विराटनगरमा धुमधामकासाथ छठ पर्व मनाइदै छ। विराटनगर स्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर, सिंघिया खोला, केशलिया खोलाका विभिन्न घाटहरू सिँगारेर चिटिक्क पारिएको छ।
यस्तै विभिन्न स्थानमा छैठी माताको मूर्ति पनि निर्माण गरिएको छ। विराटनगरका मुख्य घाटहरूमा ट्राफिक व्यवस्थापन र सुरक्षाका लागि पर्याप्त मात्रामा ट्राफिक प्रहरी र सुरक्षाकर्मीहरू परिचालन गरिएको छ। विशेष गरी तराई क्षेत्रमा मनाइने छठ पछिल्लो समय पहाडी र हिमाली क्षेत्रका मानिसले पनि मनाउने गरेका छन्।
पछिल्लो समय राजधानीसँगै अन्य क्षेत्र समुदायले पनि छठ मनाउँदा सामाजिक सद्भाव र एकता कायम भएको छ। छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मन वाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख कष्ट हट्ने जनविश्वास छ।
नेपालीको दोस्रो ठूलो चाड तिहार सकिएसँगै विराटनगरमा सोमबार बिहानै देखि छैठको तयारी तीव्र पारिएको छ। विराटनगर स्थित सुनसरी मोरङ सिँचाइ आयोजनाको नहरका दुबै किनारामा छैठी माताको पुजाका लागि स्थान बनाउन स्थानीयहरू व्यस्त छन्।
छैठ पर्वमा सुनसरी–मोरङ सिँचाइ आयोजनाले पनि नहरमा पानी छाडेर बर्तालुहरूलाई नुहाउन,छैठी माताको उपासना गर्न, उदाउँदो र अस्ताउँदो सूर्यको दर्शन गर्न सहज बनाइदिने गरेको छ। विराटनगरको नहरमा मात्रै नभई केशलिया र सिंघिया खोलाका विभिन्न घाटहरू पनि सरसफाइ गर्ने र सिंघार्ने काम सुरू भइसकेको छ।
विराटनगरका घाटहरूमा गेट हाल्ने, सरसफाइ गर्ने काम पनि धमाधम भइरहेको छ। घाट सफाइका लागि विराटनगर महानगरपालिकाले पनि सहयोग गर्दै आएको छ। महानगरपालिकाले घाटहरूको सफाइका लागि तिहार अघि देखि नै काम गरिरहेको छ।
महानगरपालिकाले पानी हालेर सडकको धुलो पखाल्ने, ग्राभेल सडकहरूमा धुलो उड्न नदिन पानी पटाउने काम पनि गरिरहेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...