१५ दिनभित्र दायित्व भुक्तानी गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सूचना
०२ कार्तिक २०८१
•
१ मिनेट पाठ
१५ दिनभित्र दायित्व भुक्तानी गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सूचना
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित सहकारी संस्थाका ऋणीलाई १५ दिनभित्र दायित्व भुक्तानी गर्न सार्वजनिक सूचनामार्फत आह्वान गरेको छ।




समितिले बिहीवार सार्वजनिक सूचना प्रकाशित गरी समस्याग्रस्त घोषित सहकारी संस्थाका सञ्चालक, व्यवस्थापक, ऋणी सदस्य र कर्मचारीलाई पटकपटक ३५ दिने सूचना, पत्राचार गर्दा पनि केही ऋणीबाहेक अधिकांश सम्पर्कमा नआएकाले सार्वजनिक सूचनामार्फत १५ दिनभित्र दायित्व भुक्तानी गर्न निर्देशन दिएको हो।

कात्तिक १ गतेदेखि १५ दिनभित्र पनि दायित्व भुक्तानी गर्न नआउने ऋणी तथा जमानीकर्ता र निजका एकाघरका परिवारका सदस्यको श्रीसम्पत्ति बैंक खाता रोक्का राख्ने, कालोसूचीमा राखेर रोक्का राखिएको श्रीसम्पत्ति र बैंक खाताबाट सहकारी ऐन, २०७४ को दफा ११५ को उपदफा ९१० र सहकारी नियमावली, २०७५ बमोजिम असुलउपर गरिने पनि सूचनामा उल्लेख गरिएको कार्यालय प्रमुख केशवप्रसाद पौडेलले जारकाी दिए।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी ऐन, २०७४ को उपदफा १०४ बमोजिम सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको उनले सुनाए।

समस्याग्रस्त घोषित भई सहकारी ऐन, २०७४ को उपदफा १०५ बमोजिम सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीका लागि मन्त्रालयले समितिसमक्ष लेखी पठाएअनुसारको प्रक्रियामा काम भइरहेको पनि समितिले जनाएको छ।

सरकारले करिब दुई दर्जन सहकारीलाई समस्याग्रस्त घोषणा गरिसकेको छ। 
अर्को समाचार
सहकारीमा अब सरकारको पालो
०२ असोज २०८१
•
३ मिनेट पाठ
सहकारीमा अब सरकारको पालो
मुलुक यतिबेला सहकारीमय छ। सत्तारुढ नेकपा (एमाले) का सांसद सूर्य थापा नेतृत्वको संसदीय विशेष समितिले सोमबार मात्रै गोर्खा मिडिया नेटवर्कमा गएको ६५ करोड रूपैयाँसमेतका विषयमा अनुसन्धान गरेर प्रतिवेदन दिएको छ। अर्को सत्तारुढ दल नेपाली कांग्रेस सांसद धनराज गुरुङ पत्नीको सहकारीमा संलग्नतालाई लिएर हल्लीखल्ली भइरहेको छ। संसद्कै एउटा समितिका सभापतिकी पत्नीलाई समेत सहकारीमा सरिक भएर रकम हिनामिना गरेको आरोप लागेको छ। यी त भए विधि निर्माणको थलोमै रहेका नेताहरूका संलग्नताका विषय। मुलुकको सहकारी आन्दोलनको यो बेथिति सुरु भएको अहिले होइन । सहकारीबाटै सांसदसमेत बनाएका इच्छाराज तामाङ यतिबेला थुनामा छन्। सहकारीबाटै विभिन्न हाउजिङमा लगानी गरेर थुनासम्म पुगेका एक व्यापारीको चर्चा त यतिबेला ओझेलमा परिसकेको छ। कतिपयलाई आफूले तिरेको रकमबाट आवास पाउन मुस्किल भएको हो।




हाम्रो मुलुकले तीन खम्बे अर्थतन्त्र भनेर एउटाचाहिँ सहकारीलाई मानेको छ। यो सहकारी यति कमजोर जगमा उभिएको रहेछ कि यसबाट नठगिने मानिस पाउन मुस्किल भएको छ। कैयन्ले दुःख गरेर कमाएको रकम मौकामा काम लाग्ला भनेर सहकारीमा जम्मा गरेका हुन्। तर आफूलाई आवश्यक पर्दा तिनले प्रयोग गर्न पाएनन्। कैयन्ले बिरामी पर्दा औषधि खान पाएका छैनन्। यस्तो बेथिति गरेर सहकारी खोल्न दिनै हुँदैनथ्यो। खोल्न दिइसकेपछि तिनको सुरक्षण व्यवस्थालाई बलियो बनाउन सक्नुपथ्र्यो। सर्वसाधारणले कुखुरा, बाख्रा बेचेर, छोरीचेलीको दाइजो÷पेवा आदिलाई समेत सहकारीमा जम्मा गरिएको छ। खासगरी प्रमुख दलहरूकै कार्यकर्ताको अगुवाइमा यस्ता सहकारी सञ्चालन भएका हुन्। अहिले आएर सहकारी सबैका निम्ति घाटाको व्यवहार बन्न पुगको छ ।

देशमा बैंकिङ तथा वित्तीय संस्थाहरूले भरपर्दो गरी आमनागरिकको निक्षेप लिने र भनेका बेला त्यसलाई फिर्ता गर्ने काम भइरहेको छ । सहकारीलाई पनि त्यसैगरी बलियो बनाउन नसकिने थिएन। विगतमा यसमा समस्या देखिन थाल्ने बित्तिकैदेखि तिनको मर्जर र अनुगमन व्यवस्था बलियो बनाउन सुझाव दिइएको पनि हो । तर त्यसो गरिएन । सर्वसाधारणले आफ्नो रकम जोगाउनै नसक्ने अवस्था आउन नदिन सरकार र नियामक निकायले भूमिका खेल्नुपर्ने थियो। अहिले आएर यसमा पछूतो गर्नुबाहेक केही बाँकी रहेन। विशेषगरी सहकारीको रकम अनुत्पादक क्षेत्रमा लगानी गर्दै जाँदा ती डुबेका हुन्। पहिल्यै अनुगमन व्यवस्था बलियो बनाएर जथाभावी गर्न नदिएको भए यस्तो अवस्था आउने थिएन।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने सम्मिलित गोर्खा मिडिया नेटवर्कमा रकम लगानी गरी दुरूपयोग गरिएको भन्ने संसदीय विशेष समितिको प्रतिवेदनले प्रष्ट भनेको छ। यसरी दुरूपयोग गर्ने व्यक्तिहरू कानुनको दायरामा आउने र बचतकर्ताले त्यसको सदुपयोग गर्न पाउने भन्ने सुनिश्चित छैन। देशैभरिबाट स–सानो रकम संकलन गर्दै करौडौँ करोड रूपैयाँ विभिन्न सहकारीका सञ्चालकले दुरूपयोग गरेका देखिएको छ। पहुँचवाला व्यक्तिले यो काम गरेको देशैभरि देखिएको छ। सर्वसाधारणको रकम झिकेर दुरूपयोग गर्न जे/जस्ता व्यक्ति लागिपरेका छन्, तिनको पहुँच ठूलो छ। तिनीहरूमाथि कारबाही भएर असुलउपर गर्न सके त ठीकै हो। असुलउपर गर्न सकिएन भने यसबाट सर्वसाधारण ठगिएको ठगियै हुने छन्। सहकारी भन्नु नै राजनीतिक दलहरूको प्रमुख प्रभाव क्षेत्र जस्तो देखिएको छ। यसै पनि दलका मानिसमाथि सहजै कारबाही हुन सक्दैन। पहुँचवालाले देशभरि जहाँसुकैका सहकारीको रकम अपचलन गरेको देखिएकै छ।

यस्तो बेथितिमाथि सुधार गर्न अहिले सरकारले कसरी भूमिका खेल्ने हो ? पछिल्लो संसदीय विशेष छानबिन समिति बन्न पनि निकै कठिन भएको थियो। यसले खास विषयवस्तुलाई मात्र समातेको थियो। संसदीय समितिले प्रतिवेदन दिँएर त्यसमा गडबडी रहेको उदाहरण दिए पनि आ–आफ्नो स्वार्थअनुकुल व्याख्या गर्ने काम भइरहेको। यस्तो स्थितिमा देशैभरिका यस्ता संस्थाको अहिलेको बेथिति हटाउन संसदीय विशेष छानबिन समितिले दिएको सुझाव कार्यान्वयन होला त ? प्रतिवेदनले दोषी ठहर गरेका व्यक्ति स्वयंले सफाई पाएको भन्दै अनेक अर्थ लगाइरहने जस्ता प्रवृत्तिको अन्त्य होला त ? संसदीय छानबिन र त्यसको प्रतिवेदन पनि ‘हात्ती आयो’ भन्ने जस्तै नहोस्।
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
यो पनि पढौँ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस