तिहार पर्खिरहेका सयपत्री फूलहरू
०५ कार्तिक २०८१
•
२ मिनेट पाठ
तिहार पर्खिरहेका सयपत्री फूलहरू
<br>
तिहार नजिकिँदै गर्दा दाङमा सयपत्री फूल ढकमक्क फूलेका छन्। व्यावसायिक रूपमा फूलखेती गर्दै आएका किसानले यति बेला फूल तयार पारिसकेका छन्। अबको केही दिनमा फूल टिपेर माला उन्ने तयारीमा रहेको फूलखेती गदै आएका किसान बताउँछन्।




घोराही उपमहानगरपालिका–१४ झिंगौराका ३९ वर्षीय लोकेन्द्र रोका मगरले सयपत्री फूल तयार पारिसकेका छन्। उनले विगत १२ वर्षदेखि फूलखेती गर्दै आएको सुनाए।

यसवर्ष पनि डेढ बिघा जग्गा भाडामा लिएर फूलखेती गरेको र चाडपर्वमा मात्रै नभई अन्य समयमा पनि आफूले बारीमा फूल फुलाइरहेको बताए। व्यावसायिक रूपमा फूलखेती गरेका उनी यही व्यवसायमा सन्तुष्ट छन्।

“विगत लामो समयदेखि विदेशमा रोजगार गरेर फर्केपछि फूलखेती थालेको हुँ। बाहिरी देशमा कमाएको भन्दा आफ्नै देशमा फूलखेतीबाटै आम्दानी हुने गरेको छ, अब विदेश नजाने बरु यही व्यवसायलाई अझ बढाउँदै लैजाने सोच छ”, रोका मगरले भने।

रोजगारीको सिलसिलामा सात वर्ष कतारमा बिताएका रोका मगरले जिल्लामा दसैं तिहारलगायत पर्व एवं अन्य शुभकार्यका लागि फूलको माग देखेपछि फूलखेती थालेका हुन्।

रोल्पा माडी गाउँपालिका–१ जबाङ दुदिलाबोट स्थायी घर भएका वीरेन्द्र खड्काले पनि घोराही उपमहानगरपालिका–१४ झिंगौरामै व्यावसायिक फूलखेती गर्दै आएका छन्।

उनले यसवर्ष दुई बिघा बढी जग्गा भाडामा लिएर फूलखेती गरेका छन्। विगत चार/पाँच वर्षदेखि उनले फूलखेती थालेका हुन्। २६ वर्षीय उनले बालिविज्ञान विषयमा तीनवर्षे डिप्लोमा तह (आइएस्सीएजी) अध्ययन गरेका छन्।

गत वर्ष तिहारको समयमा सात लाख बढीको फूल बेचेर आम्दानी भएको उनले सुनाए। यस वर्षको तिहारका लागि पनि उनले फूल फुलाइसकेका छन्।

यस्तै, घोराही उपमहानगरपालिका–१३ डुम्मर गाउँका इन्द्रा बुढाको बारीमा पनि यतिबेला फूल फुलेर ढकमक्क भएका छन्। यसवर्ष उनले १० कठ्ठा जग्गामा फूलको व्यावसायिक खेती गरेका छन्।

बुढाले विगत आठ वर्षदेखि व्यावसायिक फूलखेती गर्दै आएको सुनाए। “विगत आठ वर्षदेखि यही खेती गरिरहेको छु। विशेषगरी तिहारलगायत चाडपर्वको बेला बढी माग हुन्छ”, उनले भने,“ यसपटक पनि माग आउन थालिसक्यो। अबको केही दिनमा फूल टिपेर माला बनाउन सुरु गछौं।” 

प्लास्टिकजन्य माला विस्थापित

तिहारको अवसरमा दाङको लमही नगरपालिकाले प्लास्टिकजन्य मालाको प्रयोगलाई निषेध गर्ने भएको छ। स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न नगरपालिकाले पालिकाभित्र रहेका पुष्प व्यावसायिकले उत्पादन गरेको सयपत्री फूलको माला प्रयोग गर्न आग्रह पनि गरेको छ।

लमही नगरपालिकाभित्र विभिन्न पाँचजना व्यवसायीले सयपत्री फूलको व्यावसायिक खेती गर्दै आएका छन्। लमही नगरपालिकाको– ३, ५ र ६ मा गरी कूल २२ कठ्ठा १५ धुर क्षेत्रफलमा सयपत्री फूलको व्यावसायिक खेती गरिएको कृषि शाखाले जानकारी दिएको छ।

जिल्लामै व्यावसायिक रूपमा फूलखेती भएपछि बाहिरबाट आउने कृत्रिम मालालाई विस्थापित गर्न सघाउ पुगेको जानकारहरू बताउँछन्। 
अर्को समाचार
तिहार पर्खिरहेका जुम्ली किसानका सयपत्री फूलहरू
०९ कार्तिक २०८१
•
३ मिनेट पाठ
तिहार पर्खिरहेका जुम्ली किसानका सयपत्री फूलहरू
ढकमक्क फुलेका सयपत्रीले तिहार घर आँगनमै आइसकेको संकेत गरिरहेको छ। धेरै मानिसका घर, आँगन र बारी अहिले सयपत्रीले ढकमक्क छन्। फूलहरुको पर्वको रुपमा पनि मानिने तिहार नजिकिँदै गर्दा व्यावसायिक रुपमा फूल खेती गरिरहेका जुम्लाका किसानहरुको व्यस्तता पनि बढेको छ।




