स्वर्गीय शिक्षासेवी शर्माको भोलि अन्त्येष्टि गरिने
१६ कार्तिक २०८१
•
१ मिनेट पाठ
स्वर्गीय शिक्षासेवी शर्माको भोलि अन्त्येष्टि गरिने
शिक्षासेवी चैतन्य शर्माको ७३ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि नशासम्बन्धी र अक्सिजन मात्रा कम हुने समस्याबाट पीडित शर्माको बिहीबार दिउँसो ४ः३० बजे चाबहिलस्थित ओम अस्पतालमा उपचारका क्रममा निधन भएको डा देवराज अर्यालले जानकारी दिए।




उनको शनिबार बिहान ९ बजे पशपुति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ। शर्माका एक श्रीमती, दुई छोरा र एक छोरी छन्। जेठा छोरा क्यानडामा रहेको र उनी आउन समय लाग्ने भएकाले शनिबार अन्त्येष्टि गरिने लागिएको हो। हाल उनको शव अस्पतालमै राखिएको छ।

प्राध्यापक चिरञ्जीवी शर्माले एक वर्षअघि नेपालमा उपचार गर्दा निको नभएपछि भारतको दिल्लीमा स्वास्थ्य परीक्षण गर्नुभएका शर्माको केही समय मेडिसिटी अस्पतालको आइसियु कक्षमा राखी उपचार गरेको बताए।

उनको शरीरमा पुनःअक्सिजनको मात्रा कमी भएपछि उपचारका लागि ओम अस्पताल लगिएको थियो।शर्मा त्रिभुवन विश्वविद्यालयमा सहप्राध्यापक थिए। उनले त्रिभुवन विश्वविद्यालयको सेवा आयोगको अध्यक्षका रुपमा काम गरेका थिए। यसैगरी प्रा शर्माले मदन भण्डारी मेमोरियल क्याम्पसको प्रमुख भई लामो समय काम गरेका थिए।

उनी नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको संस्थापक महासचिव समेत थिए। उनले केही समय उच्च माध्यमिक शिक्षा परिषद्मा उपाध्यक्ष भइ काम गरेका थिए भने २०५६ सालको प्रतिनिधिसभाको निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट नवलपरासीबाट उम्मेदवार भएका थिए।

शर्माले केही समय त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा सह नियन्त्रक समेतको जिम्मेबारी पाएका थिए। 
अर्को समाचार
त्रिवि सधैँ तालाको ‘बन्दी’
२५ जेष्ठ २०८२
•
३ मिनेट पाठ
त्रिवि सधैँ तालाको ‘बन्दी’
त्रिभुवन विश्वविद्यालय भन्नासाथ जो कोहीको मनमा सम्मानको भाव उत्पन्न हुन्छ । किनकि यसले नेपालको उच्च शिक्षामा स्थापनाकालदेखि नै गौरवपूर्ण इतिहास बोकेको छ। 




यही विश्वविद्यालय पछिल्लो समय तालाबन्दीको पर्यायवाची बनेको छ। गुणस्तरीय उच्च शिक्षाका माध्यमबाट दक्ष जनशक्ति उत्पादन गरी देश विकासको आधार तयार पार्ने विश्वविद्यालय हाल तालाबन्दी नै तालाबन्दीले थिचिँदै गएको छ। 

यस्ता तालाबन्दी कहिले आंशिक शिक्षक त कहिले करार शिक्षकले गर्छन्। कतिपय अवस्थामा कर्मचारी पनि तालाबन्दीमा तम्सिँदा विद्यार्थी संगठनले स–साना झमेलामै तालाबन्दीमा उत्रिने गरेका छन्। 

यसरी हुने तालाबन्दीले विश्वविद्यालयको शैक्षिक वातावरण धराशायी बन्दै गएको छ।

‘भयको खेती’का लागि तालाबन्दी

यस्ता तालाबन्दीहरूको उद्देश्य ‘भयको खेती’ गर्नु मात्रै रहेको जानकारहरूको तर्क छ। तालाबन्दीको आडमा भय सिर्जना गरेर स्वार्थपूर्ति गर्ने तथा बार्गेनिङ गरी असुली धन्दा चलाउने उद्देश्य रहने बुझ्नेहरूको तर्क छ। 

पछिल्लो समय जेठ १४ गते निमित्त उपकुलपति प्रा.डा. खड्ग केसीको कार्यालयमा तोडफोड र तालाबन्दी भएको थियो। नेपाल विद्यार्थी संघले केही केही विद्यार्थी भर्नाको विषयलाई लिएर निमित्त उपकुलपतिको कार्यालयमा तोडफोड र तालाबन्दी गरेका थिए।  यस्तै शिक्षाध्यक्ष दुविनन्द ढकाल र रजिस्ट्रार प्रा.डा. केदार रिजालको कार्यकक्षमा तालाबन्दी गरिएको थियो। 

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनअघि स्थगित गरिएको स्नातक तह प्रथम वर्षको विद्यार्थी भर्ना खुलाउनु पर्ने उनीहरूको माग थियो। विश्वविद्यालयले भने अहिले परीक्षा फाराम खुला भइसकेको भन्दै भर्ना खुलाउन अस्वीकार गरेको थियो। 

‘यो बेथितिको एक पराकाष्ठाको नमुना हो,’ शिक्षाध्यक्ष ढकालले भने, ‘विद्यार्थी भर्ना फागुनमै बन्द भइसक्यो। असार अन्तिममा परीक्षा सुरु हुन्छ। यस्तो बेला भर्ना खोल्नुपर्छ भनेर आन्दोलन गर्नु गलत प्रवृत्ति हो।’ एक दुई दिनभित्रै परीक्षा तालिका सार्वजनिक हुन बेला भर्ना खुलाउन नसकिने उनले बताए। 

विश्वविद्यालयमा तालाबन्दी र तोडफोड भएको यो पहिलो र नौलो उदाहरण भने होइन। त्रिविका पूर्व उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे सिंगो कार्यकाल विद्यार्थी र शिक्षक संगठनको तालाबन्दीमै बितेको थियो। उनको कार्यकालको चार वर्षमा त्रिविले ३४३ दिन तालाबन्दी बेहोरेको थियो। 

त्रिविकै उपप्राध्यापक प्रेम चलाउने विश्वविद्यालयमा बढ्दै गएको दण्डहीनताका कारण गुण्डागर्दी बढ्दै गएको बताउँछन्। आफूमाथि ज्यान मार्ने स्तरको हमला भएको ५ वर्ष बित्दा पनि न्याय पाउन नसकेको उनी बताउँछन्। उनी विश्वविद्यालयमै अध्ययनरत विद्यार्थीले यस्तो असभ्यता प्रदर्शन नगर्ने दाबी गर्छन्।

‘विश्वविद्यालयमा नियमित अध्ययन गर्ने विद्यार्थीले कहिल्यै यस्ता तालाबन्दी, तोडफोड वा गुरुलाई अपमान गर्ने काम गर्दैनन्,’ उनी भन्छन्। यस्ता दण्डहीनताका कामलाई प्रश्रय दिन नहुने पनि उनको तर्क छ। उनले भने, ‘विश्वविद्यालय भित्र हुने यस्ता घटनालाई कानुनी दायरामा पुर्‍याउँदै लैजाने हो भने तालाबन्दी र तोडफोडका घटना दोहोरिन्नन्।’ 

राजनीतिकरणको परिणाम 

विश्वविद्यालय पछिल्लो समय राजनीति दलदलमा फस्दै गएकाले यस्ता घटना हुने गरेको तर्क गर्नेहरू धेरै छन्। विश्वविद्यालयमा संस्थागत ढंगबाट राजनीति प्रवेश गरेपछि प्राज्ञिक भन्दा अ प्राज्ञिक कार्य बढी हुन थालेकाले यस्ता गतिविधि बढेका हुन्। 

राजनीतिक स्तरबाट हुने पदाधिकारी नियुक्ति गरिँदा त्यसले अर्को राजनीतिक पक्षका लागि सर्व स्वीकार्यताको कमी हुने गरेको छ। जसले राजनीतिक आडमै यस्ता तोडफोड र तालाबन्दी हुने गरेका छन्।

विश्वविद्यालयमा राजनीति भागबन्डामा पदाधिकारी नियुक्ति गर्ने प्रक्रियाले संस्थागत रूपमै मान्यता पाउन थालेपछि यस्ता घटना झन् बढेका छन्। यही कारण विश्वविद्यालयको शैक्षिक स्तर खस्कँदै गएको विज्ञहरूको तर्क छ। 

शिक्षाविद् विद्यानाथ कोइरालाले विश्वविद्यालयका पदाधिकारीले पनि एक स्थायी प्रणाली बनाएर अघि बढ्न नसक्दा राजनीतिले स्थान पाएको बताउँछन्।  
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
यो पनि पढौँ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस