तिहार पर्खिरहेका जुम्ली किसानका सयपत्री फूलहरू
०९ कार्तिक २०८१
•
३ मिनेट पाठ
तिहार पर्खिरहेका जुम्ली किसानका सयपत्री फूलहरू
ढकमक्क फुलेका सयपत्रीले तिहार घर आँगनमै आइसकेको संकेत गरिरहेको छ। धेरै मानिसका घर, आँगन र बारी अहिले सयपत्रीले ढकमक्क छन्। फूलहरुको पर्वको रुपमा पनि मानिने तिहार नजिकिँदै गर्दा व्यावसायिक रुपमा फूल खेती गरिरहेका जुम्लाका किसानहरुको व्यस्तता पनि बढेको छ।




तिहार नजिकिएसँगै जुम्लाको चन्दननाथ नगरपालिका–७ मिचागाउँकी कृष्णमाया कठायतको व्यस्तता बढेको हो। बारीमा फूलेका सयपत्री फूलको रेखदेखमा उनको समय बितिरहेको छ। पाँच वर्षदेखि व्यावसायिक फूल खेती थालेकी कठायतले यसपटकको तिहारलाई लक्षित गरी २ रोपनीमा सयपत्री लगाएकी छिन्।

माग राम्रो भएकाले गत वर्षको तुलनामा दोब्बर क्षेत्रफलमा खेती गरेको उनी बताउँछिन्।

उनले अघिल्ला दुई वर्षको तिहारमा फूलका माला बनाएर बिक्री गरेर २५ हजार  रुपैयाँभन्दा बढीको व्यापार गरेको सुनाइन््। कृष्णमायाले भनिन्, ‘यस वर्ष तिहारका लागि तीस हजारभन्दा बढी माला तयार गर्ने लक्ष्य छ। प्रतिमाला एक सय ५० देखि दुई सय रुपैयाँका दरले घरबाटै व्यापार हुने अपेक्षा छ।’

उनले पहिलो वर्षमै राम्रो आम्दानी भएपछि हौसिएर फूल व्यवसाय बढाउँदै लगेकी हुन्। ‘राम्रै भइरहेको छ। अर्को वर्ष फूलखेती तीन गुणा बढाउने योजनामा छु’, उनले भनिन्।

उनले भनिन्, ‘फूलका माला जुम्लाको सदरमुकाम खलंगा बजारमा पनि बिक्री हुन्छन्। तर, केही त घरमै पुगेर पनि लिन आउँछन्। माग अनुसार पुर्‍याउन सकिँदैन।’

फूलखेतीबाट थोरै लगानीमा व्यवसाय गर्न र राम्रो आम्दानी लिन सकिने उनी बताउँछिन्। तिहारमा सयपत्रीको माग बढी हुने भएकाले धेरै रोपेको उनले बताइन्।

उनले भनिन्, ‘फूल उत्पादन, बजार र मुनाफा राम्रो हुने भएकाले व्यावसायिक खेतीमै लागेकी छु।’

तिहारलाई लक्षित गरेर बारी र आँगनको डिलसँगै करेसाबारीमा थोरै मात्रामा फूल रोप्ने चलन थियो। अहिले घर सजावटका लागि मात्रै रोपिने त्यही फूल व्यावसायिक खेती थालिएको उनले जानकारी दिइन्।

यस्तै सोही नगरपालिका–८ जातिभिड गाउँकी कालिका भण्डारीले गाउँमै व्यवसायिक फूल खेती गरेकी छन्। गत वर्ष ५ हजार रुपैयाँका फूलका माला बेचेका उनले यो वर्ष दोब्बर माला बेच्ने लक्ष्य लिएकी छन्।

अहिले फूलेको फूल र मागको आधारमा यो वर्ष १० हजार रुपैयाँ बराबरको फूलको व्यापार हुने जुम्लाका पुष्प किसानहरुको अनुमान छ।

किसानले यति बेला फूल तयार पारिसकेका छन्। अबको केही दिनमा फूल टिपेर माला उन्ने तयारीमा रहेको फूलखेती गदै आएका किसान बताउँछन्। गाउँका ६७ वर्षीय करे थापले सयपत्री फूल तयार पारिसकेका छन्।

उनले विगत २ वर्षदेखि फूलखेती गर्दै आएको सुनाए। थापाको बारीमा पनि यतिबेला सयपत्री फुलेर ढकमक्क भएका छन्। ‘विशेषगरी तिहारलगायत चाडपर्वको बेला बढी माग हुन्छ’, उनले भने, ‘यसपटक पनि माग आउन थालिसक्यो। अबको केही दिनमा फूल टिपेर माला बनाउन सुरु गर्छौ।’

तिहारमा प्लाष्टिकका आयतित माला प्रतिबन्ध गर्नुपर्ने किसान बताउँछन्। जानकारहरुका अनुसार आयतितभन्दा आफ्नै ठाउँमा उत्पादन भएको फूलको माला तिहारको दिन लगाउँदा उपयुक्त हुन्छ। अब फुलखेतीमा किसानको आकर्षण पनि बढाउनुपर्छ।

सयपत्री फुलाउन सक्ने व्यवस्था हुन सके जुम्लाले फुलखेतीबाट राम्रो आम्दानी भित्र्याउन सक्ने देखिन्छ।

यहाँको गाउँबस्तीमा बारीमा उम्रिएको सयपत्री नै प्रयोग हुन्छन्। तीनै तहका सरकारले फूल खेतीको व्यवसाय रोजेका किसानलाई सहजीकरण गरिदिए रोजगारी र आम्दानी वृद्धिमा टेवा पुग्ने देखिन्छ।
अर्को समाचार
टोकन प्रणालीबाट सहज सरकारी सेवा पाएपछि नगरवासी हर्षित
०५ जेष्ठ २०८२
•
२ मिनेट पाठ
टोकन प्रणालीबाट सहज सरकारी सेवा पाएपछि नगरवासी हर्षित
जुम्लाको चन्दननाथ नगरपालिका–४, भारतीबाडाका प्रकाश उपाध्याय भेटघाटका लागि नगरपालिका कार्यालय पुगे। त्यहाँ उनले ठूलो अक्षरमा ‘एकीकृत सेवा प्रवाह सञ्चालन केन्द्र’ लेखिएको देखे। 




अचम्म मान्दै सहयोगी कर्मचारीसँग सोधे, ‘म हाकिमलाई भेट्न आएको छु, हुनुहुन्छ कि?’ कर्मचारीले जवाफ दिए, ‘हाकिम कार्यकक्षमा छन्, तर टोकन लिनुपर्छ।’ उपाध्यायले टोकन लिए, दर्ता गराए र हाकिमसँग भेटे। सामान्य भेटघाटपछि उनी घर फर्के।

प्रकाश मात्र होइन, चन्दननाथ नगरपालिकामा पुग्ने सबै सेवाग्राहीले यही तरिकाले सेवा लिन्छन्। पहिले जस्तो कोठा–कोठा धाउनुपर्ने बाध्यता अब छैन। टोकन लिएर एकीकृत सेवा प्रवाह सञ्चालन केन्द्रमा पुगेपछि कर्मचारीले काम सकेर खबर गर्छन्। काम कति समय लाग्छ वा कति भयो भन्ने जानकारी प्रतीक्षा कक्षको स्क्रिनमा हेर्न सकिन्छ।  

नगरपालिका–३ की रमा उपाध्यायलाई मूल ढोकामा कर्मचारीले काम सोधेर टोकन लिई केन्द्रमा जान सुझाए। टोकन प्रणालीबाट बसेर सेवा लिएपछि उनी खुसी भइन्। उनले भनिन्, ‘काम सक्दा ढिलो हुन्छ होला सोचेको थिएँ। तर, एकैछिनमा भयो। कोठा–कोठा धाउनु परेन, एकै ठाउँमा सेवा पाइयो।’ 

सेवाग्राहीलाई सहज र कम समयमा सेवा दिन चन्दननाथ नगरपालिकाले एकीकृत सेवा प्रवाह सुरु गरेको छ। सुरुमा सोधपुछ कक्षमा सहजीकरण गरिन्छ। त्यसपछि सेवाग्राहीले भेटघाट वा कामको टोकन लिन्छन्। जनप्रतिनिधि वा कर्मचारी भेट्न पुगेकाले १० मिनेटभन्दा बढी कुर्नु पर्दैन। अन्य कामका लागि पुगेकाहरू केन्द्रमा जान्छन्। त्यहाँ कार्यालय स्वचालन प्रणालीमार्फत सेवाको प्रकृतिअनुसार दर्ता हुन्छ। फाइल दर्तापछि कर्मचारीले वर्गीकरण गरी सम्बन्धित शाखालाई समय तोकेर काम पठाउँछन्।  

हरेक शाखाले सिस्टममार्फत कामको जानकारी पाउँछ र तोकिएको समयमा सक्छ। कागजात नपुगेमा सुरुमै सेवाग्राहीलाई प्रमाण जुटाउन भनिन्छ। गुनासोका लागि पेटिकाको व्यवस्था पनि छ।  

स्थानीय सूर्य थापाले सहज सेवा पाउँदा खुसी लागेको बताए। उनले भने, ‘पहिले कसैले के पुगेन, कसैले के भन्थे, सेवा लिनै मन लाग्दैनथ्यो। अहिले एकै ठाउँमा बसेर सेवा पाइन्छ।’ योजना सम्झौता, रकम भुक्तानी, प्रस्तावना पेस गर्न टोकन लिनुपर्छ, जसले सेवा सहज भएको छ।  

पहिले टोकन नहुँदा सेवाग्राही घण्टौँ लाइनमा बस्नुपर्थ्यो। हल्ला र विवादले पालो पाउन कठिन हुन्थ्यो। पहुँचवालाको काम छिटो र पहुँच नहुनेले हप्तौँ कुर्नुपर्थ्यो। तर, टोकन प्रणालीले सबैको आवाज सुनिन्छ। थापाले भने, ‘अहिले हरेक कोठामा फाइल पुर्‍याउनु पर्दैन। दर्ता भएको फाइल कर्मचारीले सम्बन्धित फाँटमा पुर्‍याउँछन्।’  

उपप्रमुख रामदेवी खड्काले एकीकृत सेवा प्रवाहले नागरिकलाई सेवा दिन सहज भएको बताइन्। नियमित र अत्यावश्यक सेवासँगै समावेशी योजना र बजेट निर्माणमा पनि सजिलो भएको उनको भनाइ छ। प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले भने, ‘टोकनले कर्मचारी पनि नियमित छन्। सेवाग्राहीले दुख पाएका छैनन्।’ हालसम्म एक हजार २४८ जनाले टोकनमार्फत सेवा लिएको तथ्याङ्क छ। अन्य सात गाउँपालिकामा पनि यो अभ्यास आवश्यक रहेको बताइएको छ।
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस