सहकारी ठगी प्रकरण: पूर्व डिआइजी जोशीसँग साढे ७ घण्टा लामो बयान
०६ कार्तिक २०८१
•
५ मिनेट पाठ

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पुर्व डिआइजि छबिलाल जोशी (बन्जाडे) सँग रुपन्देही जिल्ला सरकारी वकिलको कार्यालयले साढे ७ घण्टा लामो बयान लिएको छ।

गोर्खा मिडीया नेटवर्क मार्फत सुप्रिम सहकारीको रकम अपचलन गरेको सम्बन्धमा जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख प्रेमराज पौडेलको रोहवरमा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डित र अनुसन्धान अधिकृतहरुले बयान लिएका हुन।

जोशी गोर्खा मिडीया नेटवर्कका तत्कालिन उपाध्यक्ष हुन। सुप्रिम सहकारीबाट गोर्खा मिडीयामा गएको १४ करोड मध्ये साढे २ करोड जोशीको नाममा गएको यसअघि भएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।

गोर्खा मिडीया मार्फत सुप्रिम सहकारीको रकम अपचलनमा जोशीको संलग्नताका सम्बन्धमा थप अनुसन्धानकालागि बयान लिन उनलाई भैरहवा ल्याइएको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक रञ्जितसिंह राठौरले जनाए। बुधबार उनलाई कास्की पठाइने राठौर बताउँछन्।

मंगलबार बिहान ११ बजेदेखि सुरु भएको जोशीको बयान साँझ ६.३० बजेतिर सकिएको थियो। स्रोतका अनुसार जोशीले कास्कीमा दिएको बयानसँग मिल्दो जुल्दो गरी बयान दिएका थिए। र बारम्बार आफुलाई फसाइएको उल्लेख गरेका थिए।

यसअघि सुर्यदर्शन सहकारी पोखराको रकम अपचलन सम्बन्धमा कास्कीमा जोशीको बयान लिइएको थियो।

सर्बसाधारणले सहकारीमा बचत गरेको रकम गोर्खा मिडीया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा संसदिय छानबिन समितिको सिफारिसमा पुर्व डिआइजी जोशी गत अशोज ६ गते पक्राउ परेका हुन।

कास्की प्रहरीको हिरासतमा रहेका पुर्व डिआइजी जोशीलाई सोमबार हवाइमार्गबाट रुपन्देही ल्याइएको थियो। सोमबार र मंगलबार उनी जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा बसे।  

बुटवल मुख्य कार्यालय रहेको सुप्रिम सहकारीका १ हजार ८३१ बचतकर्ताले सहकारीका संस्थापक अध्यक्ष  गितेन्द्रबाबु (जीबी) राइ, बर्तमान अध्यक्ष ओमप्रकाश गूरुङ सहितका पदाधिकारी, संचालक तथा कर्मचारीहरुले एक अर्ब बढी रकम अपचलन गरेको भन्दै इप्रका बुटवलमा उजुरी दिएका थिए।

त्यसपछि अनुसन्धान थालिएको थियो। अनुसन्धान प्रतिवेदन अनुसार सर्बसाधारणबाट जम्मा गरेको १ अर्ब ३१ करोड मध्ये ८६ करोड १८ लाख बढी रकम राई र गुरुङको समुहले अपचलन गरेको छ।

त्यसमध्ये गोर्खा मिडीया नेटवर्कको नाममा मात्रै सुप्रिमबाट १४ करोड बढी रकम सारीएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।

त्यसमध्ये साढे २ करोड रुपैँया गोर्खा नेटवर्कका उपाध्यक्ष रहेका जोशीका नाममा गएको प्रतिवेदनमा उल्लेख छ। सोही मुद्दामा थप अनुसन्धान अगाडी बढाउन जोशीलाइ मंगलबार रुपन्देही सरकारी वकिलको कार्यालयमा बयान गराइएको हो। थप अनुसन्धान पछि बल्ल जोशी बिरुद्ध पूरक अभियोग दर्ता गर्ने वा नगर्ने भन्ने टुगों लाग्ने अनुसन्धान अधिकृतहरु बताउँछन।

तत्कालिन समयमा गोर्खा मिडीयाका प्रबन्ध निर्देशक रहेका रास्वपाका सभापती तथा पूर्व गृहमन्त्री रबि लामिछानेको नाममा सुप्रिमबाट २ करोड गएको यसअघिको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।

लामिछाने पनि अहिले सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा छन। उनलाई पनि बयानका लागि भैरहवा ल्याउने बुझीएको छ।

सुप्रिम पिडीतको प्रदर्शन

मंगलबार रुपन्देही जिल्ला सरकारी वकिलको कार्यालय भैरहवामा जोशीको बयान चलीरहदा सुप्रिम पिडीतहरु प्रदर्शनमा उत्रीए।

पिडीतहरुले व्यानर सहित सरकारी वकिलको कार्यालयमा प्रदर्शन गर्न खोजेका थिए। तर प्रहरीको अवरोध पछि नजिकै रहेको जिल्ला अदालत अगाडी प्रदर्शन गरे।

सहकारीको बचत रकम फर्ता गर, सहकारी ठगहरुलाइ कारबाही गर, पिडीतलाइ न्याय दे, रबि, छबी जस्तै जिबीलाई पनि पक्राउ गर लगायतका नारा लगाउँदै सुप्रिम पिडीतहरु प्रदर्शनमा उत्रेका हुन।

सुप्रिमका संस्थापक अध्यक्ष तथा संरक्षक गितेन्द्रबाबु राइ (जिवी) र बुटवल शाखाका व्यवस्थापक सागर केसी लगायतका अन्य दोषीलाई राजनीतिक संरक्षणमा भगाइएको आरोप सुप्रिम पिडीतहरुको छ।

सुप्रिम पिडीत संघर्ष समितिका संयोजक विजय नेपालले बचत रकम फिर्ता गर्न पर्ने, रकम अपचलन गर्ने सबैलाइ पक्राउ गरी कडा कारबाही गुर्नपर्ने लगायतका आफूहरुको माग रहेको बताए।

२०५७ सालमा बुटवलमा दर्ता भएको मैत्रेय बचत तथा ऋण सहकारी संस्थाको नाम परिर्वतन गरी गितेन्द्रबाबु (जीबी) राइले  २०७२ सालको फागुनमा सुप्रिम बचत तथा ऋण सहकारी संस्था बनाएका थिए।

त्यतीबेला मैत्रेय सहकारीको अध्यक्ष बुटवलका ओमप्रकाश गुरुङ थिए। राइले गुरुङलाई सहमत गराएर सहकारीको नाम परिर्वतन गरी आफु अध्यक्ष बने।

सुरुमा राई अध्यक्ष र गुरुङ उपाध्यक्ष थिए। २०७६ मा साधारण सभा गरी गुरुङलाई अध्यक्ष बनाइयो। राई संरक्षक बसे। पूर्वराष्टपपति नन्दबहादुर पुनका छोरा दीपेश पुन सचिव बने। सुप्रिमको मुख्य कार्यालय बुटवलको व्यवस्थापक सागर केसी थिए।

सुप्रिमको केन्द्रिय कार्यालय बुटवल राजमार्ग चौराहमा थियो। भैरहवा र नवलपरासीमा पनि शाखा थिए। सहकारीमा विशेषगरी महिला कर्मचारी राखेर सर्बसाधारणको घरघरै पठाएर दैनिक बचतकालागि ग्राहक बटुल्ने गरिन्थ्यो।

धेरै सदस्य बनाउने कर्मचारीलाई विशेष सुविधाको प्रलोभन देखाइन्थ्यो। टार्गेट मिट नगर्नेलाई जागीरबाट निकाल्ने धम्की दिइन्थ्यो। टार्गेट मिट गर्नै पर्ने दबाबमा कर्मचारीहरुले ठुला देखि साना पसल संचालक, बृद्धबृद्धा, श्रीमान विदेश हुने महिलाहरु खोजेर धेरै व्याज र बिभिन्न अफरको लोभ देखाएर बचत गर्न लगाउथे।

त्यसरी बनाएका बचतकर्ताबाट उठाएको ठुलो रकम संस्थापक अध्यक्ष राइ, अध्यक्ष गुरुङ, सचिव पुन, व्यवस्थापक केसी लगायतको तजविजिमा सहकारी ऐन र नीति विपरित अपचलन गर्न थालियो।

जसका कारण सहकारी शंकटग्रस्त बन्दै गयो। बचत रकम अपचलन बढेपछि बचतकर्ताहरुले सहकारीका पदाधिकारी, संचालक र कर्मचारी बिरुद्ध २०७९ सालमै प्रहरीमा उजुरी दिन थालेका थिए।

त्यसपछि सुरु भएका अनुसन्धान प्रतिवेदन अनुसार सर्बसाधारणबाट जम्मा गरेको १ अर्ब ३१ करोड मध्ये ८६ करोड १८ लाख बढी रकम राई र गुरुङको समुहले अपचलन गरेको हो।

त्यही ठगी प्रकरण अन्तर्गतको अनुसन्धानबाट गोर्खा मिडीया नेटवर्कको नाममा सुप्रिमबाट १४ करोड ६ लाख रुपैँया गएको खुलेको थियो। जसमध्ये गोर्खा मिडीया नेटवर्कमा तत्कालिन उपाध्यक्ष रहेका पुर्व डिआइजी छविलाल जोशी (बन्जाडे) को नाममा २ करोड ५० लाख र तत्कालिन प्रबन्ध निर्देशक रहेका प’र्व गृहमन्त्री रबि लामिछानेको नाममा २ करोड गएको देखिएपछि उनीहरु दुवै जना रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धानमा पनि तानीएका हुन।

गोर्खा मिडिया नेटवर्कले २०७७ को फागुनमा ग्लेक्सी टीभी संचालनमा ल्याएको थियो भने २०७८ मा लामिछाने टीभीको प्रबन्ध निर्देशक भएका थिए।
अर्को समाचार

मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ

भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस