२०७८ साल कार्तिक १ गते परेको अविरल वर्षाले जुम्लाको तातोपानी गाउँपालिका ४ ठाँटाचौरस्थित नेत्रज्योति माध्यामिक विद्यालय हाँकु बगरमा परिणत भएको थियो।
कक्षा १ देखि १२ सम्म पठनपाठन हुने विद्यालय बगर बनेपछि नामनिशान छुट्याउनै गाह्रो भयो।विद्यालयको भवन, घेराबारा, फर्निचर, खानेपानी र खेलमैदान एकैपटक बाढीले बगाएर लियो। विद्यालयमा गिट्टी बालुवा र सेता ढुंगाहरु देखिन थाले।
विद्यार्थीहरु लामो समय विद्यालय आउन सकेनन्।पठनपाठन भने प्रभावित बन्यो,तर चार वर्षपछि विद्यालयका संरचनाहरु पुरानै अवस्थामा फर्किएका छन्।अहिले विद्यार्थीहरु निर्धक्कपुर्वक विद्यालयमा पढ्न आउने वातावरण बनेको छ।विद्यालयले १४ कोठे पक्की भवन बनाएको छ ।अपाङ्गमैत्री सो भवनका हरेक कोठाहरु डेक्स बेन्चहरु समेत आकर्षक छन्।
प्रधानाध्यापक जाज्वाल्यराज न्यौपानेले बाढीले बगर बनेको विद्यालयलाई चार वर्ष लगाएर पहिलेकै अवस्थामा फर्काउन सकिएको बताए।उनका अनुसार बाढीले विद्यालय क्षेत्र बगर बनेपछि विद्यार्थी ह्वात्तै घटे।खोलानाला नजिकैको विद्यालयमा जतिबेला पनि बाढी पस्ने सोचले विद्यार्थी संख्या न्यून देखिन्छ। सबैलाई अब फेरि विद्यालय पुरानै स्वरुपमा फर्किएला कि नफर्किएला भन्ने थियो, उनले भने, तर ढिलै भएपनि लयमा फर्काउन सफल भएका छौँ। यो खुसीको कुरा हो।
बाढी जानुपूर्व त्यो विद्यालयमा ७ सय ८० जना विद्यार्थी थिए।अहिले ५ सय ६० जना मात्र विद्यार्थी नियमित आउछन्।त्यो बेला परेको अविरल वर्षाले गिडिखोलामा भयानक बाढी आएर विद्यालय संरचनाहरु क्षतविक्षत् बनाएको स्मरण गर्छन् न्यौपाने। नेत्रज्योति विद्यालय वि।स।२०२० सालमा स्थापना भएको हो। स्थानीय जयराज डागीका अनुसार ठाउँमा सन् १९८४ सालमा पनि मिल्दोजुल्दो बाढी आएको थियो, तर त्यतिवेला यो ठाउँमा विद्यालय थिएन। त्यतिवेला पनि यो ठाउँमा क्षति गरेको थियो।
बाढीले विद्यार्थीको भविष्य माथि खेलबाड गर्यो। अभिभावक प्रति निराशा पैदा भयो, प्रधानाध्यापक न्यौपानेले भने, ‘अहिले अत्याधुनिक भवन ठडिएका छन्।बाढीले पुरिएका संरचनाहरु मर्मतसम्भार भइसकेका छन्।अब निर्धक्कपुर्वक पढाउन मिल्ने भएको छ।’आकाशमा बादलको गुल्छा देखिने बित्तिकै,कतिबेला वर्षा हुन्छ,अनि समस्या आइलाग्छ,भनेर विद्यार्थीलाई समयमै घर फर्काउनु बाध्यता छ।
बाढीले विद्यालयको कक्षाकोठा भित्र पुरै बालुवा र ढुंगा थुपारेको थियो भने झ्याल ढोका फुटेका थिए । डेक्स बेन्च बगाएको दृश्यले विद्यार्थी र अभिभावकहरु निरुत्साहित थिए । ६ सय ५० वर्गमिटर क्षेत्र रहेको विद्यालयलाई त्यसबेला नमुना विद्यालय बनाउने अभियान थालिएको थियो।
एक करोड ५० लाख रुपैयाँमा पक्की भवन बनिरहेका थिए । डिजिटल प्रविधिको प्रयोग सुरु भइरहेको थियो । प्रधानाध्यापक न्यौपानेले भने, ‘बाढीले न विद्यालय नमुना बनाउन दियो, न त विद्यालय बग्न बाट बचाउन नै सकियो । बरु सुरुदेखि काम गर्नुपर्ने बाध्यता आइलाग्यो ।’विद्यालयको भवन, घेराबारा, खेलकुद मैदान, स्टक गरेर राखेका डेक्स बेन्च, नयाँ भवन बनाउन राखिएका फर्निचर जन्य सामानहरु, सरिया तीन बन्डल, भवन निर्माणका लागि राखिएको काठ, खानेपानी धारा, शौचालय र मञ्च नै बगाएको थियो।घेराबार पर्खाल बग्दा ३५ लाख खेलकुद मैदान बग्दा अनुमानित ६० लाख ,यस्तै, स्टोर गरिएको फर्निचरको आठ लाख, नयाँ निर्माणका लागि राखिएको फर्निचार चार लाख, जस्तापाताको तीन लाख, निर्माण सामग्री फलामे औजार दुई लाख ५० हजार, भवन निर्माणका लागि राखिएको फलामे सरिया ४५ हजार, नयाँ भवन निर्माण लागि राखिएका काठ पाँच लाख ५० हजार, राष्ट्रिय झण्डा राख्ने मञ्च ४०, हजार विद्यालयको शौचालय दुई लाख ५० हजार गरि कुल बाढीले एक करोड ६६ लाख ३५ हजार रुपैयाँ बराबरको क्षति पुगेको प्रहरी मुचुल्कामा उल्लेख छ।
चार करोड भन्दा बढी लागत स्टमेटमा बनिरहेको भवन निर्माणमा तिन करोड १७ लाख रुपैयाँ खर्च भइसकेको छ । नमुना विद्यालय बनाउन केन्द्र सरकारले बजेट दिएको छ।संघीय सरकार शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुर अर्न्तगत नमुना विद्यालय गुरुयोजना अनुसार विद्यालयको भवन बनिरहको छ।
यता सिचाइँ डिभिजन कार्यालयले अत्यधुनिक शौचालय र गिडिखोलामा तटबन्ध बनाइदिएको छ।जिल्लाका तीन विद्यालयको खेलमैदान निर्माणको लागि एक करोड १५ लाख रुपैयाँ आइपुगेको छ।जसमा नेत्रज्योति मावि पनि परेको छ।यता विद्यालय व्यवस्थापन समिति अध्यक्ष मुनबहादुर खत्रीले विद्यालयको बाढीले बगाएका भौतिक संरचनाहरु विस्तारै पुरानै अवस्थामा फर्काइएको बताए।
शैक्षिक गुणस्तर खस्कँदै गएपछि सामुदायिक विद्यालयप्रति अभिभावक र विद्यार्थीको विश्वास घट्दै गएको छ । कमजोर गुणस्तर र विद्यार्थीमैत्री वातावरण नहुँदा सामुदायिक विद्यालयमा विद्यार्थी संख्या पनि घट्दै गएको छ । यस्तो अवस्थामा आधाभन्दा बढी सामुदायिक विद्यालय मर्ज वा बन्द गर्नुपर्ने अवस्थामा सरकार पुगेको छ ।
अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार देशभरि सञ्चालित ३५ हजार ४ सय ४७ विद्यालयमध्ये ७३ प्रतिशत अर्थात् २५ हजार ८ सय ७६ सामुदायिक छन् । २०८०/८१ मा भने मुलुकभरि ३५ हजार ८ सय ७६ विद्यालय सञ्चालित थिए । जसमध्ये ७४.१ प्रतिशत अर्थात् २६ हजार ५ सय ८४ सामुदायिक विद्यालय थिए । यो तथ्यांकले दुई आर्थिक वर्षको अन्तरमा सामुदायिक विद्यालयको संख्या घटेको देखाउँछ । यसैगरी सामुदायिक विद्यालयमा विद्यार्थी संख्या पनि घट्दै गएको तथ्यांक छ । समयअनुसार रुपान्तरण हुन नसकेका कारण सामुदायकि विद्यालयप्रति अभिभावको रुचि पनि कम हुँदै गएको छ ।
नेपालमा हाल सञ्चालित २५ हजार ८ सय ७६ सामुदायिक विद्यालयमध्ये आधाभन्दा बढीमा एक सय भन्दा कम विद्यार्थी छन् । १५ हजार २ सय ७३ विद्यालयमा एक सयभन्दा कम संख्यामा विद्यार्थी छन् । यस्ता विद्यालयलाई एकआपसमा मर्ज वा बन्द गर्ने नीति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अघि सारेको मन्त्रालयका प्रवक्ता एवं सहसचिव शिव सापकोटाले बताए । उनका अनुसार एक सयभन्दा कम विद्यार्थी भएका सामुदायिक विद्यालयलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा मन्त्रालयले अध्ययन गरिरहेको छ । ‘समयअनुसार राज्यले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न बजेटको आकार बढाउँदै लगेको छ,’ सापकोटाले भने, ‘सामुदायिक विद्यालयका ९९ प्रतिशत शिक्षक तालिम प्राप्त नै छन् तर पनि शिक्षण सिकाइ र सिकाइ उपलब्धि बढ्न सकेको छैन । यी विद्यालयले अभिभावक र विद्यार्थीको विश्वास जित्न पनि सकेका छैनन् । यसैकारण सामुदायिक विद्यालयमा विद्यार्थी संख्या पनि घट्दो छ । सयभन्दा कम विद्यार्थी भएका विद्यालय १५ हजारभन्दा बढी छन् । यस्ता विद्यालयलाई मर्ज वा बन्द गर्ने विषयमा मन्त्रालय नीति तथा कार्यक्रम बनाएर अघि बढ्ने तयारीमा छ ।’
सापकोटाका अनुसार सरकारले सरकारी शिक्षामा गरेको लगानीअनुसारको प्रतिफल पाउन सकेको छैन । ‘आउँदो साउनदेखि सरकारले मर्जको नीतिअनुसार विद्यालयको पुनर्संरचना गर्ने छ,’ सापकोटाले भने, ‘विद्यालय नक्सांकन गरी पुनः वितरणको नीति अपनाइने छ । तह, ग्रेड र स्कुल मर्जको नीति अघि सारिएको छ । शिक्षक दरबन्दी पनि रुपान्तरण गरिने छ ।’
तह घटाउने, गाभ्ने, बन्द गर्नेे अधिकार सम्बन्धित पालिकालाई भएकाले मन्त्रालयको निर्देशनमा पालिकाले विद्यालय व्यवस्थापन गर्ने मन्त्रालयका सूचना अधिकारी उपसचिव नीलकण्ठ ढकालले बताए । ‘एक सयभन्दा कम विद्यार्थी भएका विद्यालय धेरैजसो आधारभूत तहका छन्,’ ढकालले भने, ‘आगामी नीति तथा कार्यक्रमले यस्ता विद्यालय मर्ज वा बन्द के गर्ने भन्ने तय गर्छ ।’
देशभरि पाँच सय देखि एक हजार विद्यार्थी भएका एक हजार ६ सय ३६ वटा र एक हजारदेखि १५ सयसम्म विद्यार्थी भएका ४ सय ४९ वटा सामुदायिक विद्यालय छन् । त्यस्तै २ हजारभन्दा बढी विद्यार्थी भएको सामुदायिक विद्यालय सयवटा मात्र छन् । ‘सरकारले लगानी र सेवा सुविधा विस्तार गर्दा पनि सामुदायक विद्यालयमा विद्यार्थी संख्या र शैक्षिक गुणस्तर बढ्न नसक्नु विडम्बना नै हो,’ उपसचिव ढकालले भने ।
सरकारले शिक्षा क्षेत्रमा बर्सेनि २ खर्ब हाराहारीमा बजेट खर्च गर्दै आएको छ । तर सरकारी विद्यालयको शैक्षिक गुणस्तरमा सुधार आउन सकेको छैन । सय भन्दा कम विद्यार्थी भएका सामुदायिक विद्यालयमध्ये ९० प्रतिशत आधारभूत तहका रहेको शिक्षा, तथा मानव स्रोत विकास केन्द्रक निर्देशक भक्तबहादुर गोदारको भनाइ छ । उनका अनुसार शिक्षक दरबन्दी पनि आधारभूत तहमै धेरै छन् । तथ्यांक अनुसार सबै प्रकारका विद्यालयमा २ लाख ७८ हजार ५ सय ८५ जना शिक्षक छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...