जनकपुरधाममा विवाह पञ्चमी महोत्सवको तयारी
२४ कार्तिक २०८१
•
४ मिनेट पाठ
जनकपुरधाममा विवाह पञ्चमी महोत्सवको तयारी
रामजानकी विवाह पञ्चमी महोत्सवमा यसपटक अयोध्याबाट जन्ती आउने भएको छ। पाँच सयभन्दा बढीको सङ्ख्यामा आउने सो जन्तीको स्वागत लगायतको तयारी पनि जनकपुरधाममा सुरु भइसकेको छ।




जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले विवाह पञ्चमी महोत्सव तयारीका क्रममा जानकी मन्दिरमा सर्वपक्षीय बैठक गरिएको जानकारी दिए। विश्व हिन्दू परिषद्का अन्तर्राष्ट्रिय महामन्त्री राजेन्द्र सिंह पंकज, रामजन्म भूमि तीर्थ क्षेत्र ट्रष्टका चम्पत राय लगायतका व्यक्ति जन्तीमा सहभागी भएर आउन लागेको महन्थ दासले बताए।

विवाह पञ्चमी महोत्सवमा जन्ती आउन अयोध्याका सन्तमहन्तलाई आमन्त्रण गर्न आगामी मङ्सिर १ गते जानकी मन्दिरबाट तिलक लगिने भएको छ। हरेक पाँच वर्षमा सीताराम विवाह महोत्सवको अवसरमा अयोध्याबाट जन्ती आउने गरेको छ। मिथिलामा जन्ती आउनुभन्दा अगावै बेहुलालाई तिलक चढाउने चलन छ। त्यस परम्परालाई निर्वाह गर्दै जानकी मन्दिरले अयोध्या तिलक पठाउने तयारी गरेको महन्थ दासले जानकारी दिए।

विवाह महोत्सवमा जन्तीको निम्तोका लागि तिलक लिएर जान मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंह इच्छुक देखिएका छन्। यद्यपि मुख्यमन्त्री सिंहले तिलकमा अयोध्या जाने विषयमा निर्णय भइनसकेको बताए।

उनले तिलकको अगुवाइ गर्न आफूलाई  आग्रह गरिएको भए पनि त्यस सम्बन्धमा भारतीय पक्षबाट औपचारिकता पूरा भएपछि निर्णय लिने बताए। आगामी दुईतीन दिनभित्रै यस सम्बन्धमा निर्णय लिने मुख्यमन्त्री सिंहले जनाए।

हालसम्मको तयारीअनुसार जानकी मन्दिरले पठाउने तिलकको नेतृत्व उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले गर्ने छ। तिलकमा दाससँगै विभिन्न मठमन्दिरका साधुसन्त, सामाजिक र धार्मिक क्षेत्रमा सक्रिय स्थानीय बासिन्दाको सहभागिता रहने बताइएको छ।

तिलकका लागि अयोध्याबाट विश्व हिन्दू परिषद्का प्रतिनिधिले तिलकका सहभागीको स्वागत सम्मान गर्ने कार्यक्रम रहेको छ। जानकी मन्दिरबाट जन्ती ल्याउन आमन्त्रण ठाकुर (हजाम) द्वारा निम्तो पठाइएको जानकी मन्दिरका महन्त दास वैष्णवले बताए।

अयोध्याबाट जन्तीको अगुवाइ राम मन्दिर ट्रष्टका सचिव सम्पत्त रायले गर्ने बताइएको छ। जन्तीमा मनिराम छाउनीका उत्तराधिकारी महन्त कमलनयन दास, ऋषिकेषका महन्त डा. रामेश्वर दास, दिगम्बर अखाडाका महन्त, सतुवा बाबाको आश्रमका मुख्यमहन्तलगायत ५०० बढीको सहभागिता रहने बताइएको छ।

मंसिर २१ गते सीताराम विवाह महोत्सवको मूल समारोह हुनेछ। त्यसमा अयोध्याबाट आउने जन्तीको सहभागिता रहनेछ। अयोध्याबाट प्रस्थान गर्ने जन्तीको मार्ग, समय र रात्रि विश्रामस्थल निर्धारण गरिएको छ।

अयोध्याबाट मङ्सिर ११ गते जन्ती प्रस्थान गर्नेछ। कारसेवकपुरम अयोध्याधामबाट बिहान साढे ८ बजे प्रस्थान गर्ने जन्ती गुसाइकुञ्ज, अम्बेडकर नगर, बसखारी हुँदै रात्रि विश्राम आर्यमगढ(आजमगढ)मा हुनेछ।

दोस्रो दिन जन्ती आर्यमगढबाट मऊ, रसडा, फैफना कारो हुँदै रात्रि विश्राम बिहार राज्यको बक्सरमा हुनेछ। तेस्रो दिन बिहान बक्सरबाट प्रस्थान गरी ब्रम्हा स्थान चौराहा, आरा, बिहटा, दानापुर हुँदै रात्रि विश्राम पाटली पुत्र पटनामा हुनेछ। चौथो दिन पटनाबाट हाजीपुर वैशाली हुँदै काँटीमा रात्री विश्राम हुनेछ। त्यस दिन दिवा विश्रामको स्थान टुंगाे लागेको छैन।

पाँचौँ दिन शाँटीबाट प्रस्थान गर्ने जन्ती शिवहर, रुन्नी सैदपुर हुँदै सीतामढीको पुनौराधाममा रात्रि विश्राम गर्ने छ। छैटाैं दिन सीतामढीबाट पुपरी, अहिल्यास्थान हुँदै बेनीपट्टीमा रात्रि विश्राम हुनेछ। सातौँ दिन बेनीपट्टीबाट बासोपट्टी, विसौल, फुलहरहुँदै रात्रि विश्राम मधवापुर मटिहानीमा हुनेछ।

आठौँ दिन मङ्सिर १८ गते जन्ती मटिहानीबाट जलेश्वर, पिपरा हुँदै साँझ नगरदर्शन गरी मिथिलापुरी जनकपुरधाममा विश्राम गर्नेछ। नवौँ दिन जन्ती सीताराम विवाह महोत्सवको अवसरमा मङ्सिर १९ गते अपराह्न २ बजे राम मन्दिरमा आयोजना हुने तिलकोत्सवमा सहभागी हुनेछ।

मङ्सिर २० गते १०औँ दिन जन्ती बिहान धनुषाधामको दर्शन र दिउँसो गङ्गासागरमा आयोजना हुने मटकोर समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ। यस्तै ११औँ दिन मङ्सिर २१ गते सीताराम विवाह महोत्सवको मूल समारोहमा आयोजना हुने बाह्र बिघा (रङ्गभूमि) मा आयोजना हुने स्वयंवर, त्यस पश्चात नगर भ्रमण र रात्रिकाल विवाह महोत्सव समारोहमा जन्ती सहभागी हुनेछ।

यसैगरी १२औँ दिन बिहान जानकी मन्दिर परिसरमा सीताराम महाभिषेकम् (५१ तीर्थस्थलको जलबाट अभिषेक) गरिने र रामकलेवा (बिदाइ भोज) मा सहभागी भइ रात्रि सामूहिक विवाह कार्यक्रममा सहभागिता जनाउने कार्यक्रम छ।

तेह्राै दिन जन्ती बिहान जनकपुरधामबाट अयोध्याधाम फर्कने छ। पिपरा, मनरा, मलंगवा हुँदै धनकौलमा स्वागत र रात्रि विश्राम वीरगञ्जको मौलीपुरमा हुनेछ। चौधौँ दिन जन्ती बिहान वीरगञ्जबाट प्रस्थान गरी मोतिहारी बाइपास, गोपालगञ्ज, कुशीनगर हुँदै गोरखपुर अयोध्याम पुग्ने छ।

-रासस
अर्को समाचार
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
२७ मिनेट अघि
•
१ मिनेट पाठ
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
काठमाडौं। देशभर भएका १६ वटा विपद्का घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। ती घटनाबाट रु २५ लाख ५१ हजार ८०० बराबरको आर्थिक क्षति भएको छ।




राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मङ्सिर ११ देखि १२ गतेसम्म देशका विभिन्न जिल्लामा आगलागी, सर्पदंश, लेक लाग्नु तथा जनावरको आक्रमणका घटना भएका हुन्।

प्राधिकरणका प्रवक्ता एवं उपसचिव रामबहादुर केसीका अनुसार उक्त अवधिमा झापा, मोरङ, सुनसरी, उदयपुर, सिरहा, दोलखा, कास्की र रुपन्देहीलगायत जिल्लामा आगलागीका घटना भएका छन्। त्यस्तै दोलखा र मोरङमा सर्पदंश, मुस्ताङमा लेक लाग्नु तथा उदयपुर र रौतहटमा जनावरको आक्रमणका घटना भएका छन्।

विभिन्न विपद्का घटनामा परी घाइते भएकामध्ये केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई थप उपचारका लागि अन्य जिल्लाका अस्पतालमा पठाइएको प्राधिकरणले जनाएको छ।

विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रवक्ता केसीले जानकारी दिए। घटनाबाट भएको जनधनको क्षतिको थप विवरण सङ्कलन गर्ने कार्यसमेत जारी रहेको प्राधिकरणले जनाएको छ।

यसैबीच, प्राधिकरणले सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ। अनावश्यक जोखिम नलिन, आधिकारिक निकायबाट जारी सूचना तथा निर्देशन पालना गर्न र सम्भावित जोखिमबाट बच्न आवश्यक पूर्वतयारी गर्न प्राधिकरणले अनुरोध गरेको छ।
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
राजनीति
Clock १ मिनेट अघि | ० मिनेट पाठ
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले सरकारका कामकारबाहीले कानुनी विधि र प्रक्रियालाई आधार बनाउनुपर्नेमा जोड दिएका छन्।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock २ मिनेट अघि | १ मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
खेल
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
 विदेशमा बस्ने नेपालीहरुको संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कर्णाली प्रदेशमा सुरु भएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएक...
Whatsapp
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
राजनीति
Clock १४ मिनेट अघि | ० मिनेट पाठ
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
गृहमन्त्री सुधन गुरुङले जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने बताएका छन्।
Whatsapp
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
नेपाली कांग्रेसले देशभर ७५३ वटै स्थानीय तहमा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने भएको छ।
Whatsapp
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
देशभर भएका १६ वटा विपद्का घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
Whatsapp
यो पनि पढौँ
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
धर्म/संस्कृति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रमलाई यस क्षेत्रको धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिएको छ।
Whatsapp
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
समाज
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
सशस्त्र प्रहरी बल नेपालले नेपाल–भारत सीमा क्षेत्रमा हुने विभिन्न आपराधिक क्रियाकलाप न्यूनीकरण तथा राजस्व चुहावट नियन्त्रण गर्ने ध्येयका साथ स्था...
Whatsapp
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने
उनलाई नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले परियोजनाको हालसम्मको  प्रगति र वर्तमान अवस्थाबारे जानकारी गराएका थिए।
Whatsapp
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको जोखिम बढ्न सक्ने
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको जोखिम बढ्न सक्ने
वैज्ञानिकहरूले उच्च तापक्रममा मलेरिया सार्ने लामखुट्टेको प्रजनन क्षमता बढाउन मद्दत गर्ने एउटा जीनको भिन्नता पत्ता लगाएका छन्।
Whatsapp
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशका विभिन्न जिल्लामा अनौपचारिक रूपमा सञ्चालन भएका खेलहरूको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थ...
Whatsapp
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा रहेका चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक बासस्थान निर्माण सुरु गरेको छ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस