प्रधानमन्त्री केपी शर्मा ओलीले अब सवारी चालक अनुमति पत्र (लाइसेन्स) कार्ड बोकिरहन आवश्यक नपर्ने बताएका छन्।
शनिबार सामाजिक सञ्जाल मार्फत जानकारी गराउँदै उनले अब उपरत्न नागरिक एप मार्फत मोबाइलमा नै लाइसेन्स उपलब्ध हुने व्यवस्था सुरु गरिएको बताए।
उनका अनुसार यो नयाँ व्यवस्था भोलिदेखि बागमती प्रदेश यातायात व्यवस्था कार्यालयबाट परीक्षणका रूपमा लागू हुनेछ। यसमा ट्रायल पास गरेपछि लाइसेन्स कार्डको सट्टा नागरिक एपमा डिजिटल लाइसेन्स पाउन सकिनेछ।
साथै, ट्राफिक नियम उल्लंघन गरेपछि ट्राफिक प्रहरीले काट्ने चिटको रकम त्यही ठाउँमै डिजिटल पेमेन्ट गरेर तिर्ने सुविधा पनि गरिएको छ।
प्रधानमन्त्री ओलीका अनुसार यो व्यवस्थाले सवारी लाइसेन्स छपाइमा देखिएको समस्याको अन्त्य मात्र होइन, सवारी नियम उल्लंघन गर्दा हुने झन्झट पनि हट्नेछ। यससँगै नागरिक एपमा थप सुविधाहरू पनि ल्याउन तयारी भइरहेको जनाइएको छ।
ओलीले भने, "हामी कुनै पनि कामको लागि नागरिकले लाइन बस्नु पर्ने समस्याबाट मुक्त गराउन लागिपरेका छौं। यो सुविधाले राज्यबाट छिटो सेवा प्रवाहमा टेवा पुग्नेछ भन्ने हामीले आशा राखेका छौँ।"
धनगढी। बस्ती र सडकमा छाडा छोडिएका पशुचौपायाले निम्त्याउने दुर्घटनाको त्रास र बालीनाली जोगाउनुपर्ने बाध्यताबाट आजित कैलालीको धनगढी उपमहानगरपालिकाका बासिन्दाका लागि यहाँस्थित गौशाला स्थायी समाधान बनेको छ।
उपमहानगरपालिकाले सामुदायिक पशुलाई फरक–फरक स्थानमा निर्माण गरिएका गौशालामा राखेर संरक्षण गर्न थालेसँगै विगतको सास्ती कम हुँदै गएको स्थानीयले बताएका छन्।
धनगढीका स्थानीय सीता जोशी सामुदायिक पशुको व्यवस्थित व्यवस्थापनबाट सडक दुर्घटना र खेतीबालीमा क्षति हुने कार्यमा कमी आएको सुनाउँछिन्। छाडा छोडिएका पशुसँग ठोक्किएर आँखै अगाडि दैनिकजसो सवारीसाधन दुर्घटनामा पर्ने गरेको र खेतीबाली जोगाउन परिवार नै गोठालो लाग्नुपरेको उनको अनुभव छ।
धनगढी उपमहानगरपालिकाले छाडा चौपाया नियन्त्रण तथा संरक्षण गर्ने उद्देश्यले वडा नं ७ को देवरिया, वडा नं १६ को रामपुर र वडा नं १८ को फूलबारीमा गौशाला सञ्चालनमा ल्याएको छ।
ती गौशालामा एक हजारभन्दा बढी सामुदायिक पशुको उद्धार तथा संरक्षण गरिएको र आगामी दिनमा गौशालाको सङ्ख्या बढाउने योजना रहेको उपमहानगरपालिकाले जनाएको छ।
फूलबारीस्थित हाम्रो गौशालामा अहिले ५०० भन्दा बढी गाईगोरुलाई आश्रय दिइएको छ। उक्त गौशाला व्यवस्थापनमा संलग्न आठ कर्मचारीलाई धनगढी उपमहानगरले मासिक पारिश्रमिक उपलब्ध गराउँदै आएको छ।
विसं २०७९ को स्थानीय तहको निर्वाचनमा धनगढीको सहरी र ग्रामीण क्षेत्रका बासिन्दाको एउटै माग थियो– छाडा पशुको उचित व्यवस्थापन। निर्वाचनका क्रममा मत माग्न पुगेका विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारलाई स्थानीयले सामुदायिक पशु व्यवस्थापनको खाका ल्याउनेलाई मात्र मत दिने बताएका थिए।
नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिनुभएका गोपाल हमालले त्यतिबेलै नागरिकसँग प्रतिबद्धता गर्नुभएको थियो– ‘प्रमुखमा जितेछु भने नगरपालिकाको बजेटबाट, पराजित भएछु भने निजी खर्चबाट गौशाला निर्माण गरेर स्थानीयको समस्या समाधान गर्छु।’
सो निर्वाचनबाट हमाल प्रमुखमा निर्वाचित भए। सोही अनुसार २०८० मङ्सिरमा छाडा गाईवस्तु फूलबारीमा गौशालामा राख्न थालिएको व्यवस्थापक डेगमान पौडेलले बताए।
“निर्वाचनका क्रममा भोट माग्दै हिँड्दाखेरि यहाँका जनताले हामीलाई केही चाहिँदैन, खेती खान पाएनौँ यी गाईको व्यवस्थापनचाहिँ गर्दिनुहोस् भनेर उम्मेदवारलाई भनेका थिए”, विगत सम्झदै पौडेलले भने, “हमाल नगर प्रमुखमा विजयी भएपछि पहिलो पटक रु ५० लाख विनियोजन गरिदिनुभयो।”
पहिलो वर्ष नै उक्त गौशालामा दुई वटा टहरा निर्माण भयो। नगरपालिकाले अर्को वर्ष थप रु एक करोड विनियोजन गर्र्यो। अहिलेसम्म आइपुग्दा फूलबारीस्थित गौशालामा मात्रै रु पाँचछ करोडको लगानी भइसकेको छ।
“विसं २०८० मङ्सिर १४ गते स्थानीय जनप्रतिनिधि र स्थानीय वासिन्दाको रोहबरमा ५०५ गाई गौशालामा हुलेका हौँ”, व्यवस्थापक पौडेलले भन्नुभयो। साढे तीन विघा क्षेत्रफलमा फैलिएको सो गौशाला अहिले स्थानीय घरपाला पशुको हेरचाह गर्ने स्थल पनि बनेको छ।
गाईवस्तु धान्न नसक्ने भएपछि वरपरका गाउँले गौशालामा पशुचौपाया ल्याउने गरेका छन्। त्यसबापत गौशालामा प्रतिगाई रु दुई हजार शुल्क लिँदै आएको छ।
गौशालाबाट मल र दूध बिक्री हुन थालेको छ। जैविक मल उत्पादन गरी बिक्रीवितरण गर्ने काम पनि सुरु भएको छ। त्यसबाट प्राप्त रकमबाट कर्मचारिकलाई थप पारिश्रमिक र दाना तथा पराल खरिद गर्न सहयोग भएको व्यवस्थापक पौडेलको भनाइ छ। “गौशालाबाट प्रतिघनमिटर रु एक हजारमा गोबर बिक्री हुन्छ, केही दूध पनि बिक्री गर्छौं,” उनले भने, “यसबाट भुसा, पराल र दाना किन्न सहयोग मिलेको छ।”
गाईवस्तुको सङ्ख्या बढ्दै जाँदा गौशालालाई पराल र दाना पुर्याउन हम्मेहम्मे परेको व्यवस्थापक पौडेलको गुनासो छ। पराल र दाना अपुग भएपछि दिउँसोमा गाईलाई चराउन तीन किलोमिटर टाढा जङ्गल लैजानुपर्ने बाध्यता छ।
“गाई चराउन पाँचजना सँगसँगै जान्छौँ। त्यति गर्दा पनि कोही जङ्गल त कोही बस्तीतर्फ भाग्छन्। अनि फेरि खोजेर ल्याउँछौँ,” पौडेलले भने। सामुदायिक पुश व्यवस्थापनको कामबाट प्रभावित भएर गौशालालाई स्वतःस्फूर्तरुपमा सहयोग गर्नेको सङ्ख्या दिन प्रतिदिन बढ्दो रहेको नगरप्रमुख हमाल बताउँछन्।
दूरदराजका नागरिकलाई गाउँघरमै गुणस्तरी स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यसहित जिल्लाको याङवरक गाउँपालिकाले स्वास्थ्य क्षेत्रको विकास र विस्तार...
कर्णालीको पर्यटन प्रवर्धन र राष्ट्रिय खेलकुदको प्रचारप्रसारलाई एकैसाथ अघि बढाउने उद्देश्यले सुरु गरिएको टर्च तथा ट्रफी टुरले रारासम्मको यात्रा तय गरेक...