१३ घण्टामा पनि सकिएन रविको बयान, भोली पनि लिइने
२८ कार्तिक २०८१
•
३ मिनेट पाठ
१३ घण्टामा पनि सकिएन रविको बयान, भोली पनि लिइने
<br>
रास्वपाका सभापति रवि लामिछानेको बयान बुधबारका लागि सकिएको छ। मंगलबार रुपन्देही ल्याइएका लामिछानेसँग बुधबार साढे ८ घण्टा लामो बयान लिइयो। यसअघि मंगलबार ५ घण्टा बयान लिइएको थियो। मंगलबार र बुधबार गरी १३ घण्टा लामो बयान लिइँदा समेत बयान लिने कार्य अझै सकिएको छैन। अब बिहीबार पनि उनीसँग बयान लिइने छ।




गोर्खा मिडिया नेटवर्क मार्फत सुप्रिम सहकारीको रकम अपचलन गरेको सम्बन्धमा जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा उनको बयान लिइएको हो।

जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीका प्रमुख प्रेमराज पौडेल, इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डित सहित अनुसन्धान अधिकृतहरूले लामिछानेको बयान लिएका हुन।

जिल्ला न्यायधिवक्ता पौडेलले बुधबारको बयान सकिएको र बिहीबार बिहान १० बजेदेखी बयान पुनः सुरु हुने बताए। ‘उहाँसँगको बयान करिब करिब सकिएको छ, बाँकी भोली (बिहीबार) लिने छौं’ जिल्ला न्यायधिवक्ता पौडेलले भने।

लामिछानेको बयान सम्भवतः बिहीबार सकिने उनको भनाइ थियो। लामिछानेले मंगलबारको बयानमा जस्तै बुधबार पनि इनकारी बयान दिएको बताइएको छ।

जिल्ला सरकारी वकिलको कार्यालय भैरहवामा बयान चलिरहँदा सडकमा रास्वपाका नेता कार्यकर्ताहरुले आन्दोलन चर्काएका थिए। भैरहवा स्थित बर्मेली टोलमा रास्वपाका नेता कार्यकर्ताहरुले राष्ट्रिय झण्डा सहित प्लेकार्ड बोकेर नाराबाजी गरे।

उनीहरुले राजनीति प्रतिशोधकै लागि निर्दोष व्यक्तिलाई थुन्न नपाइने भन्दै लामिछानेको रिहाइको माग गरेका हुन। प्रदर्शनकारीहरूले सुरक्षा व्यवस्था तोडेर अगाडी बढ्न खोजेपछि केही बेर प्रहरीलाई रोक्न हम्मे हम्मे परेको थियो।

लामिछाने गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक हुन। उनी पदमा रहेकै बेला सुप्रिम सहकारीबाट ठुलो रकम गोर्खा मिडिया नेटवर्कमा गएको देखिएको छ। यसअघि भएका अनुसन्धान प्रतिवेदन अनुसार सुप्रिम सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा १४ करोड २९ लाख रुपैयाँ गैरकानुनी रुपमा गएको छ। त्यसमध्ये २ करोड लामिछानेको नाममा निकालिएको यसअघिका अनुसन्धान प्रतिवेदनमा औँल्याइएको छ।

बुटवलको राजमार्ग चौराहमा केन्द्रीय कार्यालय रहेको सुप्रिम सहकारीमा १० हजार ३ सय ९१ बचतकर्ता छन्। ती बचतकर्ताले जम्मा गरेको १ अर्ब ७ करोड मध्ये ८६ करोड १८ लाख रकम जीवी राईको समूहले अपचलन गरेको भन्दै सहकारीका १ हजार ८३१ बचतकर्ताले इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका छन्। तीनै उजुरीका आधारमा करिब ९ महिना अघि देखि सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धान जारी छ।

अनुसन्धानकै क्रममा प्रहरीले गत वैशाखमा सहकारीका संरक्षक तथा गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जीवी राई, सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ, सचिव दिपेश पुन,सहकारीका व्यवस्थापक सागर केशी लगायतका २८ जना विरुद्ध सरकारी वकिलको कार्यालय मार्फत मुद्दा दायर गरेको थियो।

ती मध्ये सात जना वैशाखमै पक्राउ परेका थिए। अध्यक्ष गुरुङलाई पुर्पक्षकालागि थुनामा पठाइएको छ। सचिव पुन सहितका ६ जना धरौटीमा रिहा भए। जीवी सहितका १९ जना अहिले पनि फरार छन्।

फरार १९ जना विरुद्ध जिल्ला अदालतले गत वैशाखमै पक्राउ पुर्जी गरी गरेको थियो। अनुसन्धानकै क्रममा गोर्खा मिडिया नेटवर्क प्रालिका संचालक, पदाधिकारी तथा सदस्यहरूको नाममा सुप्रिमबाट पैसा झिकेर गोर्खा मिडिया खर्च गरेको देखिएपछि रवि लामिछाने, पूर्व डिआइजी छविलाल जोशी लगायतका १२ जना विरुद्ध पनि जिल्ला अदालत रुपन्देहीले कात्तिक ८ मा पक्राउ पुर्जी जारी गरेको थियो।

सोही मुद्दामा गोर्खा मिडियाका उपाध्यक्ष रहेका पूर्व डिआइजी छविलाल जोशीलाई यसअघि नै रुपन्देहीमा बयान गरेर पोखरा पठाइएको छ। पूर्व गृहमन्त्री समेत रहेका लामिछानेलाई भने मंगलबार भैरहवा ल्याएर बयान लिन सुरु गरिएको हो।
अर्को समाचार
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
१९ मिनेट अघि
•
१ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
फाइल तस्बिर
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।

भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।

अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।

पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।

 

अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।

पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र  पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो। 

 



दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस