असोजको ११ र १२ गते परेको अविरल वर्षापछि पाँचथरमा ठुलो धनजनको क्षति भयो। मृतकका परिवालाई राहत दिनेसहितका कार्य सरकारी तवरबाट जारी छ। राहतपछि पुननिर्माणमा फर्कने तयारीमा रहेको पाँचथरको फालेलुङ ५ को फ्याङटार विस्थापनको चपेटामा छटपटाई रहेको छ ।
फ्याङटारको तामाङ बस्तीले गाउँ छाडेको १५ दिन बित्यो । पहिलो ३ दिन बस्तीबाट २ किलोमिटर माथीको भैँसे पुगेर ज्यान जोगाएका १३ परिवार अहिले आफन्तको शरणमा लुदिन गाउँ आसपासमा छन्।
छिमेकीले दिएको शरण दीर्घकालिन हैन। आपतमा सहयोग भयो राम्रो भयो तर अव घर फर्कनु मर्न जानु जस्तै भएको छ। ८१ वर्षीया आमालाई बोकेर ज्यान जोगाउन भागेका कुमार तामाङले यही अवस्थामा घर फर्कनु भनेको मर्नु जस्तै भएको सुनाए।
९ महिनाको नानी च्यापेर भागेका स्थानीयले ज्यान जोगाउनु नै ठुलो कुरा भएको बुझेका छन्। पुगै गाउँ हल्लीयो। सहयोगको याचना पनि बेकार तुल्य रह्यो। बेपत्ता महिला अझै फेला परेकी छैनन् । म त नानी बोकेँ भागेँ स्थानीय लाखमान तामाङले भने ज्यान बच्यो त्यही ठुलो कुरो हो ।
बिस्थापनमा परेकी कमला तामाङ अफ्नो घर देखाउँदै । तस्बिर : सरोज शर्मा/पाँचथर करिव १ किलोमिटर टाडाको गाउँबाट फर्किन नसकिने आफनो गाउँ नियालिरहेका स्थानीयलाई अब के हुन्छ भन्ने कुनै जानकारी छैन। सरकारले केही गर्देला भन्ने झिनो आशा पालेका उनीहरु राहत र पुनस्र्थापनाको पर्खाइमा छन्। अस्ती वडाले चामल तेल दिएर गयो । अव कस्ले सहयोग गर्छ थाहा छैन । कमल तामाङले भने सरकारले केही गर्छ त भन्छन खोई ?
बस्तीनै बिस्थापनमा परेपछि जिल्लामा क्रियाशिल केही संघसंस्थाले राहत वितरण पनि गरेका छन् तर उक्त सहयोग उनीहरुका लागि पर्याप्त छैन। गाउँबाट विस्तापित १३ सहित १८ परिवारलाई हाम्रो सहाराले प्रति परिवार ५ हजारका दरले नगद सहयोग गरेको संस्थाका अध्यक्ष गजेन्द्र राईले जानकारी दिए।
५ वर्ष पहिला फालेलुङ गाउँपालिकामै पहिरोमा परेर विस्थापित परिवारका लागि भनेर बनाईएका २० वटा घर अझै प्रयोगविहीन छन्। फेरि पनि फालेलुङमा एकीकृत बस्तीको खाँचो देखिएको छ । तर अघिल्लो पटक निर्माण भएका घरमा किन नागरिक जान मानेन तिनको अध्ययन गर्न भने चुक्नु नहुने जानकारहरु बताउँछन ।
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।
भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।
इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।
जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।
जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्याउने महत्वपूर्ण कदम बनेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...