छठको समापनका अवसरमा कपिलबस्तुमा देखिएका दृष्य
२३ कार्तिक २०८१
•
२ मिनेट पाठ
छठको समापनका अवसरमा कपिलबस्तुमा देखिएका दृष्य
साझा पर्वकारुपमा रहेको छठको चौथो तथा अन्तिम दिन शुक्रवार बिहान कपिलवस्तुमा व्रतालुहरुले उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरेका छन्। कपिलवसस्तु नगरपालिका– ३ स्थित जमुहरा नाला र रामाट नदी, कृष्णनगर बहादुरगंज लगायतका ताल तलैयामा उनीहरुले बिहान अस्ताउदो सुर्यको बिशेष पुजापठा गरेका थिए। 




पर्वको चौथो दिन आज व्रत लिनेहरू पुनः पोखरी, जलाशय किनारमा पुगी साँझ गरेको क्रम दोहोर्याइ प्रातः कालीन सूर्यलाई अर्घ दिई पर्वको समापन गरेका हुन्।हिन्दू धर्म संस्कृतिअनुसार अस्ताउँदो र उदाउँदो सूर्यलाई अध्र्य दिएर छठ पर्व मनाइने गरिएको छ। छठ पर्वका अवसरमा बिहीवार जिल्लाको अधिकांश पोखरी, तलाउ, खोला, नदीको पानीमा पसेर व्रतालुहरुले अस्ताउँदो सूर्यको आराधना गरी अर्घ दिएका थिए। 

यस क्रममा व्रतालुले दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता फूल हालेर अन्य अध्र्य सामग्री पालैपालो गरीसूर्यलाई अर्पण गर्ने गरिन्छ । बिहीवार गरेकै विधि शुक्रवार विहान उदाउँदो सूर्यलाई अर्घ दिइ समापन गरिएको छ।

बिशेष पुजाको अवसरमा उनीहरुले सुर्य र छठी माताको आराधना समेत गरेका थिए।छठमा उपबास बसी  पुजाआजा गर्नाले पारिपार सुख संबृद्धिका साथै सन्तान प्राप्ती र रोग ब्याधी समेत निको हुने श्रद्धालु भक्तजनहरुको बिश्वास छ । छठका अवसरमा चढाइएका प्रसाद समेत बितरण गर्नें गरिन्छ।तराईको हिन्दू धर्मावलम्बीहरुबीच अत्यन्त लोकप्रिय रहेको छठपर्वलाई धार्मिक आस्था र सामाजिक सद्भावको प्रतिकको रुपमा मानिएको छ । पुर्वी ् तराईमा मात्र मनाइने छठपर्व पछिल्लो समय अवध, भोजपुरा, पडाडमा समेत बिस्तार हुदै गएको छ।जनजाति, दलित, मधेसी, पहडाडी समदाय मिलेर छठ पर्व मनाईएको कपिलवसतु नगरपालिकाका मेयर सुदीप पौडेलले बताए। जमुहार र रामघाट नदीमा ५ हजार बढीले छठमा सामुहिक पुजा गरेको पुजा ब्यवसपन समितिले जनाएको छ।

फेटो बिवरण: कपिलवस्तु नगरपालिका– ३ रामाट नदीमा छठको अन्तिम दिन उदाउदो सुर्यको पुजा गर्दै ब्रतालुहरु ।  

 
अर्को समाचार
मौलिक गीतले मुग्ध मधेसका गाउँबस्ती
२१ कार्तिक २०८१
•
५ मिनेट पाठ
मौलिक गीतले मुग्ध मधेसका गाउँबस्ती
सुना सुना रहेला भवनमा ए माइ मोर अंगनमा नु हे,




दउरा घाटे के लेजाइ ललना दिहलु न माई छ छने मनमा नु हे।।।

भोजपुरी लोकगायक रविराज शाहले स्वर भरेको उमेशलाल यादवको यो गीत अहिले मधेस तथा भोजपुरा क्षेत्रको छठ घाटहरूमा गुञ्जायमान छ। यसमा सन्तान प्राप्तिका लागि छठी माईसँग याचनालाई दर्शाइएको छ ।

यस क्षेत्रमा सन्तान नहुँदा महिलाले सुन्नुपर्ने कटु वचनलाई समेत दर्शाइएको छ। महिलाका याचना, पीडा र इच्छा समेटेर सिँगारिएको यो र यस्तै गीतले मधेसका छठ घाट गुञ्जायमान छन्। छठको घाट मात्र नभई मधेसका बस्तीसमेत अहिले यो र यस्तै लोकगीतहरूले गुञ्जायमान छन्। घरघरमा छठको तयारी सुरु हुँदा सबैको मुखमा छठ पर्वका गीत झुन्डिएका छन्। घरघरमा छठका गीत गुञ्जिरहेका छन् ।

केलवा के पात पर उगेलन सुरुज मल झाके झुके

हे करेलु छठ बरतिया से झाके झुके।।।

यसरी छठ पर्वका लागि जोहो गरिने अन्न, फलफूल र पूजा सामग्रीको वर्णन गीतबाटै गरिन्छ ।

काँच ही बाँसके बहंगिया, बहंगी लचकत जाय

होई न बलम जी कहरिया बहंगी घाँटे पहुचाय।।।

अर्थात्, काँचो बाँसबाट बनेको डालोमा सरसामान राखेर छठ घाटमा पु¥याउन छठी माताले परिवारका पुरुषहरूलाई शक्ति दिऊन् र उनीहरू घाटमा पुगून्। सूर्यनारायण सत्यनारायण मरवैता क्याम्पस सिरहाका मैथिली भाषाका सहप्राध्यापक उमेशकुमार झाका अनुसार छठका मैथिली, भोजपुरीलगायत भाषामा गाइने प्रत्येक गीतले शुद्धता, सद्भाव र उपकारको भाव बोकेका छन् ।

‘हमरो जे बेटिया, कओने अइसन बेटिया से एकरे लागी

हे करेली छठ बरतिया से, एकरे लागी।।।

छठ पर्व कुनै समय प्राचीन मिथिला र भोजपुरा क्षेत्रमा मात्र प्रचलित थियो झाले भने, कालान्तरमा यो पर्व मैथिली र भोजपुरी भाषाभाषीसँगै देशदेशान्तरसम्म विस्तृत हुँदै आयो। ‘छठ वास्तवमा मिथिलाको ग्रामीण पर्व हो’, झाले भने, ‘छठ पर्वमा धनी–गरिबबीचको फरक छुट्टिँदैन ।’ छुवाछूत, जातीय वा लैंगिक विभेद पनि पाइँदैन ।

छठमा प्रसादका रूपमा चढाइने सामग्री ७० थरी पुर्‍याउनुपर्ने मान्यता छ। यस्ता सामग्रीमा मुला, गाँजर, ज्यामिर, बेसार, अदुवा, पिँडालु, सुन्तला, केरा, उखु, नरिवल, सुपारी, पान, गेडागुडी, दही आदि हुन्छन् ।

कुनै कारण ७० प्रकारका सामग्री पुर्‍याउन नसकिए ‘गम्हरी’ भन्ने धानको चामल चढाउँदा पुग्छ। गम्हरीलाई औषधीय गुणयुक्त मानिन्छ। छठ पर्वको सुरुवात मंगलबार व्रतालुले नजिकको पोखरी या नदीमा स्नान गरी अरूवा चामलको भात, रहरको दाल, तरकारी (वर्जितबाहेक) खाएर ‘नहाय खाय’ गरेका छन्।  

बुधबार दिनभरि उपवास बसेर व्रतालुले साँझ चन्द्रमाको दर्शन गरिसकेपछि माटोको नयाँ चुलोमा सखर, दुध र अरूवा चामलको खिर पकाई केराका पातमा राखेर छठी मातालाई चढाएपछि व्रतालुले ग्रहण गरी ुखरानाु मनाउँछन्। पर्वको तेस्रो दिन बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ दिएर ‘सँझिया घाट’ तथा ‘सौंझका अर्घ’ मनाउँछन् ।

यो दिन बिहानैदेखि व्रतालुसहित परिवारका सबै सदस्य मिलेर चामलको पिठोमा सखर मिसाएर ठेकुवा, भुसुवालगायत प्रसाद तयार पार्छन्। साँझपख व्रतालुका साथै घरका सदस्य हातमा पूजा सामग्री र बलिरहेको दियो बोकेर छठी घाट पुग्छन्। नदी, तालतलैया, पोखरी किनारमा सिँगारिएको छठी घाटमा व्रतालु भक्तिभावका साथ उपस्थित भई अस्ताउँदो सूर्यको पूजा गर्छन्। शुक्रबार उदाउँदो सूर्यलाई पूजा गरी छठको अनुष्ठान समापन हुनेछ ।

अहिंसाको पर्व

शाकाहारी र शुद्धतालाई निकै महत्व दिइने छठपूजालाई अहिंसाको पर्व पनि भनिन्छ। व्रतालु यस पर्वमा प्याज, लसुन, माछा मासु खाँदैनन्। यस पर्वमा सबैको जयजयकार गरिन्छ। छठ पर्वले संसारमा सबै जीवजन्तुको रक्षा गर्नुपर्छ भन्ने सन्देश दिन्छ। छठपूजाले मनोकामना पूरा हुने विश्वासका साथ यसप्रति जुनसुकै तह, तप्का र क्षेत्रका व्यक्ति तथा समुदायमा आस्था बढेको पाइन्छ। त्यसैले छठ पर्वलाई आस्था र विश्वासको पर्वसँगै सद्भाव र अहिंसाको पर्व पनि भनिन्छ ।

किसानको श्रमको कदर

छठ पर्वले कृषि उत्पादनको महत्वलाई स्वीकार गरेको छ। जीवन र प्रकृति एकअर्काका पूरक हुन्। प्राकृतिक सम्पदाको संरक्षण गर्नु जीवनको सम्पन्नताको मियो हो भन्ने तथ्यलाई यो पर्वले प्रमाणित गर्छ ।

गम्हरी धान, हरियो पातसहित उखु, पातसहितको अदुवा, सानो बोडी, केरा, स्याउ, सुन्तला, सुथनी, झुत्रोसहितको नरिवल, कागती, केराको थाम, गहुँ आदिको प्रयोगले यस पर्वले किसानको श्रमको कदर गरेको देखिन्छ। ‘हामीले बनाएको सामान अधिक मात्रामा बिक्री हुने बेला यही हो’, लहान नगरपालिका– ४ का उमेश पण्डित ९कुमाल० सुनाउँछन् ।

एक महिनादेखि जोहो

महापर्व छठका लागि एक महिनाअघिदेखि व्यवसायीले बाँस वा पित्तलको नाङ्लो एवं ढाकीको भण्डारण गर्छन्। अगाध आस्थासाथ चार दिनसम्म मनाइने यो पर्वको सेरोफेरोमा थेग्नै नसकिने गरी यी सामग्रीको माग बढ्ने हुनाले व्यवसायीले पूर्वतयारी गर्नुपर्छ। कतिपय व्रतालुले हाट बजारबाट नकिनी हस्तकला शिल्पीलाई बनाउन लगाउँछन्। एक महिना पहिलादेखि नयाँ बाँसको चोया खुर्कंदै नाङ्लो एवं ढाकी बनाउने कार्यमा डुम तथा आदिवासीलगायत मेहनती समुदाय व्यस्त हुन्छन् ।

व्रतालु एवं परिवारजनले धेरै दिन पहिलेदेखि चराचुरुंगीलाई समेत जुठो पार्न नदिने गरी गहुँ र चामल चोख्याएर सुकाउँछन्। छठको दिन गहुँ एवं चामलको पिठोबाट क्रमशः बहुचर्चित प्रसाद ठेकुवा, भुसुवालगायत प्रसाद बनाउँछन्। यो पर्वमा मौसमी फलफूल, तरकारी एवं गेडागुडी चढाइने हुनाले यतिखेर खेतबारीको निकै हेरचाह गरिन्छ। वन्यजन्तुले बोटमा फलिरहेको फललाई जुठो नपारून् भनेर विशेष ध्यान दिइन्छ।

पूर्णतया शाकाहारी विधिअनुसार मनाइने छठमा घरकी मुख्य व्रतालु महिला एवं परिवारजनले तिहारअघिदेखि माछा, मासु खान छाड्छन्। घरमा कुनै अप्रिय घटना भए वा कसैको मृत्यु भए यो पर्व गरिन्न, तर अन्य कुनै पनि प्रकृति विपदाले यो पर्व रोकिन्न। किनकि अर्को वर्ष गर्दा दोब्बर पूजा सामग्रीसहित पूजा सुरु गर्नुपर्छ ।

यसमा दोब्बर खर्च र श्रम लाग्छ। यो सम्पन्नदेखि विपन्नसम्मले मनाउने बहुजातीय एवं बहुसांस्कृतिक अनुष्ठान हो। घरमा ठेकुवा एवं भुसुवालगायत प्रसाद तयार गर्नुदेखि घाटमा अर्घ दिने बेलासम्म छरछिमेकसमेत सहयोग गर्न आइपुग्छन्। घरदेखि जलाशय किनारसम्म प्राचीन बस्तीको जस्तै रमझम हुने यस पर्वमा सहभागी हुँदा र प्रसाद मागेर खाँदा पूजा गरेजत्तिकै धर्म हुने विश्वास गरिन्छ ।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
यो पनि पढौँ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस