टीकापुर विमानस्थल सञ्चालन गर्नु भन्दै मन्त्रालयले नगरपालिकालाई पठायो पत्र
०२ कार्तिक २०८१
•
३ मिनेट पाठ
टीकापुर विमानस्थल सञ्चालन गर्नु भन्दै मन्त्रालयले नगरपालिकालाई पठायो पत्र
टीकापुरस्थित विमानस्थल फेरी एक पटक चर्चामा आएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण चौधरीको निजी सचिवालयले टीकापुर नगरपालिकालाई विमानस्थल सञ्चालन सम्बन्धी पठाएको पत्र सार्वजनिक भएपछि चर्चा सुरु भएको हो।




अहिले सो पत्र सामाजिक सञ्जालमा भाइरल बनेको छ। कतिपयले राज्यमन्त्रीलाई धन्यवाद व्यक्त गरेका छन् भने कतिपयले व्यङ्ग्य गरिरहेका छन्। पत्रको ब्यहोरा नै सामान्य ढङ्गको छ।

२०८१ कात्तिक १ गते पठाएको चलानी नम्बर ४३ को तीन हरफको पत्रमा विमानस्थल सञ्चालन गर्न मन्त्रालय पूर्ण रुपमा तयार रहेको र दुवैतर्फको बाटो बन्द गरी विमानस्थल क्षेत्रको उचित सरसफाइ गर्ने व्यवस्था मिलाउनु भनिएको छ।

बन्द अवस्थामा रहेको विमानस्थलका दुई ठाउँमा घेरावार काटेर स्थानीयले सडकका रुपमा प्रयोग गर्दै आएका छन्। पश्चिम तर्फको सडक स्थानीय पालिकाले कालोपत्रे समेत गरेको छ।

राज्यमन्त्रीको निजी सचिवालयले नगरपालिकालाई यस्तो पत्र पठाए पनि नागरिक उड्डयन प्राधिकरण भने यस बारेमा बेखबर छ। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले यस बारेमा कुनै आधिकारिक जानकारी नभएको बताए।

‘त्यो पत्र मलाई पनि कसैले व्यक्तिगत रुपमा सामाजिक सञ्जाल मार्फत पठाएको थियो’ उनले भने,‘हामीलाई आधिकारिक जानकारी छैन।’

उनले विमानस्थल सञ्चालन गर्ने कुरामा प्राधिकरण बेखबर रहनुले पत्रको गम्भीरता माथि प्रश्न उठ्नु स्वभाविक हुने बताए।

२०४२ सालमा सञ्चालनमा आएको विमानस्थल २०५४ मा बन्द भएको हो। विमानस्थल पुनः सञ्चालनका लागि स्थानीय स्तरबाट धेरै प्रयास गरियो । अहिलेसम्म सम्भव हुन सकेको छैन। 

लामो समयसम्म विमानस्थल सञ्चालनमा नआएपछि २०६१ सालमा ४ सय मुक्त कमैयाले अतिक्रमण गरे। वर्षौदेखि बन्द रहेको विमानस्थल सञ्चालनका लागि स्थानीय तहबाट पहल हुन थालेपछि  टीकापुर नगर विकास समितिले विमानस्थलमा बसेका मुक्त कमैयालाई अन्यत्र स्थानान्तरण गर्‍यो। २०६९ सालमा मुक्त कमैयाले विमानस्थलको जग्गा छोडेका थिए।

तत्कालीन सरकारले बन्द रहेका २२ वटा विमानस्थल सञ्चालन गर्ने निर्णय गर्‍यो। टीकापुरमा पनि विमानस्थल सञ्चालनका लागि पहल गर्न स्थानीय बासिन्दाले टीकाराम जैसीको संयोजकत्वमा सञ्चालक समिति गठन गरे।

स्थानीयको पहलमा अतिक्रमित जग्गा खाली गरेर सञ्चालनका लागि घेरावार र धावनमार्ग मर्मत समेत गरियो। जसमा करिब २ करोड रुपैयाँ खर्च भएको थियो।

समितिकै पहलमा २०७१ सालमा ‘टेस्ट फ्लाइट’ पनि गरिएको थियो। सञ्चालक समितिले यति एयरलाइन्ससँग टीकापुरबाट १६ सिट टिकट बेच्ने सम्झौता गरी साताको एक दिन फ्लाइट गर्ने सम्झौता पनि गरेको थियो । तर त्यो सम्झौता कार्यान्वयनमा आउन सकेन। 

विमानस्थल पुनः निर्माण गर्नका लागि टीकापुर नगरपालिका बोर्डको निर्णयका आधारमा मालपोत कार्यालय टीकापुरले २०७० सालमा ४ महिना घरजग्गा खरिद विक्री गर्दा विमानस्थलका लागि भनेर १ प्रतिशत अतिरिक्त कर लगाएर रकम संकलन गरेको थियो। मालपोत कार्यालयबाट विमानस्थल सञ्चालनको लागि करिब ३५ लाख रुपैयाँ रकम संकलन भएको थियो।

विमानस्थल पुनः सञ्चालन यस क्षेत्रका बासिन्दाको प्रमुख माग हो। तर प्राधिकरणका अनुसार विमानस्थल पुनः सञ्चालन हुने कुरा प्राविधिक रुपमा कठिन छ। विमानस्थलको धावनमार्ग ५७३ मिटर मात्रै छ। जुन ठूलो जहाज अवतरणका लागि अपुग हुन्छ। हाल सञ्चालनमा रहेका ठूला जहाजका लागि कम्तीमा १२ सय मिटरको धावनमार्ग चाहिने सूचना अधिकारी भुलले बताए। 

उनका अनुसार सानो जहाज सञ्चालन गर्न खर्चिलो हुनेछ। जसको भार यात्रुले व्यहोर्नु पर्नेछ। सानो जहाज सञ्चालन गर्दा काठमाण्डौं–टीकापुरको भाडा दर कम्तीमा १४ हजारको हाराहारीमा हुन जानेछ।

नेपालमा सानो जहाजको संख्या नै कम छ। नेपाल वायुसेवा निगमसँग २ र निजी कम्पनीसँग ८ गरी १० वटा मात्रै सानो जहाज छन्। सूचना अधिकारी भुलका अनुसार ती जहाजलाई पर्यटक बोक्न भ्याई नभ्याई छ। उनी अहिलेकै अवस्थामा विमानस्थल पुनः सञ्चालन हुनसक्ने कुरामा सहमत छैनन्।

टीकापुर बासीले हाल हवाई सेवाका लागि करिब सय किलोमिटर टाढा रहेका नेपालगन्ज र धनगढी विमानस्थल प्रयोग गर्ने गरेका छन्। 
अर्को समाचार
फेरी बन्द हुने अवस्थामा टीकापुर विमानस्थल
२१ फागुन २०८१
•
२ मिनेट पाठ
फेरी बन्द हुने अवस्थामा टीकापुर विमानस्थल
निकै तामझामका साथ पुर्न सञ्चालनमा आएको टीकापुर विमानस्थल पुनः बन्द हुने अवस्थामा पुगेको छ । सातामा तीन वटा उडान भर्दै आएको तारा एअरले अब एक दिन मात्रै उडान भर्ने जनाएको छ ।




तारा एअरले टीकापुर नगरपालिकालाई २०८१ फागुन १९ गते एक पत्र पठाई यही फागुन २६ गतेदेखि साताको सोमवार मात्रै उडान भर्न सकिने जानकारी दिएको छ । पत्रमा दुई पक्षबिच २०८१ मंसिर १८ गते भएको उडान सञ्चालन सम्बन्धी सम्झौताको सर्त नं. १ अनुसार मार्च महिनादेखि जहाज नेपालगन्ज बेस नहुने भएकाले उडान संख्या घटाउनु परेको उल्लेख छ ।

तारा एअरले नेपालगन्ज–टीकापुर–नेपालगन्ज मात्रै उडान सञ्चालन गरिने ब्यहोरा सबैमा जानकारीका नगरपालिकालाई अनुरोध गरेको छ ।

२०८१ कात्तिक १२ गते नेपाल वायुसेवाको जहाजले परीक्षण उडान भरेपछि तारा एअरले २०८१ मंसिर ३० गतेबाट नियमित व्यवशायिक उडान थालेको हो । परीक्षण उडानकै दिन समेत तारा एअरको जहाजले उडान भरेको थियो ।

टीकापुर नगरपालिकाले १५ सिट बराबरको ग्यारेन्टी गरेपछि तारा एअरले व्यवशायिक उडान सुरु गरेको थियो । नगरपालिकाले खाली रहेका प्रति सिट साढे आठ हजार रुपैयाँका दरले तारा एअरलाई रकम बुझाउने सम्झौता गरेको बताइएको छ ।

तारा एअरले टीकापुरबाट यात्रु बोकेर नेपालगन्ज झार्थ्यो । नगरपालिका र तारा एअरबीच भएको सम्झौता अनुसार टीकापुरबाट तारा एअरले बोकेर लगेका यात्रुलाई यति एअरले काठमाण्डौं लैजाने गर्थ्यो ।

तारा एअरले यही विमानस्थलमा २०७१ सालमा परीक्षण उडान भरेको थियो । उसले व्यवशायिक उडान भर्ने उद्देश्यले त्यति बेला परीक्षण उडान भरेको भएपनि निरन्तरता दिन सकेको थिएन ।

२०४२ सालमा स्थापना भएको विमानस्थल २०५४ देखी बन्द अवस्थामा रहेको छ । विमानस्थलको धावनमार्ग ५७३ मिटर मात्रै छ । 

नगर प्रमुख रामलाल डगौरा थारुले विमानस्थल पुर्नसञ्चालनलाई एकल एजेण्डा बनाएका थिए । उनले विमानस्थल पुर्नसञ्चालनका नाममा नगरपालिकाको लाखौँ रुपैयाँ खर्च समेत गरेका छन् ।

परीक्षण उडानको दिनमा विमानस्थल भित्रै बाजागाजा सहित ठूलो कार्यक्रमको आयोजना गरिएको थियो । सो कार्यक्रममा विभिन्न गाउँबाट आएका सांस्कृतिक टोलीले झाँकी प्रस्तुत गर्नुका साथै राजनीतिक दलका नेताहरुले भाषण गरेका थिए । 

यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ६ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १२ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस