मिथिलाञ्चल क्षेत्रमा मनाइने छठ पर्वको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले बिहिबार जनकपुरधाम पुगेर छठी माईको पूजा अर्चना गरेका छन्।
उनले जनकपुर नगरी आसपासका छठ घाटमा जम्मा भएका ब्रतालु तथा सर्वधारणसँग छठको शुभकामना साट्नुका साथै छठको सामाजिक, संस्कृतिक एवं धर्मिक महत्व र मैथिली सभ्यतमा यसको प्रभाव लगायतका विषयमा जानकारी लिएका थिए।
सोही क्रममा मन्त्री पाण्डेले प्रशिद्ध जानकी मन्दिरको दर्शन गर्नुका साथै पूजाअर्चना गरेका थिए।
उनले सो अवसरमा उपस्थित जनप्रतिधिलगायतका अगुवाहरुसँग जनपुरका धार्मिक महत्वलाई विश्वका अन्य मुलुकमा समेत प्रचारप्रशार गरी धार्मिक पर्यटन विस्तारका बारेमा अन्तरक्रिया गरेका थिए।
साथै उनले जनकपुरस्थित विमानस्थलको स्तरोउन्ती गरी भैरहवाको गौतमवुद्ध अन्तर्राट्रिय विमानस्थलले जस्तै धार्मिक पर्यटकलाई जनकपुरमा ल्याउन सहज हुने विषयमा छलफल गरेका थिए।
मन्त्री पाण्डेले आजै जनकपुर विमानस्थलको समेत अनुगमन गरे। विमानस्थल अनुगमनका क्रममा नै विमानस्थल परिसरमा झन्डोउत्तोलन समेत गर्नुका साथै विमानस्थलम निर्माण भएको पानीको फोहोराको समेत उद्घाटन गरेका थिए। सो अवसरमा प्रतिनिधि सभा सदस्य मनिष झाले जनपुरमा निर्माण भएका छठघाट लगायतका क्षेत्रको बारेमा मन्त्री पाण्डेलाई जानकारी गराएका थिए।
नयाँ वर्ष २०८२ का अवसरमा जनकपुरधामको जानकी मन्दिरमा भक्तजनको भीड लागेको छ । वर्षको पहिलो दिन आज जनकपुरधामस्थित जानकी मन्दिरमा भक्तजनहरू वर्षभर राम्रो होस् भन्ने हेतुले पूजापाठका लागि जम्मा भएका छन् ।
धनुषाका विश्वप्रसिद्ध जानकी मन्दिरसहित राम मन्दिर, जनक मन्दिर, भूतनाथ मन्दिरमा भक्तजनहरूको घुइँचो लागेको छ । नयाँ वर्षमा मन्दिरहरूमा पूजापाठ गर्नाले विशेष फल प्राप्त हुने र वर्षभरि राम्रोसँग बित्ने धार्मिक जनविश्वाससहित मन्दिर दर्शन गर्न आएको धनुषा ट्राफिक प्रमुख हरिबहादुर वलीले बताए।
त्यसैगरी, पर्यटकहरूको सवारीसाधनको व्यवस्थापन गर्न बिहानदेखि नै ट्राफिक प्रहरीलाई हम्मेहम्मे परेको छ । वर्षको पहिलो दिन पूजापाठ र दर्शन गर्न तथा घुम्नका लागि आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गर्दछ । जानकी मन्दिरमा बिहानदेखि दर्शनार्थी भीडभाड देखिएको छ ।
मन्दिरमा प्रसाद चढाउने भक्तजनको पनि दिनभर घुइँचो तथा भीड लागेको छ भने जानकी मन्दिर परिसरमै रहेको म्युजियम हेर्नसमेत दर्शनार्थीहरुको लामो लाइन लागेको देखिएको छ ।
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...