तिहार नजिकिएसँगै जुम्लाको चन्दननाथ नगरपालिका–७ मिचागाउँकी कृष्णमाया कठायतको व्यस्तता बढेको हो। बारीमा फूलेका सयपत्री फूलको रेखदेखमा उनको समय बितिरहेको छ। पाँच वर्षदेखि व्यावसायिक फूल खेती थालेकी कठायतले यसपटकको तिहारलाई लक्षित गरी २ रोपनीमा सयपत्री लगाएकी छिन्।

माग राम्रो भएकाले गत वर्षको तुलनामा दोब्बर क्षेत्रफलमा खेती गरेको उनी बताउँछिन्।

उनले अघिल्ला दुई वर्षको तिहारमा फूलका माला बनाएर बिक्री गरेर २५ हजार  रुपैयाँभन्दा बढीको व्यापार गरेको सुनाइन््। कृष्णमायाले भनिन्, ‘यस वर्ष तिहारका लागि तीस हजारभन्दा बढी माला तयार गर्ने लक्ष्य छ। प्रतिमाला एक सय ५० देखि दुई सय रुपैयाँका दरले घरबाटै व्यापार हुने अपेक्षा छ।’

उनले पहिलो वर्षमै राम्रो आम्दानी भएपछि हौसिएर फूल व्यवसाय बढाउँदै लगेकी हुन्। ‘राम्रै भइरहेको छ। अर्को वर्ष फूलखेती तीन गुणा बढाउने योजनामा छु’, उनले भनिन्।

उनले भनिन्, ‘फूलका माला जुम्लाको सदरमुकाम खलंगा बजारमा पनि बिक्री हुन्छन्। तर, केही त घरमै पुगेर पनि लिन आउँछन्। माग अनुसार पुर्‍याउन सकिँदैन।’

फूलखेतीबाट थोरै लगानीमा व्यवसाय गर्न र राम्रो आम्दानी लिन सकिने उनी बताउँछिन्। तिहारमा सयपत्रीको माग बढी हुने भएकाले धेरै रोपेको उनले बताइन्।

उनले भनिन्, ‘फूल उत्पादन, बजार र मुनाफा राम्रो हुने भएकाले व्यावसायिक खेतीमै लागेकी छु।’

तिहारलाई लक्षित गरेर बारी र आँगनको डिलसँगै करेसाबारीमा थोरै मात्रामा फूल रोप्ने चलन थियो। अहिले घर सजावटका लागि मात्रै रोपिने त्यही फूल व्यावसायिक खेती थालिएको उनले जानकारी दिइन्।

यस्तै सोही नगरपालिका–८ जातिभिड गाउँकी कालिका भण्डारीले गाउँमै व्यवसायिक फूल खेती गरेकी छन्। गत वर्ष ५ हजार रुपैयाँका फूलका माला बेचेका उनले यो वर्ष दोब्बर माला बेच्ने लक्ष्य लिएकी छन्।

अहिले फूलेको फूल र मागको आधारमा यो वर्ष १० हजार रुपैयाँ बराबरको फूलको व्यापार हुने जुम्लाका पुष्प किसानहरुको अनुमान छ।

किसानले यति बेला फूल तयार पारिसकेका छन्। अबको केही दिनमा फूल टिपेर माला उन्ने तयारीमा रहेको फूलखेती गदै आएका किसान बताउँछन्। गाउँका ६७ वर्षीय करे थापले सयपत्री फूल तयार पारिसकेका छन्।

उनले विगत २ वर्षदेखि फूलखेती गर्दै आएको सुनाए। थापाको बारीमा पनि यतिबेला सयपत्री फुलेर ढकमक्क भएका छन्। ‘विशेषगरी तिहारलगायत चाडपर्वको बेला बढी माग हुन्छ’, उनले भने, ‘यसपटक पनि माग आउन थालिसक्यो। अबको केही दिनमा फूल टिपेर माला बनाउन सुरु गर्छौ।’

तिहारमा प्लाष्टिकका आयतित माला प्रतिबन्ध गर्नुपर्ने किसान बताउँछन्। जानकारहरुका अनुसार आयतितभन्दा आफ्नै ठाउँमा उत्पादन भएको फूलको माला तिहारको दिन लगाउँदा उपयुक्त हुन्छ। अब फुलखेतीमा किसानको आकर्षण पनि बढाउनुपर्छ।

सयपत्री फुलाउन सक्ने व्यवस्था हुन सके जुम्लाले फुलखेतीबाट राम्रो आम्दानी भित्र्याउन सक्ने देखिन्छ।

यहाँको गाउँबस्तीमा बारीमा उम्रिएको सयपत्री नै प्रयोग हुन्छन्। तीनै तहका सरकारले फूल खेतीको व्यवसाय रोजेका किसानलाई सहजीकरण गरिदिए रोजगारी र आम्दानी वृद्धिमा टेवा पुग्ने देखिन्छ।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस