एनआरएनए (शर्मा समूह)ले सोमबार साधारणसभा गर्दै
१७ कार्तिक २०८१
•
३ मिनेट पाठ
एनआरएनए (शर्मा समूह)ले सोमबार साधारणसभा गर्दै
राजेन्द्र कुमार (आरके) शर्मा नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले यही कार्तिक१९ गते सोमबार साधारणसभा गर्ने जनाएको छ।




गत बिहीबार बसेको एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समिति (आईसीसी) को बैठकले सोमबार भर्चुअल माध्यमबाट साधारणसभा गर्ने निर्णय गरेको हो।

साधारणसभालाई सभ्य र भव्य बनाउन उपाध्यक्ष गंगाधर गौतमको संयोजकत्वमा एक समिति समेत बनाइएको छ। समितिले सचिव तथा  क्षेत्रअनुसारका पदाधिकारीलाई समेटेर कार्यक्रम व्यवस्थित गराउन काम गर्ने महासचिव बुद्धि सुवेदीले जानकारी दिए। साधारणसभामा महासचिव र कोषाध्यक्षको प्रतिवेदन पेस हुनेछ। यस्तै विधानमा केही थपघट गर्न आवश्यक भएमा त्यसमा काम गर्नका लागि महासचिव र उपमहासचिवसहितको एक टीम समेत बनाउन निर्णय बैठकले गरेको छ।

बैठकले नेपाल सरकारका प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता,संघ संस्थाका प्रतिनिधिलाई समेत अतिथिको रुपमा बोलाउने निर्णय गरेको छ।

कार्तिक२१ गते परराष्ट्र मन्त्रालयले एकताका लागि पूर्वअध्यक्ष शेष घलेसहितका १३ जना एनआरएन अभियन्तालाई बैठकमा बोलाएकै बेला शर्मा नेतृत्वको एनआरएनएले साधारणसभा बोलाउन लागेको हो। शर्मा नेतृत्वको समितिले आफुहरु एकताको पक्षमा रहेको बताउंदै आएको छ।

गत वर्ष भएको महाधिवेशनबाट बद्री केसी समूहले धाँधली गरेर चुनाव आफ्नो पक्षमा पारेको शर्मा पक्षले दाबी गर्दै आएका छन्। केसीले धाँधली गरेकै कारण शर्माको नेतृत्वमा असन्तुष्ट समूहले महाधिवेशनलाई पूर्णता दिएर नयाँ कार्यसमिति बनाएको थियो।

बिहीबारको बैठकमा अध्यक्ष शर्माले आफू नेतृत्वको समितिले गरेका कामकारबाहीबारे जानकारी गराउनुका साथै बद्री केसी पक्षले हालै गरेको साधारणसभाबारे पनि धारणा राखेका थिए।

उनले केसी पक्षले प्रधानमन्त्रीलाई समेत प्रयोग गरेर साधारणसभा गरेपनि वास्तविक एनआरएनएहरुको निकै कम सहभागिता देखिएको बताए। आफूहरुले केसीको अवैध साधारणसभाविरुद्ध अदालतमा समेत रिट दायर गरेको र अहिले कारण देखाउ आदेश भएको उनको भनाइ छ।

केसी पक्षले अदालतमा भएको मुद्दाका साथसाथै गत चैत २१ मा सर्वोच्चबाट भएको फैसलाविपरीत साधारणसभा गरेको उनले बताए।

यदि एनआरएनएमा आधिकारिक कोही छ भने आफू नेतृत्वको कार्यसमिति रहेको भन्दै उनले अदालतमा विचाराधीन मुद्दा भएकाले छिट्टै न्याय पाउने विश्वास व्यक्त गर । 'उनले भने, 'बद्री केसी पक्षले कुनै साधारणसभा गरेको होइन। संघको कोष दुरुपयोग गर्दै भोजभतेरका लागि  बोलाइएको कार्यक्रम हो ।'

सो कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले एकताका लागि आग्रह गरेको आफूले सुनेको उल्लेख गर्दै शर्माले यदि यो सही हो भने सकारात्मक रहेको बताए। उनले आफूहरुले सोमबार गर्ने साधारणसभामा व्यापक सहभागिता गराउनका लागि सबैलाई सक्रियतापूर्वक लाग्न पनि आग्रह गरे।

बैठकमा उपाध्यक्ष डा केशव पौडेलले यसअघि नै साधारणसभा गर्ने तयारी भएपनि विविध कारणले केही ढिला हुन गएको बताए। उनले अब एनआरएनएको विवाद समाधान हुने बाटोतर्फ रहेको उल्लेख गर्दै आफूहरु सत्यको पक्षमा रहेकाले अवश्य पनि जित हासिल हुने विश्वास व्यक्त गरे। यस्तै अर्का उपाध्यक्ष गंगाधर गौतमले केसी पक्षले संघकै सम्पत्तिलाई चरम दुरुपयोग गरेर कार्यक्रम गरेको बताउँदै आफुहरुले त्यसको हिसाब माग्ने बताए । उनले साधारणसभा गरेर आवश्यक काजगात आधिकारिक निकाय परराष्ट्र मन्त्रालयमा बुझाउने बताए।

कार्यक्रममा पदाधिकारीहरु सुनिल शाह, टंक गैरै, प्रमोद सिटौला, लोक दाहाल, मनोज गोर्खाली, ठाकुर ढुंगानालगायतले साधारणसभा सफल बनाउन लागिपर्ने बताए।यस्तै कार्यक्रममा सल्लाहकारहरु दुर्गा अचार्य, नारायण आचार्यलगायतले पनि धारणा राखेका थिए।
अर्को समाचार
एनआरएनएको महाधिवेशन गराउन शेष घलेलाई सरकारद्वारा पत्राचार
०४ कार्तिक २०८१
•
१ मिनेट पाठ
एनआरएनएको महाधिवेशन गराउन शेष घलेलाई सरकारद्वारा पत्राचार
फाइल तस्बिर
परारष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशन गराउन पूर्वअध्यक्ष शेष घले र गैरआवासीय नेपाली संघको सचिवालयलाई पत्राचार गरेको छ।




सर्वोच्च अदालतले गत चैत २१ गतेको फैसला कार्यान्वयनका लागि भन्दै परराष्ट्रले घले र संघको सचिवालयलाई आइतबार पत्र पठाएको हो । सर्वोच्चको फैसलाअनुसार मन्त्रालयले घलेलाई एकताको महाधिवेशन गराउनेसहितको कार्यादेश दिइएको छ।  

न्यायाधीशद्वय सपना मल्ल प्रधान र नहकुल सुवेदीको संयुक्त इजलासले गत चैत २१ गते एनआरएनएको आधिकारिकता विवादमा फैसला गर्दै २०७८ माघ १ को बिन्दुबाट गतिविधि सुरु गरेर संघका पूर्वअध्यक्ष घलेको नेतृत्वमा ६ महिनाभित्र एकताको महाधिवेशन गर्न फैसला गरेको थियो।

आफूहरुले गराएको महाधिवेशनलाई आधिकारिक दाबी गर्दै विभिन्न व्यक्ति र समूहले रिट दायर गरेपछि सर्वोच्चले कसैलाई पनि आधिकारिता नदिई ०७८ माघ १ को अवस्थामा संघलाई फर्काएको थियो।

विवादका बीच एनआरएनएको २०७८ चैत १३ मा भएको १० औँ महाधिवेशनबाट कुल आचार्य, बद्री केसी र रबिना थापा अध्यक्ष चयन भएका थिए । सोही समितिलाई वैधानिकता परराष्ट्र मन्त्रालयले वैधानिकता दिएपछि उनीहरू ६–६ महिना आलोपालो नेतृत्व गर्नेगरी अध्यक्ष चयन भएका थिए।

त्यसअघि चैत ८ मा शेष घलेको नेतृत्वमा १० औँ महाधिवेशनबाट विनोद कुँवर अध्यक्ष चयन भएका थिए। महाधिवेशन गर्दा कुँवर समूहलाई घलेले साथ दिएका थिए भने घले संयोजक भएकाले उनको नेतृत्वमा भएको महाधिवेशन वैध भएको भन्दै कुँवर समूह सर्वोच्च पुगेको थियो ।
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ८ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस