‘जीवनको उत्पत्ति र क्रम विकासमा वेदान्त–विज्ञानबिच संवाद’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
०८ कार्तिक २०८१
•
२ मिनेट पाठ
‘जीवनको उत्पत्ति र क्रम विकासमा वेदान्त–विज्ञानबिच संवाद’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
<br>
‘जीवनको उत्पत्ति र क्रम विकासमा वेदान्त र विज्ञानबिच संवाद’ विषयक प्रथम अन्तर्राष्ट्रिय सम्मेलन आगामी म‌ंसिर ८ र ९ गते काठमाडौंमा हुने भएको छ। सनातन अध्ययन तथा अनुसन्धान प्रतिष्ठान नेपाल र आध्यात्मिक संस्कृति तथा विज्ञानका लागि श्रीचैतन्य सारस्वत सभाको स‌ंयुक्त आयोजनामा काठमाडौंको कागेश्वरी मनोहरा–९, काँडाघारीस्थित अक्षरा स्कुलमा सो सम्मेलन हुन लागेको हो।




आयोजकका अनुसार सम्मेलनमा नेपाल, भारत, अमेरिकालगायत विभिन्न देशका २० जनाभन्दा बढी प्रतिष्ठित आध्यात्मिक चिन्तक, अभियन्ता, गुरुहरू र वैज्ञानिकले आ–आफ्नो मन्तव्य राख्नुका साथै कार्यपत्र पेस गर्ने कार्यक्रम रहेको छ । सम्मेलनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विशेष सहयोग रहने सनातन अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका अध्यक्ष प्राध्यापक डा। मोहन खरेलले जानकारी गराए। उनका अनुसार उक्त सम्मेलनमा सम्बद्ध विज्ञहरूसहित करिब ३०० सय जनाको सहभागिता रहने अनुमान गरिएको छ।

आयोजक संस्थाद्वारा हिन्दु धर्म र संस्कारको वैज्ञानिक आधार विषयमा यसअघि सन् २०१५ र सन् २०१७ मा पनि साइन्स एन्ड साइन्टिस्ट अन्तर्राष्ट्रिय सम्मेलन गरिएको थियो ।

वैज्ञानिक प्रमाण र खोज–अनुसन्धानका आधारमा वेदवेदान्त वा अध्यात्मलाई विज्ञानसँग जोडेर हेर्नु औचित्यपूर्ण हुने र अध्यात्मप्रति नयाँ पिँढीलाई आकर्षित गर्ने लक्ष्यका साथ सम्मेलन आयोजना गर्न लागिएको आयोजकको दाबी छ ।

आध्यात्मिक संस्कृति तथा विज्ञानका लागि श्रीचैतन्य सारस्वत सभाका अध्यक्ष स्वामी राममणि नेपालले भौतिक जगतको सुख क्षणिक रहने तर आध्यात्मिक सुख कहिल्यै नमेटिने भएकाले सो शाश्वत सत्यको जागरण गराई नेपाललाई अध्यात्मको अन्तर्राष्ट्रिय केन्द्र बनाउन आफूहरू लागि पर्ने प्रतिबद्धता जनाए। साथै उनले सम्मेलनमा यी विषयमा छलफल या अन्तर्क्रिया गर्ने तयारी भइरहेको बताए।

दुई दिनसम्म चल्ने सो सम्मेलनमा सन्त महाराज डा. भक्ति निष्काम विजानन मुनि, संहिताशास्त्री अर्जुन बास्तोला, वरिष्ठ न्युरोलोजिस्ट डा. जेपी अग्रवाल, प्राध्यापक डा. मोहनप्रसाद खरेल, प्राध्यापक डा. रामेश्वर अधिकारी, सहप्राध्यापक डा. गोपीचन्द्र काफ्ले, सहप्राध्यापक डा. निर्मलमणि अधिकारी, सहप्राध्यापक डा. चित्रबहादुर बानियाँ, प्राध्यापक डा. रजनी मल्ल,  उपप्राध्यापक डा. दीपेन्द्र पराजुली, सहप्राध्यापक डा. गोविन्दशरण उपाध्याय, प्राज्ञ भरत गिरी, डा.भुवनेश्वरी राव र श्रीपद कृष्ण केशव प्रभु र  डा. सुमंगलादेवी दासीद्वारा कार्यपत्र पेस गरिने श्रीचैतन्य सारस्वत सभाका अध्यक्ष स्वामी राममणि नेपालले जानकारी दिए ।
अर्को समाचार
लागूऔषधसहित चार जना पक्राउ
१ मिनेट अघि
•
१ मिनेट पाठ
लागूऔषधसहित चार जना पक्राउ
झापा। झापामा लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्न रहेको आरोपमा दुई युवतीसहित चार जना पक्राउ परेका छन्।
मेचीनगर–६ काँकडभिट्टास्थित एक होटलबाट तीन जना र बिर्तामोड–५ जिराइत टोलबाट शनिबार साँझ एक महिला पक्राउ परेकी हुन्। सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले काँकडभिट्टाको होटलमा छापा मार्दा तीन ग्राम ७२० मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो।
त्यस्तै, बिर्तामोडमा पक्राउ परेकी पार्वता राजवंशीको साथबाट १८ ग्राम ४८० मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो। उनको कोठाबाट डिजिटल तराजु, छुरी, कैँची र नगद १३ लाख ३९ हजार  रुपैयाँ पनि बरामद भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीका अनुसार पक्राउ पर्नेमा मेचीनगर–२ का २३ वर्षीय सचिन राई, दमक–७ की ३० वर्षीया मिना राई, सोही ठाउँकी २६ वर्षीया प्रतिमा राई र मेचीनगर–१५ की ३६ वर्षीया पार्वता राजवंशी रहेका छन्। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
-रासस


लागूऔषधसहित चार जना पक्राउ
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित चार जना पक्राउ
झापामा लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्न रहेको आरोपमा दुई युवतीसहित चार जना पक्राउ परेका छन्।
Whatsapp
'प्रहरी निरीक्षक हुँ' भन्दै दुई लाख रुपैयाँ माग्ने पाँच जना पक्राउ
अपराध
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
'प्रहरी निरीक्षक हुँ' भन्दै दुई लाख रुपैयाँ माग्ने पाँच जना पक्राउ
प्रहरी निरीक्षक भएको भन्दै मुद्दा नचलाइदिने बहानामा दुई लाख रुपैयाँ माग गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्।
Whatsapp
चार महिनामा २० अर्ब ४८ करोडको विद्युत् निर्यात, कात्तिकमा मात्रै ४ अर्ब बढी आम्दानी
अर्थ
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
चार महिनामा २० अर्ब ४८ करोडको विद्युत् निर्यात, कात्तिकमा मात्रै ४ अर्ब बढी आम्दानी
नेपालले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा २० अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ।
Whatsapp
दुई हजारले बढ्यो सुन, चाँदी पनि महँगियो
बजार
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
दुई हजारले बढ्यो सुन, चाँदी पनि महँगियो
नेपाली सुनचाँदी बजारमा आइतबार सुन र चाँदी दुबैको मूल्य बढेको छ।
Whatsapp
यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोशी प्रदेशबाट सुरु हुँदै
समाज
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोशी प्रदेशबाट सुरु हुँदै
सैनिक कल्याणकारी कोषको व्यवस्थापनमा यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोशी प्रदेशबाट सुरु हुँदैछ।  
Whatsapp
अमेरिकाको क्यालिफोर्नियामा ५.० म्याग्निच्युडको भूकम्प, विमानस्थलमा अवतरण हुन लागेका विमान फर्काइए
अन्तर्राष्ट्रिय
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकाको क्यालिफोर्नियामा ५.० म्याग्निच्युडको भूकम्प, विमानस्थलमा अवतरण हुन लागेका विमान फर्काइए
अमेरिकाको क्यालिफोर्नियामा शनिबार बिहान ५.० म्याग्निच्युडको भूकम्प गएको छ।
Whatsapp
इरानमा ‘कमसल’ मदिरा सेवनबाट ३२ जनाको मृ’त्यु
अन्तर्राष्ट्रिय
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
इरानमा ‘कमसल’ मदिरा सेवनबाट ३२ जनाको मृ’त्यु
इरानका विभिन्न प्रदेशमा अक्टोबर ३१ देखि ‘गुणस्तरहीन’ पेय पदार्थ सेवन गरेपछि कम्तीमा ३२ जनाको मृत्यु भएको छ।
Whatsapp
राष्ट्रिय युवा परिषद्का १७ सदस्यले लिए शपथ
समाज
Clock ३७ मिनेट अघि | ० मिनेट पाठ
राष्ट्रिय युवा परिषद्का १७ सदस्यले लिए शपथ
युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको राष्ट्रिय युवा परिषद्मा नियुक्त भएका १७ जना सदस्यले शपथ ग्रहण गरेका छन्।
Whatsapp
नवजात शिशुको मृ*त्युदर घटाउन रोग पहिचान प्रणाली विस्तार अपरिहार्य
स्वास्थ्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
नवजात शिशुको मृ*त्युदर घटाउन रोग पहिचान प्रणाली विस्तार अपरिहार्य
जन्मँदा स्वस्थ देखिने सबै शिशु रोगमुक्त हुन्छन् भन्ने हुँदैन। कतिपय नवजात शिशुमा जन्मजात तथा वंशाणुगत रोगका लक्षण जन्मेको केही दिनपछि मात्र देखिन थाल्...
Whatsapp
राप्तीमा धान खरिद सुरु
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
राप्तीमा धान खरिद सुरु
जिल्लाको देउखुरीस्थित राप्ती गाउँपालिकामा शनिबारदेखि सरकारी समर्थन मूल्यमा धान खरिद कार्य सुरु गरेको छ। 
Whatsapp
सूक्ष्म संवेदनाहरूको जीवन्त दस्तावेज ‘इन्द्रेणी सौन्दर्य’
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सूक्ष्म संवेदनाहरूको जीवन्त दस्तावेज ‘इन्द्रेणी सौन्दर्य’
निबन्धकार ज्ञानेन्द्र विवशको ‘इन्द्रेणी सौन्दर्य’ निबन्धहरूको संग्रह हो। यसमा पाठकले सहजै अनुभूतिहरूको यथार्थ र सौन्दर्यको सङ्गम भेट्छन्।&...
Whatsapp
आजदेखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आजदेखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आज (आइतबार)देखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस