ताप्लेजुङसहित नेपालका १० वटा जिल्लामा हिमाली जडिबुटीहरुको संरक्षण र दिगो विकासका लागि ५ वर्षे परियोजना सञ्चालन हुने भएको छ । समृद्ध र उत्थानशील समुदाय, सुदृढ नीति र जिम्मेवार मूल्य शृंखलामा आधारित रहेर दिगो, जिम्मेवार र समतामुलक व्यपारका माध्यमबाट जैविक विविधताको संरक्षण गर्ने उद्देश्यसहित एन्साब नेपालले यस्तो कार्यक्रम अघि सारेको हो ।
एन्साब नेपालका कार्यक्रम निर्देशक डाक्टर दीपेश प्याकुरेलका अनुसार कार्यक्रममार्फत गरिबी न्यूनीकरण र जीविकोर्पाजनसंगै प्राकृतिक स्रोत व्यवस्थापनका लागि कार्यक्रम सञ्चालन हुनेछन् । परियोजनाले संरक्षण र व्यपारका हिसावले महत्वपूर्ण जडीबुटीको मुख्य उत्पादन क्षेत्र रहेका नेपालका २७ वटा जिल्लालाई समेटेपनि १० जिल्लामा भने महत्वका साथ कार्यक्रम सञ्चालन हुने प्याकुरेलले जानकारी दिए ।
प्याकुरेलका अनुसार महत्वका साथ कार्यक्रम सञ्चालन हुने जिल्लामा पूर्वको ताप्लेजुङसहित दार्चुला, बझाङ, बाजुरा, हुम्ला, जुम्ला, मुगु, डोल्पा, रुकुम पूर्व र गोर्खा छन् । कार्यक्रममार्फत जीविकोपार्जनमा सुधार भइ गरिवी न्यूनीकरण हुने, २० हजार जडिबुटी संकलकले तालिम पाउने र कम्तिमा ४० प्रतिशत महिला सहित १० हजार जडिबुटी संकलनको आम्दानी बढ्ने अपेक्षा गरिएको छ । यस्तै सामुदायिक वनका तीन हजार छ सय उपभोक्ता स्वेच्छिक प्रमाणीकरणका लागि तयार हुने र स्थानीय स्तरका जडिबुटीमा आधारित कम्तिमा २० वटा उद्यम प्रविधिको सुधार हुने अपेक्षा परियोजनाले लिएको छ ।
२०८५ साल चैत सम्म सञ्चालन हुने परियोजना अवधिमा नेपालभरका कार्यक्रममा करिव ३२ करोड रुपैयाँ खर्च हुने एन्साब नेपालले जनाएको छ । परियोजनामार्फत प्राकृतिक स्रोत व्यवस्थापनतर्फ करिव १५ लाख हेक्टर क्षेत्रफलमा संरक्षण र व्यपारका हिसावले महत्वपूर्ण जडिबुटीको स्रोत सर्वेक्षण गरिने भएको छ ।
यस्ता जडिबुटीहरुमा अतिस, काकोली, कुड्की, गुच्ची च्याउ, जटामासी, पदमचाल, पाँचऔंले, यार्सागुम्बा, सतुवा, सुगन्धवाल, सेतकचिनी र लेकको पाखनबेद रहेका छन् । लेकको पाखनबेद ताप्लेजुङका सरोकारवालाले स्रोत सर्वेक्षणका लागि थप गरेको जडिबुटी हो ।
यस्तै सहभागिता मुलक भू–प्रजाति व्यवस्थापन तथा अनुगमनका माध्यमबाट उच्च हिमाली भेगको १ लाख हेक्टर भन्दा बढी वन क्षेत्रको दिगो व्यवस्थापनको कार्यक्रम समेत परियोजनामार्फत हुने भएको छ । परियोजना अवधिमा तीनसय पचासवटा सामुदायिक वनले दिगो वन व्यवस्थापनको तालिम पाउने भएका छन् । उक्तमध्ये कम्तिमा दुईसय असी वटा सामुदायिक वनले वन व्यवस्थापनबाट सिकेको ज्ञानलाई समूहमा अभ्यास गर्न सक्ने बनाइने भएको छ । यस्तै कम्तिमा एकसय नब्बे वटा समुदायिक वनमा वनस्रोत माथिको दोहन रोक्नेगरी क्रियाकलाप सञ्चालन गरिने भएको छ ।
परियोजना अवधिमा कम्तिमा ६० वटा सामुदायिक वन उपभोक्ता समूहको कार्ययोजनामा दिगो व्यवस्थापन,जडिबुटी पुर्नउत्पादन र सामुदायिक अनुगमनको व्यवस्थापा गरी कार्ययोजना नविकरण तथा योजना निर्माण गरिने भएको छ । डिपार्टमेन्ट अफ इन्भाइरोमेन्ट,फुड एण्ड रुरल अफेयर्स युके र डार्बिन इनिसिएटिभ युके मुख्य दातृ निकाय रहेको परियोजनामा ट्राफिक इन्टरनेसनल युके, एन्साब नेपाल, साुमदायिक वन उपभोक्ता महासंघ,फेयर वाइल्ड फाउण्डेसन, युनिभर्सिटी अफ कोपनहेगन डेनमार्क, युनिभर्सिटी अफ अक्फोर्ड,युके, त्रिभुवन विश्व विद्यालय र विश्व वन्यजन्तु कोष,भारतसाझेदार रहने छन् ।
नेपाल सरकार वन तथा वातावरण मन्त्रालय,नेपाल हब्र्स तथा हर्बल उत्पादन संघ,चाइना एसोशिएसन अफ ट्रेडिसनल चाइनिज मेडिसिन,चाइना स्ट्यान्डर्ड कन्फर्मिटी एसेसमेन्ट कम्पनी लिमिटेड र टेरा हिमालय प्रालि भुटान सहयोगी निकायको रुपमा रहने एन्साब नेपालले जनाएको छ ।
ताप्लेजुङको मिक्वाखोला, फक्ताङलुङ, सिदिङ्वा र सिरिजङ्गा गाउँपालिका क्षेत्रमा रहेका ३२ वटा सामुदायिक वन क्षेत्रमा यो कार्यक्रम सञ्चालन हुने तय भएको एन्साब नेपाल ताप्लेजुङका कार्यक्रम संयोजक आयुष भट्टराईले जानकारी दिए । सामुदायिक वन उपभोक्ता महासंघ(फेकोफन)का उपाध्यक्ष बिर्खबहादुर शाहीले समृद्धि, आर्थिक विकास, दिगो वन व्यवस्थापन र जडिबुटीको संरक्षण तथा व्यपारका लागि यो अभियान उत्तम हुने विश्वास लिए ।