सकिने सुविधा उपलब्ध छ । त्यो क्षमता कतारी उपहारमा छ कि छैन भन्ने अझै सुनिश्चित गरिएको छैन। एयरफोर्समा एन्टी मिसायल सिस्टम समेत जडान गरिएको हुन्छ। जसका कारण कसैले एयरफोर्समा आक्रमण गरे, स्वतः यसले मिसायल वा अन्य आक्रमणहरू निस्तेज पारिदिन्छ।

अर्कोतर्फ केही सिनेटरहरूले भने कतारी उपहारमा जासुसीका अनेक उपकरण हुनसक्ने भएकाले त्यो उपहार स्वीकार गर्नु भनेको राष्ट्रमाथि हुने अनेक जासुसीका लागि सजिलो पारिदिनु पनि हो भन्दै यसको विरोध गरेका छन्। ती जासुसी उपकरणहरू पत्ता लगाउन र निकाल्न पनि महँगो विधि प्रयोग गर्नुपर्ने भएकाले उपहार ल्याएर चलाउनु हानिकारक हुने सत्तापक्षीय सिनेटर जोन थुनेले वालस्ट्रिट जर्नल अखबारलाई बताएका छन्।

अर्कोतर्फ डेमोक्य्राटहरूले त यस उपहारलाई नैतिकता र संवैधानिक अप्ठेरोसँग गाँसेर ट्रम्पलाई अप्ठेरो पारिदिएका छन्।

कतारजस्तो जेहादी मुलुकको ४०० मिलियनको महँगो उपहार आफूहरूलाई स्वीकार्य नभएको सामाजिक सञ्जालकी प्रभावशाली व्यक्तित्व लाउरा लुमरले लेखेकी छन्।

फक्स न्युजले भने राष्ट्रपति ट्रम्पले यो उपहार स्वीकार गर्ने बताएको छ। ट्रम्पले फक्ससँग भनेका छन्, ‘कतारीहरूले यो उपहारको प्रस्ताव राखेर साह्रै सुन्दर व्यवहार प्रस्तुत गरेका छन्। यो उपहार स्वीकार नगर्ने वेबकुफ हो।’
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ९ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस