२१ वर्षको किशोरीलाई २४ वर्षअघि भारतमा बिक्री गरेको आरोपितलाई २४ वर्षपछि पक्राउ गरिएको छ। सुर्खेत चौकुले गाउँपालिका ७ बस्ने ६१ वर्षीय भक्तबहादुर विष्टलाई इलाका प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको हो।
२०५७ असोज १ गते विवाहको प्रलोभन देखाएर भारतको गोरखपुरमा भारतीय नागरिकलाई १५ हजार रुपैयाँमा चौकुनेकै २१ वर्षका लालमयाँ कँडेल (नाम परिवर्तन) लाई बिक्री गरेको प्रहरी अनुसन्धानले देखाएको छ।
२०५८ कात्तिक १३ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा आर्थिक वर्ष २०५७/०५८ मा मुद्दा दर्ता नम्बर ३१ दर्ता भएको थियो।२४ वर्षदेखि फरार रहेका भक्तबहादुर विष्टलाई पक्राउ गरि आवश्यक कारबाहीका लागि प्रक्रिया अघि बढाइएको सुर्खेतका प्रहरी प्रमुख (एसपी) रुपेश खड्काले बताए ।