गैँडाको आक्रमणबाट बोटेको मृत्यु
२० कार्तिक २०८१
•
१ मिनेट पाठ
गैँडाको आक्रमणबाट बोटेको मृत्यु
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–७ मा मंगलबार दिउँसो गैँडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ।




कृष्णसार सामुदायिक वनमा गाई–गोरु चराउने क्रममा स्थानीय बोटे टोलका ६५ वर्षीय सुकबहादुर बोटेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले जनाएको छ।

गैँडाको आक्रमणबाट गम्भीर घाइते भएका बोटेलाई स्थानीले उपचारका लागि अस्पताल भर्ना गरेका थिए।निजको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक जेशी शाहले बताए।  
अर्को समाचार
प्रेमका कारण रण मैदान बन्यो बेलासपुरः झडपदेखि प्रहरीको गाडीमा आगजनीसम्म
१३ फागुन २०८१
•
२ मिनेट पाठ
प्रेमका कारण रण मैदान बन्यो बेलासपुरः झडपदेखि प्रहरीको गाडीमा आगजनीसम्म
नवलपरासीमा युवायुवतीको प्रेम सम्बन्धका कारण उत्पन्न दुई समुदायबिचको विवाद झडपको स्थितिमा पुग्दा प्रहरीसहित २१ जना घाइते भएका छन्। नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३ बेलासपुरमा मंगलबार बिहान झडप भएको हो। उत्तेजक भिडले प्रहरीको गाडी जलाएको छ भने एक गोदाम घरमा आगजनी गरेको छ।




उत्तेजक भिड प्रहरीमाथि पनि जाइलागेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ। जसमा नेपाल प्रहरी र सशस्त्र प्रहरीतर्फका १६ जना घाइते छन्। 

घटनामा ५ जना सर्वसाधारण पनि घाइते भएको प्रहरी निरीक्षक(इन्स्पेक्टर) नारायण थापाले जानकारी दिए। ‘प्रहरीको अवस्था सामान्य नै छ। एक जना सर्वसाधारणको अवस्था गम्भीर छ,’ उनले भने। 

प्रहरीले स्थिति नियन्त्रणमा लिन ३ राउन्ड हवाई फायर र ५ सेल अश्रुग्याँस प्रहार गरेको इन्स्पेक्टर थापाले जानकारी दिए। उनका अनुसार अहिले स्थिति सामान्य छ। उग्र प्रदर्शन गर्ने ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

घटना के हो ? 

प्रहरीका अनुसार २० वर्षीय धोबी थरका युवा र १६ वर्षीया पवरिया(मुुसलमान) थरकी किशोरीबिच प्रेम सम्बन्ध र भागी विवाहका कारण दुई समुदाय आपसमा जुझेका हुन्। ‘प्रारम्भिक रूपमा यही सुनिएको छ। विस्तृत अनुसन्धान गर्न बाँकी छ,’ इन्स्पेक्टर थापाले भने। 

केटा र केटी पक्ष दुवैको घर पाल्हीनन्दन गाउँपालिकाकै ३ नम्बर वडाको छोट्की कुस्मामा रहेको जनाइएको छ। केटीका हजुरबुबा नाता लाग्ने एक व्यक्तिको घर बेलासपुरमा छ।

सोमबार केटाका भाइ बेलासपुर पुग्दा केटी पक्षका युवाले उनीमाथि कुटपिट गरेको प्रहरीले जनाएको छ। उनी सामान्य घाइते भएका थिए। त्यसपछि राति नै केटा पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी निवेदन दिएका थिए। 

‘हामीले राति नै छलफल गराउनुपर्छ कि ? भन्दा उहाँहरूले अहिले रात परिसक्यो सामान्य घटना नै हो बिहान गरौँला भनेका थिए,’ इन्स्पेक्टर थापाले भने,‘बिहान छलफल हुनुअगाडि नै यो घटना भयो।’ 

उता प्रहरीकहाँ छलफल गराउनुअघि नै मंगलबार बिहान केटा पक्ष कुटपिटको कारण सोध्दै केटी पक्षको घरमा पुग्दा झडप भएको बताइएको छ। केटा पक्षको समूह घरमा आइपुग्दा केटी पक्षको समूहले घरको छतबाट र केटा पक्षले बाहिरबाट ढुङ्गा हानाहान गरेर झडप सुरु भएको थियो। 

यस क्रममा एक गाडी दौडाउँदा दुई जना घाइतेभएपछि अवस्था झन् उग्र बनेको प्रत्यक्षदर्शीले बताएका छन्। त्यसपछि सिर्जित अवस्था नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि नै भिड जाइलागेको थियो। 
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस