कोप–२९: नेपालले उच्चस्तरीय बैठकको आयोजना गर्दै
२० कार्तिक २०८१
•
४ मिनेट पाठ
कोप–२९: नेपालले उच्चस्तरीय बैठकको आयोजना गर्दै
नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी)का पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९)मा ‘एजेण्डा’ लाई उठान गर्न विभिन्न तयारी गरेको छ।




यही नोभेम्बर ११ देखि २२ तारिख (कात्तिक २६ देखि मङ्सिर ७ गते) सम्म अजरबैजानको बाकुमा हुने कोप–२९ सम्मेलनमा नेपालले राष्ट्रपति रामचन्द्र पौडेलको नेृतत्वमा सहभागिता जनाउँदैछ।

पौडेलले उद्घाटनका अवसरमा आयोजना हुने उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’मा सम्बोधन गर्नेछन्।

यसका साथै नेपालले आफ्ना एजेण्डा माथि विश्वको ध्यानाकर्षण गराउन नोभेम्बर १३ तारिखमा राष्ट्रपति पौडेलको नेतृत्वमा छुट्टै उच्चस्तरीय सत्र सञ्चालन गर्ने तय भएको वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जानकारी दिए। 

सम्मेलनकक्षमै अलग कार्यक्रम सञ्चालन गर्नका लागि नेपाल सरकारले युएनएफसिसिसी सचिवालयबाट अनुमतिप्राप्त गरिसकेको छ।मन्त्री शाहीका अनुसार यसपटकको सम्मेलनमा ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि तथा नोक्सानीको सम्बोधन’ विषयक उच्चस्तरीय बैठकको आयोजना हुने छ। 

बैठकमा संयुक्त राष्ट्रसङ्घका प्रतिनिधि, पर्वतीय मुलुकका प्रमुख तथा प्रतिनिधि, विकास तथा साझेदार निकायका प्रमुख तथा प्रतिनिधि, सरोकारवाला निकायका प्रतितिधिको सहभागिता रहने जनाइएको छ।

कार्यक्रममा नेपालले मेलम्ची, मुस्ताङ, कञ्चनपुर, थामे, काठमाडौँ उपत्यकालगायत क्षेत्रमा असामान्य मौसमीजन्य घटनाका कारण आएको बाढीपहिरो तथा यसबाट भएको क्षतिबारे जानकारी गराउने तयारी गरेको छ ।

कोप–२९ मा नेपालको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराउँदै उहाँले सम्मेलनमा हुने सम्बन्धित विषयका सत्र, वार्ता, छलफल र प्राविधिक सत्रमा प्रभावकारी र उपलब्धिपूर्ण सहभागिताका लागि विषयगत विज्ञ समूह बनाइएको बताए।

यसका साथै नेपालले जलवायु परिवर्तनसम्बन्धी विभिन्न महासन्धिको पक्ष राष्ट्र भई आफ्ना प्रतिबद्धता पूरा गर्दै आएको छ।नेपालले सन् २०५० सम्म कार्यान्वयन गर्ने राष्ट्रिय अनुकूलन कार्यक्रम तयार गरी कार्यान्वयनसमेत गरिरहेको छ।

गत वर्ष संयुक्त अरब इमिरेट्सको दुबईमा सम्पन्न कोप–२८ मा पनि नेपालले हिमालका मुद्दाबारे विश्वको ध्यानाकर्षण गराउन प्रधानमन्त्रीको नेतृत्वमा सम्मेलनकक्षमै उच्चस्तरीय बैठकको आयोजना गरेको थियो।

नेपालले यसअघि सन् २००९ डेनमार्कको कोपहेगनमा भएको कोप–१५ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, सन् २०१८ मा पोल्याण्डमा भएको कोप–२४ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी, सन् २०२१ मा संयुक्त अधिराज्यको स्कटल्याण्डमा सम्पन्न कोप–२७ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र सन् २०२३ मा संयुक्त अरब इमिरेट्सको दुबईमा सम्पन्न कोप–२८ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सहभागिता जनाएको थियो । 

वन सचिव डा दीपककुमार खरालले कोप–२९ को तयारीका लागि मन्त्रालयले राष्ट्रिय मार्गदर्शन तयार गरी सोहीअनुसार कार्य गरेको बताए। कोप–२९ सम्मेलन विशेषगरी जलवायु वित्तमा बढी केन्द्रित हुने जानकारी गराउँदै उनले भने, “यसबाहेक जलवायुका लक्ष्य हासिल गर्न नयाँ नीति, योजना र कार्यक्रम तय गरेर जानुपर्छ भन्ने छ भने अर्कातिर जलवायुका असर न्यूनीकरणका लागि लगानी प्रविधि तथा क्षमता विस्तार गरेर जानुपर्छ भनेर तय भएको छ ।” ‘क्लाइमेट फाइनान्स’ र ‘कार्बन क्रेडिट’ विषयलाई अन्तिम रुप दिने र रकमको स्रोतसमेत निर्धारण गर्ने काम हुने भएकाले यो सम्मेलन जलवायु वित्तका दृष्टिकोणले महत्त्वपूर्ण हुने बताइएको छ।

मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख डा सिन्धुप्रसाद ढुङ्गानाले नेपालले कार्बन व्यापार, न्यूनीकरण, अनुकूलन, लैङ्गिक समानता, समावेशीकरण, जलवायु वित्त, क्षमता विकास, पारदर्शिता र सुशाासन, पर्वतीय मुद्दामा विधागत समूह निर्माण गरी प्रदेश तहसम्मका सुझाव लिएर राष्ट्रिय स्थिति पत्र तयार गरिएको बताए। मन्त्रालयले कोप–२९ का लागि तयार गरेको राष्ट्रिय स्थिति पत्रमा हानि तथा नोेक्सानी, पर्वतीय क्षेत्र र जलवायु वित्तका मुद्दालाई प्राथमिकतामा राखेको उहाँले जानकारी दिए।

उनका अनुसार  नोभेम्बर ५ र ६ तरिखमा कम विकसित मुलुक ९एलडिसिज० को समूहगत तयारी बैठक हुने, ९ र १० तारिखमा जि ७७ एण्ड चाइना समूहको बैठक हुने र ती दुवै समूहका बैठकमा नेपाल सहभागी हुने छ ।  वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्का सदस्य विमल रेग्मीले कोप–२९ मा नेपालले आफ्नो राष्ट्रिय आवश्यकता र चासोेअनुसार हिमाली क्षेत्रका मुद्दालाई प्राथमिकताका साथ उठाउनुपर्ने बताए। “हिमाली क्षेत्रमा जलवायु परिवर्तनले गरेको असरलाई प्राथमिकताका साथ उठाउनुपर्छ, नेपालको जलवायु सङ्कटको समाधानका लागि यो अपरिहार्य पनि छ, यसमा अरु मुलुकको कम चासो पनि हुन्छ”, उनले भने। रासस
अर्को समाचार
तीन वर्ष भित्रै तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्न वैज्ञानिककाे चेतावनी
०५ असार २०८२
•
५ मिनेट पाठ
तीन वर्ष भित्रै तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्न वैज्ञानिककाे चेतावनी
विश्वका ६० वैज्ञानिकले कार्बनडाईअक्साइड उत्सर्जनको वर्तमान स्तर कायम रहेमा अगामी तीन वर्ष भित्रै विश्वले १.५ डिग्री सेल्सियसको तापक्रम वृद्धिको सीमा ताडिने चेतावनी दिएका छन्।




विश्वव्यापी तापमान वृद्धिका सबैभन्दा अद्यावधिक तथ्यांकको आधारमा यी ५ दर्जन जलवायु वैज्ञानिकले यो  चेतावनी दिएका हुन ।

सन् २०१५ मा पेरिसमा भएको ऐतिहासिक सम्झौतामा विश्वका करिब २०० देशले जलवायु परिवर्तनका खराब असरहरूबाट बच्न विश्वको तापमान वृद्धिलाई सन् १८०० को दशकको अन्त्यतिरको तापक्रमभन्दा १.५ डिग्री सेल्सियस भन्दा बढी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका थिए । तर, विश्वका कैयन देशहरूले कोइला, तेल र ग्यासको कीर्तिमानी  खपत गरेका कारण तथा बन फडानीले गर्दा यो  अन्तर्राष्ट्रिय लक्ष्य खतरामा परेको छ ।

‘सबै कुरा गलत दिशामा गइरहेका छन् । पृथ्वीको तापक्रम र समुद्री सतहको वृद्धि पनि तीव्र भइरहेको देखिरहेका छौँ,’ युनिभर्सिटी अफ लीड्स अन्तर्गतको प्रिस्टले सेन्टर फर क्लाइमेट फ्युचर्सका निर्देशक तथा प्रमुख लेखक प्रोफेसर पियर्स फोस्र्टरले भने ।

पृथ्वीको तापमान वृद्धिका लागि जिम्मेवार मानिने यो कार्बनडाइअक्साईड ग्यासको उत्सर्जन न्यूनीकरण विश्वको लागि सबैभन्दा ठूलो चुनौती रहेको छ। सन् २०२० को सुरुमा, वैज्ञानिकहरूले तापमान वृद्धिलाई १.५ डिग्रीमा सीमित राख्न मानव जातिले अब मात्र  ५०० अर्ब टन कार्बनडाइअक्साइड उत्सर्जन गर्न सक्ने आकलन गरेका थिए । तर नयाँ अध्ययनले सन् २०२५सम्ममा कार्बन उत्सर्जनको त्यो सीमा(कार्बन बजेट) १३० अर्ब टनमा खुम्चिएको छ। मुख्य रुपमा कार्बन  डाइअक्साईड र मिथेन लगायतका अन्य हरित गृह ग्यासको कीर्तिमानी उत्सर्जन  र वैज्ञानिक आकलनमा भएको सुधारका कारण नयाँ सीमा तोकिएको हो ।

विश्वव्यापी कार्बनडाइअक्साईडको उत्सर्जन हालको प्रति वर्ष ४० अर्ब टन रहेकै अवस्थामा  अबका ३ वर्षमा त्यो सीमा लगभग तोडिनेछ । यो अवस्थामा  पेरिस सम्झौताले तोकेको १.५ डिग्री सेन्टिग्रेडको सीमा तोड्नेछ ।  यद्यपि, वैज्ञानिकका अनुसार मानवजन्य क्रियाकलापका कारण मात्र भएको तापक्रम वृद्धि १.५ डिग्री सेल्सियस नाघ्न अझै केही वर्ष पछि लाग्न सक्छ।

सन् १८०० को दशकको अन्त्यतिरको तापक्रमको तुलनामा गत वर्ष (सन् २०२४)पहिलो पटक विश्वव्यापी औसत वायु तापक्रम १.५ डिग्री सेल्सियसले बढी थियो । 

तर, एकल १२ महिनाको अवधिमा तापक्रम बढेको आधारमा पेरिस सम्झौताको उल्लङ्घन भएको मानिँदैन । तर, सन् २०२४ को रेकर्ड तापक्रमले प्राकृतिक मौसमी ढाँचाले सङ्कट थप बढाएको वैज्ञानिक मान्यता छ ।

गत वर्षको तापमान वृद्धिका लागि मानवजन्य गतिविधि जिम्मेवार रहेको र यिनै गतिविधिले तापमानलाई १.३६ डिग्री सेल्सियसले बढाएको वैज्ञानिक आकलन छ ।

तापक्रम वृद्धिको वर्तमान दर प्रति दशक लगभग ०.२७ डिग्री सेल्सियस छ । यसअघिको भूगर्भीय रेकर्डको आधारमा यो अत्यन्त तीव्र दर हो ।  यदि यही हिसाबले उत्सर्जन उच्च रह्यो भने सन् २०३० तिरनै विश्वले १.५ डिग्री सेल्सियस तापक्रम वृद्धि बेहोर्न पर्नेछ । 

तापक्रम वृद्धिको यो बिन्दु  पार गरेको अवस्थामा  वायुमण्डलबाट ठूलो मात्रामा कार्बन डाइअक्साइड सोसेर सैद्धान्तिक रूपमा घटाउन सकिन्छ । तर यस्ता महत्त्वाकाङ्क्षी प्रविधिको प्रयोग गर्दा सावधानी अपनाउनुपर्ने वैज्ञानिक मान्छन् ।

इम्पेरियल कलेज लन्डनका जलवायु विज्ञान र नीति विषयका प्राध्यापक जोएरी रोजेल वायुमण्डलबाट कार्बन डाइअक्साइड  पूर्ण रूपमा हटाउन सम्भावना नहुने बत्ताउँछन् । 

सन् १९७० र १९८० को दशकको तुलनामा विगत दशकको तापक्रम वृद्धिदर दोब्बर भन्दा बढी छ । सन् २००० को दशकको अन्त र २०१० को दशकको तुलनामा यो  २५ प्रतिशतले बढी  छ ।

‘यति छोटो अवधिमा यसरी तापक्रम बढ्नु धेरै चिन्ताजनक विषय हो’, बेलायतका मौसम विज्ञान कार्यालय(मेट अफिस)का सह प्राध्यापक म्याथ्यू पाल्मर र बेलायततकै ब्रिस्टल विश्वविद्यालयका एसोसिएट प्रोफेसरले भने । 

तापक्रमको यो वृद्धिदर मुख्यतया हरित गृह ग्यासको बढ्दो उत्सर्जनका कारण भएको हो भने एरोसोल भनिने स–साना कणहरूको वायुमण्डल  चिस्याउने भूमिकामा आएको कमीले पनि यसमा भूमिका खेलेको छ ।

वायुमण्डलमा सिर्जना हुने यो अतिरिक्त ऊर्जाले यात जमिनलाई तातो बनाउँछ, हावाको तापक्रम बढाउँछ अथवा बरफ पगाल्छ । अतिरिक्त तापको लगभग ९० प्रतिशत  महासागरहरूले सोस्ने गर्छन् । समुन्द्रले यो अतिरिक्त तापक्रमलाई सोस्दा समुद्री जीवनमा बाधा पुग्नुका साथै समुद्री सतह पनि बढ्छ । स्वभाविक रुपमा तातो समुन्द्रीक पानीले बढी ठाउँ ओगट्छ । यसबाहेक पग्लिरहेका हिमनदीले समुद्रमा थप पानी थपिरहेका छन् । सन् १९९० को दशकदेखि विश्वव्यापी समुद्री सतह वृद्धिको दर दोब्बर भएको छ, यसले विश्वभरका तटीय क्षेत्रहरूमा बस्ने लाखौँ मानिसहरूका लागि बाढीको जोखिम बढाएको छ ।

यो सबै तथ्यले निराशाजनक तस्बिर प्रस्तुत गरेता पनि स्वच्छ प्रविधिको प्रयोगले हाल विश्वमा उत्सर्जन वृद्धिको दर सुस्त भएको वैज्ञानिक स्वीकार गर्छन् । उनीहरु विश्वले ‘कडा र सशक्त’ उत्सर्जन कटौती पहल गर्न आवश्यक रहेको बत्ताउँछन् ।

पेरिस सम्झौताले १.५ डिग्री सेल्सियसको तापक्रममा भन्दा २ डिग्री सेल्सियसको तापक्रम वृद्धिले जलवायु परिवर्तनका असरहरू धेरै गम्भीर हुने उल्लेख गरेको छ । त्यसैले सम्झौतामा १.५ डिग्रीको तापमान वृद्धिलाई ‘सुरक्षित’ र सो भन्दा माथिको तापक्रम  वृद्धिलाई ‘खतरनाक ’ भनेर सरलीकरण गरिएको छ । वैज्ञानिकका अनुसार, वास्तवमा, तापक्रमको प्रत्येक अतिरिक्त अंशले धेरै चरम मौसम, बरफ पग्लने र समुद्री सतह वृद्धिको गम्भीरता बढाउँछ । 

‘आगामी दशकमा हुने उत्सर्जन कटौतीले तापक्रम वृद्धिको दरलाई गम्भीर रूपमा परिवर्तन गर्न सक्छ,’ प्राध्यापक रोजेलले भने।

‘तापक्रम वृद्धिको प्रत्येक अंशलाई हामी बचाउन सक्छौँ, त्यसो गर्न सकेमा विशेष गरी गरिब र कमजोर जनसंख्यालाई कम क्षति र कम पीडा हुनेछ । यसले हामीले चाहेको जीवन जिउन कम चुनौती सिर्जना गर्नेछ,’ उनले थपे। (बिबिसी)
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock २ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस