सुर्खेत–दैलेख सडकखण्डको दैलेख र सुर्खेत सिमाना क्षेत्रमा फोर्स गाडी दुर्घटना हुँदा १३ जना घाइते भएका छन्।
गाडी सडकबाट २ सय मिटर तल खसेको र दुर्घटनास्थलमा अझै उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ। भिरालो ठाउँमा दुर्घटना भएका कारण उद्धारमा कठिनाइ भइरहेको छ।
घाइते सबैलाई तत्कालै प्रदेश अस्पताल पठाइएको छ। गाडीमा ३० जनाभन्दा बढी यात्रु रहेको अनुमान गरिएको छ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।