हवाई उडान प्रभावित
१९ कार्तिक २०८१
•
१ मिनेट पाठ
हवाई उडान प्रभावित
प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । भिजिबिलिटी कमजोर हुँदा काठमाडौँबाट देशका विभिन्न दुर्गम क्षेत्रका विमानस्थलको उडान प्रभावित बनेको हो।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार लुक्ला गन्तव्यमा बाक्लो तुवालोका कारण हवाई उडान हुन सकेको छैन। “मौसममा आएको खराबीका कारण दुर्गम क्षेत्रको उडान प्रभावित भएको छ।सुगम क्षेत्रका विमानस्थलको उडान नियमित रूपमा सञ्चालन भइरहेको छ”, उनले भने।




काठमाडौँ विमानस्थलमा आन्तरिकतर्फ इन्स्ट्रयुमेन्ट फ्लाइट रुल्स (आइएफआर) उडान मात्र भइरहेको छ।मौसमका कारण भिजुअल फ्लाइट रुल्स (भीएफआर) उडान हुनसकेको छैन । उडान प्रभावित हुँदा गन्तव्यमा हिँडेका उल्लेख्य सङ्ख्यामा पर्यटक अलपत्र परेका विमानस्थल कार्यालयले जनाएको छ।

काठमाडौँबाट तराई क्षेत्रका विमानस्थलमा उडान नियमित भइरहे पनि दुर्गम क्षेत्रका अधिकांश उडान हुन सकेको छैन।अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान सामान्य प्रभावित रहे पनि अन्तर्राष्ट्रिय उडान समान्य रूपमा सञ्चालन भइरहेको छ।

देशभर पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको पश्चिम बङ्गाल आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।देशको पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ।

बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी पहाडी भागका केही स्थानमा तथा तराई भू-भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।अहिले काठमाडौँ उपत्यकासहित विभिन्न स्थानमा हल्का वर्षा भएको छ। रासस
अर्को समाचार
तुवाँलोले पोखराको हवाई उडान प्रभावित, केही उडान रद्द
०७ चैत्र २०८०
•
२ मिनेट पाठ
तुवाँलोले पोखराको हवाई उडान प्रभावित, केही उडान रद्द
तुँवालोले ढाकेको पोखरा। तस्बिरः नागरिक
बाक्लो तुवाँलोले गर्दा पोखरा–काठमाडौं हवाई उडान प्रभावित भएको छ।




पोखरामै बास बसेका बुद्धका दुई र यतीको एउटा जहाज बुधबार बिहानै उडेर काठमाडौं गएको बाहेक पोखरामा बाहिरबाट जहाज आउन सकेका छैनन्। तुवाँलोले भिजिबिलिटी नपुग्दा हवाई उडान प्रभावित भएको हवाई कम्पनीले बताएका छन्।  

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको दिउँसोको भिजिबिलिटी २५ सय मिटर मात्र थियो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण गर्न कम्तीमा ३८ सय मिटरको भिजिबिलिटी चाहिन्छ। भिजिबिलिटी नपुग्दा पोखराबाट काठमाडौं मात्र नभई भरतपुर, भैरहवा र नेपालगन्जका उडान पनि प्रभावित भएका छन्। विमानस्थलकी प्रवक्ता जशोदा सुवेदीले भिजिबिलिटी नपुग्दा उडान प्रभावित भएको बताइन। उनका अनुसार भिजिबिलिटी १५ सय मिटरसम्म झरेको थियो।

‘पोखरामा जहाज अवतरण गर्नका लागि कम्तीमा ३८ सय मिटर भिजिबिलिटी चाहिन्छ। तर, तुवाँलोका कारण सबैतिर ढाकिएको छ। जहाज अवतरणका लागि पर्याप्त भिजिबिलिटी छैन,’ उनले भनिन, ‘हावा नचलेसम्म भिजिबिलिटी घट्ने अवस्था देखिन्न। उडान कतिखेर हुन्छ भन्न सकिने अवस्था छैन।’

उनका अनुसार उडान प्रभावित हुँदा विमानस्थलमा यात्रुको भिडभाड भएको छ। यात्रुको भिडभाड व्यवस्थापन पनि सकसपूर्ण रहेको उनले बताइन। ‘एक–दुई वटा उडान रद्द हुँदा त खासै फरक पर्दैन तर, धेरै नै संख्यामा उडान रोकियो भने यात्रु भिडभाड बढ्छ,’ उनले भनिन। रात्रिकालीन विशान गरेका तीनवटा जहाज पोखराबाट उडेर बुधबार बिहान काठमाडौँ गएको भएपनि अन्यत्रबाट पोखरा भित्रिन नसकेको उनले बताइन।

उडान रद्द

बुद्धले पोखराबाट भैरहवा, नेपालगन्ज र भैरहवाका लागि राखेको एक–एकवटा उडान रद्द गरिसकेको छ। बुद्धका पोखरा–काठमाडौं रुटका पाँच वटा उडान रद्द भइसकेका छन्।

‘भिजिबिलिटी नपुगेपछि उडान रद्द गरिएको हो। पोखरामा बास बसेका जहाज काठमाडौं फर्किने बाहेक पोखरामा आउन सकेनन्,’ बुद्धका स्टेशन म्यानेजर गौतम बरालले भने, ‘बाक्लो तुवाँलोले हवाई सेवा नै प्रभावित भएको छ।’ उनका अनुसार बाक्लो तुवाँलोले पोखरा उपत्यका ढाकेकोले डाँडाकाँडा देखिन छाडेका छन्।

यो बेला पर्यटकीय सिजन भएकोले यात्रु संख्या राम्रो भएपनि उडान प्रभावित भएको उनले बताए। बुद्धले अहिले पोखराबाट दिनमा २० वटा उडान गरिरहेको छ। ती मध्ये सबैभन्दा बढी १७ वटा उडान काठमाडौंका लागि गर्दै आएको छ।

निजी क्षेत्रको अर्को हवाई कम्पनी यती एयरलाइन्सका प्रवक्ता सुशर्दन बर्ताैलाले पनि बाक्लो तुवाँलेका कारण हवाई उडान प्रभावित भएको बताए। उनका अनुसार यतीले पोखराका लागि दिनमा नौवटा उडान राखेको भएपनि बुधबार दिउँसोसम्म कुनैपनि उडान हुन सकेका छैनन्। ‘बाक्लो तुवाँलोका कारण उडान प्रभावित भएको हो,’ बर्ताैलाले भने।  
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ३८ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस