लोपन्मुख पञ्चेबाजा संरक्षणसँगै कमाई, एक पटक बजाउँदा ३० हजार
०४ मंसिर २०८१
•
३ मिनेट पाठ
लोपन्मुख पञ्चेबाजा संरक्षणसँगै कमाई, एक पटक बजाउँदा ३० हजार
नेपाली समाजमा पछिल्लो समय पञ्चेबाजा बजाउने परम्परा लोप हुँदै जान थालेको छ। जिल्लाको गढवा गाउँपालिका–६ परिचोकस्थित गढवा पञ्चेबाजा कला संस्कृति संरक्षण केन्द्र लोप हुने अवस्थामा पुगेको बाजाको संरक्षण र प्रवर्द्धन अभियानमा जुटेको हो।




पछिल्लो समय जिल्लामा आयोजना हुने विभिन्न कार्यक्रम, भेला तथा सम्मेलनमा पञ्चेबाजा बजाउन केन्द्रका प्रतिनिधि सहभागी हुन थालेका केन्द्रका अध्यक्ष दयाराम थापा बताउँछन्। परम्परागत महत्व बोकेको पञ्चेबाजा संरक्षण र प्रवर्द्धन गर्दै युवापुस्तामा सीप र कला हस्तान्तरण गर्ने उद्देश्यले बाजा संरक्षण अभियानमा जुटेको उनको भनाई छ।  

उनका अनुसार जिल्लामा आयोजना हुने प्रायः विवाह, व्रतबन्ध, चौरासी, विभिन्न सभासमारोहमा बाजा बजाउने जनशक्ति अभाव हुन थालेपछि केन्द्रको सक्रियतामा सीप सिकेर अभियान सञ्चालनमा ल्याइएको हो। यसले युवामा चासो बढ्नुका साथै कला नयाँ पुस्तामा हस्तान्त्रण समेत हुन थालेको उनले बताए।  

“केन्द्रमा सबै उमेर समूहका व्यक्तिहरु आवद्ध भएका यसले नयाँ पुस्तालाई बाजा बजाउन सीप प्रदान गर्नुका साथै कला, संस्कृति संरक्षण हुने विश्वास लिएका छौँ”, अध्यक्ष थापाले भने, “सबैले सहयोग गरिरहनुभएकाले पनि हामी सक्रिय भउर बाजा संरक्षण र प्रवर्द्धन अभियानमा जुटेका हौँ।”  

लोप हुन लागेको परम्परा बोकेको पञ्चेबाजा संरक्षणमा स्थानीय युवा पनि सक्रियाताका साथ जुटेको देख्दा खुसी लागेको ६३ वर्षीय थापाको भनाइ छ। बुढेसकालमा अरु गर्न नसके पनि आफूले जानेको सीप युवालाई सिकाउँदै बाजा संरक्षण, परम्परा जगेर्नाका साथै आयआर्जनमा पनि सहयोग पुगेको छ।  

गढवा–६ बालापुर निवासी अध्यक्ष थापाले विसं २०७६ देखि स्थापना भएको पञ्चेबाजा कला संस्कृति संरक्षण केन्द्रले अहिले पनि सक्रियताका साथ अभियान सञ्चालन गरिरहेको उहाँले जानकारी दिए। “पहिला मादल पनि बजाउन आउँदैनथ्यो, विस्तारै सबै सिक्दै जानेको हुँ”, उनी भन्छन्, “यहाँका ज्येष्ठ नागरिकको पहलमा बाजा बजाउन लागेका छौँ, यसले समाजमा सकारात्मक सन्देश दिने अपेक्षा छ ।”

अध्यक्ष थापाका अनुसार पञ्चेबाजा बजाउनकै लागि केन्द्रका प्रतिनिधि दाङसहित काठमाडौँ, बर्दिया, चितवनलगायत अन्य जिल्लाहरुमा पनि जाने गरेका छन्।  

गढवा–६ का ओमप्रसाद आचार्यले बुढापाकाले सञ्चालन गरेको पञ्चेबाजा संरक्षण अभियानमा युवापुस्ताले पनि सहयोग गर्दै आएका बताए। समूहमार्फत काम गर्दै आएकाले यसले पुस्ताहस्तान्त्रण हुँदै गएको उनको बुझाइ छ। “कहिलेकाही पञ्चेबाजाको माग धेरै ठाउँबाट एकै पटक आउने गरेको भन्दै आचार्यले पहिलोपटक हेर्न आउनेले ब्राह्मणले बाजा बजाएको देखेर अनौठो मान्नुहुन्छ” उनले भने।

केन्द्रका सदस्य माधवी नेपाली समूहका ज्येष्ठ नागरिकबाट पञ्चेबाजा बजाउन सिकेको भन्दै विभिन्न कार्यक्रममा सहभागी भएर आम्दानी पनि गर्दै आएको बताउँछन्। तेइस वर्षीय नेपालीले आफूले सिकेको सीप भाइबहिनीहरुलाई पनि सिकाएर पञ्चेबाजा पुस्तान्तरण अभियानलाई निरन्तरता दिने बताए।  

गढवा–६ हासिँपुरका थानेश्वर आचार्यले लोप भएको बाजालाई संरक्षण गर्न अभियान सुरु गरेको जानकारी दिएका छन्। केन्द्रका सदस्यसमेत रहेका उनले सुरुमा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रममार्फत रु दुई लाखको बजेटमा पञ्चेबाजा बजाउने तालिम लिएको जानकारी गराए। उनका अनुसार उक्त तालिममा १२ जना स्थानीयको सहभागिता थियो। स्थानीय सरकारले परम्परागत कला, संस्कृतिको संरक्षण र प्रवर्द्धनमा सीप विकाससम्बन्धी तालिम, अनुदानलगायत व्यवस्था गर्नुपर्नेमा उनको जोड छ।  

केन्द्रका सदस्य चुडामणी खनालले बाजा बजाएबापत समूहले जिल्लाभित्र एक पटकको रु २५ हजार र जिल्ला बाहिर जाँदा रु ३० हजार लिने गरेको जानकारी गराए। उक्त रकममध्ये रु पाँच हजार कोषमा जम्मा गर्ने र बाँकी बाजा बजाउने समूहका सदस्यले पारिश्रमिकस्वरुप लिने गरेका छन्। रासस
अर्को समाचार
कटेशखोला नजिक हाइसबस दुर्घटना
२४ मंसिर २०८१
•
१ मिनेट पाठ
कटेशखोला नजिक हाइसबस दुर्घटना
<br>
पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङमा हाइस दुर्घटनामा परेको छ। त्यहाँको राप्ती गाउँपालिका–२ स्थित कटेशखोला नजिक गएराति लु २ ख ४२०४ नम्बरको हाइसबस दुर्घटनामा परेको हो।




कपिलवस्तुको चन्द्रौटाबाट लमहीतर्फ जाँदै गरेको हाइसबस अनियन्त्रित भएर दुर्घटनामा परेको ट्राफिक प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार कुनैपनि मानवीय क्षति भएको छैन्। रासस
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस