गोरुलाई यातना दिएर यात्रा गराउने व्यक्ति प्रहरी खोरमा
२४ कार्तिक २०८१
•
१ मिनेट पाठ
गोरुलाई यातना दिएर यात्रा गराउने व्यक्ति प्रहरी खोरमा
ट्रकमा गोरु राखेर चरम यातना दिएको आरोपमा कपिलवस्तुमा एक जना पक्राउ परेका छन्। चन्द्रौटा कृष्णनगर सडक अन्तर्गत शिवराज नगरपालिका वडा नम्बर ७ जवाभरीमा बाराको निजगढ नगरपालिका वडा नम्बर ४ का २६ वर्षीय कमल धामी पक्राउ परेका हुन।




यस्तो मुद्दा जिल्लामा पहिलो पटक लगाइएको हो। ना ६ ख ३७०८ नम्बरको ट्रकमा २१ वटा गोरुलाई यातना दिएर ढुवानी गरेको आरोपमा धामीलाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक मोहनमणि अधिकारीले बताए। २१ वटा गोरु बाँधी राखेको, सबै गोरुहरूको पुच्छर ट्रकको छतमा डोरीले बाँधी झुन्डाएको, नाक डोरीले छेडी रगत निस्किरहेको, खुट्टा बाँधी पल्टाएको, त्रिपालले पुरै ढाकी स्वास(प्रश्वासमा अवरोध पुराएको अवस्थामा फेला पारिएको थियो।

इलाका प्रहरी कार्यालय गणेशपुरको टोलीले पिछा गरी रोकेर चेकजाँच गर्ने क्रममा सो फेला पारिएको हो। एक ठाउँबाट अर्को ठाउमा ओसार्दा पशुहरूलाई मापदण्ड विपरीत क्रूर व्यवहार गरिएको प्रहरी नायब उपरिक्षक अधिकारीले बताए। बरामद गरिएको गोरुलाई सार्वजनिक स्थलमा छाडिएको थियो।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २७ को दफा २९० (पशुपक्षीप्रति निर्दयी व्यवहार गर्न नहुने) को (१) बमोजिम कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुबाट ७ (सात) दिन म्याद थप लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पशु ऐन २००५ र नियमावली ५६ अनुसार जिल्लामा राँगा र गोरु ढुवानी गर्दा सामान्य मापदण्ड समेत पालना गर्ने गरिएको छैन।

गोरु भने तस्करहरूले कृषि प्रयोजन भन्दै पूर्वी नाका हुँदै बङ्गलादेशमा पुर्‍याउने गरेका छन्।अहिले पक्राउ गरिएको गोरु समेत बङ्गलादेश मै लग्न थालिएको थियो। प्रहरीले पटक पटक प्रयास गर्दा समेत गोरु तस्करी नियन्त्रणमा समस्या आए पछि बाध्य भएर निर्दयी व्यवहार सम्बन्धी मुद्दा चलाएको जनाएको छ। दोषी ठहरिए ३ महिना कैद वा ५ हजार वा दुवै सजाय हुने प्रावधान छ। 
अर्को समाचार
कपिलवस्तुमा शान्तिपूर्ण वातावरणमा २६३ मूर्ति विसर्जन
१९ कार्तिक २०८१
•
२ मिनेट पाठ
कपिलवस्तुमा शान्तिपूर्ण वातावरणमा २६३ मूर्ति विसर्जन
शान्ति सुरक्षामा अत्यन्त संवेदनशील मानिएको कपिलवस्तुको कृष्णगनरमा सुरक्षा घेरामा लक्ष्मीको मूर्ति विसर्जन गरिएको छ। दीपावलीमा निकालिएको लक्ष्मीको मूर्ति ड्रोन, सिसी क्यामेरा सहित व्यापक सुरक्षाकर्मी परिचालन गरी कृष्णगनर क्षेत्रमा विसर्जन  गरिएको हो। 




दुई वटा ड्रोन, अत्याधुनिक सिसिटिभी क्यामेरा र साढे पाँच सय बढी सुरक्षाकर्मीको घेराका बिच मूर्ति विसर्जन गरिएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ । जिप्रकाका अनुसार यस वर्ष तिहारमा कपिलवस्तुका १० पालिकामा २६३ लक्ष्मीको मूर्ति निकालिएको थियो।

कृष्णनगर बजार क्षेत्रमा यस वर्ष १० वटा मूर्ति निकालिएको थियो। मूर्ति विसर्जनका क्रममा ठुलो सङ्ख्यामा स्थानीयवासी नाचगानसहित सहभागी भएका थिए। निकालिएको मूर्तिलाई गाडीमा राखेर लगिएको थियो। मूर्तिलाई कृष्ण नगर बजारको परिक्रमा समेत गराइएको थियो। सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै साना सीमा नाका दिनभरि बन्द गरिएको र हाई प्वाइन्ट सेक्युरिटी परिचालन गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज खत्रीले बताए।

कृष्ण नगर क्षेत्रमा ७९ र बजारमा १० वटा मूर्ति  बढाइया तालमा विसर्जन गरिएको थियो । कृष्ण नगरमा मूर्ति विसर्जनका क्रममा विगत वर्षहरूमा साम्प्रदायिक घटना भएका थिए। २०७६ सालमा त्यहाँ मूर्ति विसर्जनका बेला एक जनाको मृत्यु हुनको साथै कयौँ घाइते भएका थिए। यस वर्ष फेरी सम्भावित घटनालाई रोक्न कृष्णगनर बजार क्षेत्र देखि मूर्ति सेलाउने स्थान कृष्ण नगर नगरपालिका वडा नम्बर १ बढाइया पोखरीसम्म ठुलो मात्रामा प्रहरी परिचालन गरिएको थियो। 

सोमवार बिहानै प्रजिअ विश्वप्रकाश अर्याल, प्रहरी उपरीक्षक निरंजनदत्त भट्ट, सशस्त्र प्रहरी उपरीक्षक रामजंग पाण्डेय ,सहितको टोली  समेत कृष्णगनर पुगेका थिए।

कृष्णगनर क्षेत्रमा मूर्ति विसर्जनका क्रममा नेपाल र सशस्त्र प्रहरी गरी साढे पाँच सय बढी सुरक्षाकर्मी परिचालन गरिएको प्रजिअ अर्यालले  बताए । यस वर्ष पनि त्यहाँ हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गरी तिहार भरी त्यहाँ ठुलो मात्रमा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी उपरीक्षक भट्टले बताए। कृष्ण नगरमा हुन सक्ने सम्भावित दङ्गालाई रोक्न मूर्ति विसर्जन दिउँसो नै गरी सक्नु स्थानीय स्तर मै नियम बनाइएको थियो।

शान्ति सद्भाव कायम गर्न कृष्ण नगर नगरपालिकाका मेयर रजत प्रताप शाहको संयोजकत्वमा समिति समेत निर्माण गरिएको थियो । मूर्ति विसर्जनलाई मध्यनजर गर्दै भारतीय समकक्षी सुरक्षाकर्मीसँग समेत समन्वय गरिएको थियो । प्रजिअ अर्यालले मूर्ति विसर्जनका क्रममा हुन सक्ने सम्भावित झडप र घटनालाई रोक्न जिल्लाभर शान्ति सुरक्षालाई मजबुत पारिएको बताए।

मूर्ति विसर्जनका क्रममा कहीँ कतै अप्रिय घटना नभएको उनले बताए। कृष्ण नगरका मेयर रजत प्रताप शाह मूर्ति विसर्जनमा आफै सहभागी भएका थिए। उनले सबैको प्रयासले यस वर्ष कृष्णगनरमा शान्तपुर्वक मूर्ति विसर्जन भएको बताए। कृष्ण नगरमा विगत ५ वर्ष यता दसैँ र तिहारमा निकालिएको मूर्ति सुरक्षा घेरा भित्रै मूर्ति विसर्जन गरिएको छ। 
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
यो पनि पढौँ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस