सरकार प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँट सम्बन्धी कानुन परिमार्जन गर्दै
१३ कार्तिक २०८१
•
४ मिनेट पाठ
सरकार प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँट सम्बन्धी कानुन परिमार्जन गर्दै
सरकारले प्राकृतिक स्रोतहरूको उपयोगिताबाट प्राप्त हुने रोयल्टी बाँडफाँट सम्बन्धी कानुन परिमार्जन गर्न लागेको छ। संघ, प्रदेश र स्थानीय तहबीच सङ्कलित रोयल्टीको क्रमशः ५०, २५ र २५ प्रतिशत बाँडफाँट हुने विद्यमान संरचनाको पुनरावलोकन गर्ने गरि कानुन संशोधन गर्न लागिएको हो।




कानुन परिमार्जनका लागि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तह, प्रदेश र रोयल्टी संकलन गर्ने वन, निकुञ्ज, विद्युत र खानी लगायतका सरोकारवालाहरुसंग सुझाव संकलन गरिरहेको छ। हालसम्म गण्डकी लुम्बिनी, बागमती र वन तथा राष्ट्रिय निकुञ्जसंग सम्बन्धीत सरोकारवालाहरुसंग सुझाव माग गरिएको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले जानकारी दिए। अध्यक्ष पौडेलका अनुसार सरकारले फागुनसम्म कानुन संशोधन गर्ने गरी तयारी गरिएको छ। 

‘हाल खानी र नदीजन्य पदार्थको रोयल्टी बाँडफाँटमा केही समस्या देखिएको छ,’ पौडेलले भने ‘रोयल्टी बढी संकलन गर्ने निकायहरूलाई प्राथमिकता दिने गरी अन्तर सरकार वित्तीय व्यवस्थापन ऐन २०७४को अनुसूची चार संशोधन गर्ने तयारी छ ।’ यद्यपि सुझावका आधारमा ऐन संशोधन गरिने उनले बताए। 

प्रत्येक पाँच वर्षमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसमा नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी संशोधन गर्न सक्ने व्यवस्था छ। यो व्यवस्था अनुसार फागुन भित्र ऐन संशोधन गर्नुपर्ने हुन्छ । अहिले बजेट विनियोजनमा देखिएको समस्यालाई समाधान गर्ने गरी नयाँ ऐन ल्याउने तयारी भएको उनले बताए । यो ऐन संशोधन मन्त्रिपरिषद्को बैठकले गर्न सक्छ । 

हाल प्रदेश तथा स्थानीय तहका सरकार बिच आयको बाँडफाँटका सन्दर्भमा आयोगद्वारा प्रयोग गरिएको विद्यमान रोयल्टी बाँडफाँट ढाँचाको मूल्याङ्कन गर्ने र परिमार्जनको निम्ति उपयुक्त ढाँचा प्रस्ताव गर्ने लक्ष्य राखिएको छ । प्राकृतिक स्रोत परिचालनको मुख्य जोडिएका र वरिपरिका क्षेत्रहरू प्रदेश वा पालिका तहका भौगोलिक अवस्था, प्रभावित क्षेत्र, प्रभावित जनसंख्या लगायतका आधारहरू प्रयोग गरी वितरणको ढाँचा तयार गरिएको उनले बताए ।

सरकारले पर्वतारोहण, विद्युत, वन खानी तथा खनिज र पानी तथा अन्य (रेडियो फ्रिक्वेन्सी)बाट प्राकृतिक रोयल्टी संकलन गर्दै आएको छ। पछिल्लो आर्थिक वर्ष नेपाल सरकारले ५ अर्ब ८१ करोड ३१ लाख ९१ हजार रुपैयाँ रोयल्टी संकलन गरेको थियो । त्यसमध्ये सबैभन्दा धेरै विद्युतबाट ५४ प्रतिशत रोयल्टी संकलन भएको आयोगका सहसचिव होमनाथ पौडेलले जानकारी दिए । उनका अनुसार वन २२ प्रतिशत, पर्वतारोहण १५ प्रतिशत, खानीको ९ प्रतिशत रोयल्टी संकलन भएको छ । सङ्कलित रोयल्टी मध्ये स्थानीय तहमा १ अर्ब ४५ करोड ३२ लाख ९८ हजार रुपैयाँ आएको छ । 

छ सयभन्दा बढी स्थानीय तहले पर्वतारोहण, संरक्षित क्षेत्र विद्युत र खानी तथा खनिजबाट रोयल्टी प्राप्त गर्न सकेका छैनन्।पर्वतारोहणको रोयल्टी १०२, विद्युत रोयल्टी १४५, वन ७५३, खानी तथा खनिज ५२ स्थानीय तहले पाएका छन्। 

स्थानीय तहमा आउने रोयल्टीको वितरण वैज्ञानिक नभएको जनप्रतिनिधिहरू बताउँछन्। सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्यायले प्राकृतिक रुपमा अति प्रभावित क्षेत्रहरूलाई विशेष प्राथमिकतामा राख्नुपर्ने बताए । क्षेत्र र जनसङ्ख्याका आधारमा बजेट विनियोजन गर्नभन्दा प्रभावित क्षेत्रका आधारमा बजेट विनियोजन गर्ने गरी कानुन परिमार्जन गर्नुपर्ने बताए। ‘सुस्तामा गाउँभन्दा माथि नदी बग्छ । त्यहाँको स्रोत साधन हामीले प्रयोग गर्न पाइँदैन’, उनले भने ‘मध्यवर्ती क्षेत्रको सुविधा छिमेकी वडाहरूले पनि पाउने गरी ऐन संशोधन हुन आवश्यक छ।’ चितवनको माडी नगरपालिका जस्तै प्राकृतिक रुपमा चरम समस्यामा परेका तर रोयल्टी संकलन गर्न नपाउने पालिकालाई विशेष गरी ध्यान दिनुपर्ने उनको सुझाव छ। 

मनहरी गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामी मगरले ढुङ्गा खानी र उद्योगहरुको प्रभावमा गाउँपालिका रहे पनि रोयल्टी पाउन नसकेको बताइन् । ‘हामी खानीको प्रभावित क्षेत्रमा छौँ। त्यसको असर तल गाउँसम्म पर्दछ,’ उनले भनिन् ‘कानुनमा रूपले राप्ती र मनहरी खानीको प्रभावित क्षेत्र पर्दैन। यसलाई पुर्न विचार गर्न आवश्यक छ।’ उनले वन ऐनका कारण स्थानीय तहले कानुन निर्माण गर्न समेत नसक्ने धारणा राखिन्। 

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत गोविन्द पन्तले कानुन अनुसार रोयल्टी सङ्कलनमा आफूहरूले लाग्ने बताए । प्राकृतिक स्रोतको उपयोग वा विकासबाट प्राप्त लाभको हिंसालाई प्रभावित क्षेत्र र स्थानीय समुदायलाई समन्याकारी ढङ्गबाट वितरण गर्ने तयारी आयोगको छ। सङ्कलित रोयल्टीले प्रभावित क्षेत्रको विकास, गरिबी निवारण र सामाजिक उत्तरदायित्व निर्वाह गर्ने विश्वास समेत गरिएको छ। 
अर्को समाचार
चुरे प्रति लुम्बिनी सरकारको नियत: आम्दानीको लोभ, संरक्षणमा उदासीन
०४ असार २०८१
•
५ मिनेट पाठ
चुरे प्रति लुम्बिनी सरकारको नियत: आम्दानीको लोभ, संरक्षणमा उदासीन
प्रदेशको चुरे क्षेत्रबाट उत्खनन हुने नदीजन्य पदार्थको हिस्सेदार स्थानीय तहसँगै लुम्बिनी प्रदेश सरकार पनि बन्दै आएको छ। उसले प्रदेश तहका स्थानीय तहमा पर्ने नदी तथा खोलाजन्य पदार्थ विक्री गरेबापत आउने रकमको हिस्सा लिँदै आएको छ । 




प्राकृतिक स्रोतको राजश्व बाँडफाँड गरेका स्थानीय तह र प्रदेश सरकार बिच ६०/४० को भागबन्डा हुँदै आएको छ। स्थानीय तहले नदीजन्य पदार्थको राजश्व ६० प्रतिशत लिन्छन् भने चालीस प्रतिशत प्रदेश सरकारलाई बुझाउँदै आएका छन्। चुरे क्षेत्रका नदी जन्य पदार्थको हिस्सा लिँदै आएको प्रदेश सरकारले चुरे संरक्षणको दायित्व भने लिएकै छैन।

प्रदेश सरकारका लागि चुरे आम्दानीको स्रोत मात्रै बन्दै आएको छ । चुरे क्षेत्रका नदी तथा खोलाहरूमा अनियन्त्रित उत्खनन भइरहेकै छन्। तर प्रदेश सरकारले अनियन्त्रित दोहनको जिम्मा भने आफूले लिएकै छैन। स्थानीय तहबाट चुरेबाट नदीजन्य पदार्थको राजश्व असुल्ने प्रदेश सरकारले चुरे संरक्षणको दायित्व भने संघीय सरकार तथा स्थानीय तहलाई नै थोपरिरहेको छ। अर्थात उसले चुरे संरक्षणको जिम्मेवारी आफ्नो नरहेको तर्क गर्दै आएको छ।

शनिबार सार्वजनिक गरेको बजेटमा समेत प्रदेश सरकारले चुरेलाई प्राथमिकतामा पार्न सकेन। चुरे संरक्षणका सवालमा बजेटमा बोल्दै नबोलेको सरकारले चुरेबाट आम्दानी लिने नियत भने प्रस्टै रुपमा राखेको छ। प्रदेश सरकारले वन क्षेत्रबाट बग्ने खोला खोल्सीबाट वन क्षयीकरण बस्ती जोखिमलाई न्यूनीकरण गर्न प्रदेशका १५ खोल्सा खोल्सीको व्यवस्थापन गरिने बजेटमा उल्लेख गरेको छ । वन तथा बस्ती क्षयीकरण उल्लेख गरेको प्रदेश सरकारले यसको प्रमुख लक्ष्य भने राजश्व असुलीलाई दिएको छ।

१५ खोल्सा खोल्सीलाई व्यवस्थापन गर्ने जनाएको प्रदेश सरकारले यो व्यवस्थापन गरेबापत प्रदेश सरकारको राजश्वमा टेवा पुग्ने अपेक्षा गरेको छ। उसले बजेटमा १५ खोला व्यवस्थापन गर्ने र यसरी खोला तथा खोल्सीबाट एक करोड क्यूफिट ढुङ्गा गिट्टी बालुवा निकासी गर्ने लक्ष्य लिएको छ। चुरेका नदी तथा खोलाहरूको नदी जन्य पदार्थबाट राजश्व असुलीको नियत राख्ने तर चुरेमा भइरहेको दोहन नियन्त्रण वा चुरे संरक्षणको दायित्व भने नलिनु प्रदेश सरकार चुरे प्रति अनुदार रहेको पुष्टि हुने चुरे विज्ञहरू बताउँछन्।

‘चुरेका नदी तथा खोलाहरूबाट आम्दानी लिने तर त्यहि चुरेमा भइरहेको विनाश रोक्ने दायित्व भने नलिने नियत प्रदेश सरकारले सुरु देखिनै देखाउँदै आएका छन्,’ चुरे विज्ञ डा.विजय सिंह भन्छन्‘चुरे बाट आम्दानी लिएपछि चुरे संरक्षणको दायित्व लिने जिम्मा पनि प्रदेश सरकारले लिनु पर्ने हो।’  उनका अनुसार नदी तथा खोलाहरूमा थुप्रिएर बसेको नदीजन्य पदार्थलाई उत्खनन गर्नु पर्छ। नदीमा थुप्रिएर बसेको नदीजन्य पदार्थले नदीको क्षेत्र उकास भई बाढी पस्ने जोखिम रहन्छ। तर नदीमा हुने उत्खनन मापदण्ड अनुसार भए नभएको अनुगमन हुनु पर्नेमा त्यसो हुन नसकी मनपरी दोहन भइरहेको हुन्छ। 

यस्तो बेलामा समेत प्रदेश सरकारले नदी तथा खोलाहरूमा नजर पुर्‍याउन सकिरहेको छैन। ‘प्रदेश सरकारहरूले पनि नदीमा भइरहेको उत्खननको निगरानी गर्ने र मापदण्ड अनुसार मात्रै उत्खनन गर्ने व्यवस्थापनका लागि प्रदेश सरकारले भूमिका खेल्नु पर्ने हो,’ चुरे विज्ञ डा. सिंह भन्छन्, प्रदेश सरकारले चुरेबाट आम्दानी मात्रै हेरिरहेका छन्, उनीहरूलाई यसको दोहनका बारेमा कुनै चिन्ता छैन।’ प्रदेश सरकारले चुरे क्षेत्रको संरक्षणका लागि चुरेबाट लिँदै आएको राजश्व रकम समेत खर्च गर्नु पर्ने चुरे विज्ञ डा. सिंह बताउँछन्। चुरेका नदी तथा खोला उत्खननबाट लिँदै आएको राजश्वबाट रुख रोपिनु पर्ने तथा चुरे क्षेत्रमा पानी सञ्चयका लागि जलाशय निर्माणमा प्रदेश सरकारले लगानी लगाउन सक्ने उनको भनाई छ।

‘चुरे क्षेत्रमा रुख बिरुवा रोप्नु पर्ने टड्कारो आवश्यकता छ, प्रदेश सरकारले चुरे क्षेत्रमा बृक्षा रोपण गर्न सक्नु पर्छ,’ चुरे विज्ञ डा. सिंह भन्छन् ‘साथै चुरे क्षेत्रमा पानी सञ्चयका लागि पोखरी तथा जलाशय निर्माणका लागि रकम विनियोजन गर्नु पर्दछ, चुरेबाट सङ्कलित राजश्वको केही रकम  मात्रै पनि यी काममा प्रयोग गरिनु पर्छ, तर प्रदेश सरकारलाई यसको कुनै जिम्मेवारी नै बोध छैन।’  तर लुम्बिनी सरकारले नत बृक्षा रोपणको कार्यक्रमलार्ई बजेटमा उल्लेख गरेको छ, नत जलाशय वा पोखरी निर्माणलाई नै प्राथमिकतामा राखेको छ। चुरे संरक्षणको दायित्व चुरे बोर्ड, जिल्ला तहमा हुने अनुगमन समिति वा स्थानीय सरकारको मात्रै नभई प्रदेश सरकारको पनि जिम्मेवारी बन्नु पर्ने सुझाव डा.सिंह बताउँछन्।

‘स्थानीय तहको प्राकृतिक स्रोतको संरक्षण र उपभोगको अधिकार स्थानीय तहको रहेकाले यसको जिम्मेवारी स्थानीय तहको हो, त्यसपछि चुरे बोर्डको जिम्मेवारी हो, तर प्रदेश सरकारको भूमिका नै नहुने भन्ने त हैन नि,’ उनले भने ‘संघ र स्थानीय तहको भूमिका जति छ, प्रदेश सरकारको पनि चुरे संरक्षण प्रतिको भूमिका उत्तिकै बन्नु पर्छ।’ प्रदेश सरकारले राजश्व असुलीमा स्थानीय सरकारसँग समन्वय गरे जस्तै चुरे संरक्षणको योजना पनि स्थानीय सरकारसँगै समन्वय गरेर बनाउनु पर्ने देखिन्छ।

स्थानीय तहमा भइरहेको उत्खननको अवस्था, चुरे संरक्षणका लागि गर्न सकिने योजना तर्जुमा गरेर प्रदेश सरकारले आफूलाई चुरे संरक्षणको हकदारका रुपमा उभ्याउन सक्नु पर्ने डा. सिंह बताउँछन्। ‘प्रदेश सरकारले स्थानीय सरकारसँग राजश्व सङ्कलनका लागि समन्वय गर्न सक्ने तर यसको संरक्षणका लागि स्थानीय सरकारसँग समन्वय गरेर योजना बनाउन सकिन नसक्ने?’चुरे विज्ञडा.सिंह भन्छन् ‘चुरेमा भइरहेको दोहन रोक्नका लागि मात्रै पनि प्रदेश सरकारले भूमिका निर्वाह गर्न सकेको खण्डमा चुरे धेरै बच्छ।’

त्यसो त, स्थानीय सरकार समेत  चुरे संरक्षण प्रति गम्भीर बन्न सकिरहेका छैनन्। उनीहरू पनि प्रदेश सरकार जस्तै उत्खननबाट लाभ लिने तर यसको संरक्षण प्रति भने उति धेरै गम्भीर बन्न सकेका छैनन्। स्थानीय नदी तथा खोलाहरूमा भइरहेको मनपरी उत्खनन यसको उदाहरण हुन् । स्थानीय तहहरूले राजश्वका लागि उत्खनन ठेक्का लगाउने तर उत्खनन कसरी भइरहेको छ भन्ने चासो नै नदिने कमजोरी स्थानीय तहहरूले देखाउँदै आएका छन्। 

फलतः स्थानीय नदी तथा खोलाहरूमा मनपरी दोहन भइरहेको छ। ‘स्थानीय तहहरूले पनि चुरे उत्खननलाई मात्रै प्राथमिकतामा राखेको देखिन्छ, नदी तथा खोलामा ठेक्का लगाउने तर ठेक्का लगाएपछि फर्की नहेर्ने परिपाटीको विकास स्थानीय तहहरूमा भइरहेको छ,’ चुरे विज्ञ डा.सिंह भन्छन् ‘ठेक्का लगाएको स्थानमा उत्खननको नियमन नगरेकै कारण ठेकेदारहरूले मनपरी नदी तथा खोलामा दोहन मच्चाइरहेको अवस्था छ।’
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ३७ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस