अपाङ्गता भएकाहरूको दु:ख: यात्रा न सहज छ, न त मीठो बोल्छन्
०५ मंसिर २०८१
•
८ मिनेट पाठ
अपाङ्गता भएकाहरूको दु:ख: यात्रा न सहज छ, न त मीठो बोल्छन्
झापाकी सुजता लिम्बू सेतो छडी बोकेर दैनिक डाँछीबाट चाबहिल–रत्नपार्क–डाँछी गर्छिन् । उनलाई बतासिँदै हुइँकिने गाडीहरू बस, माइक्रो, ट्रक के हुन्, छुटाउन गाह्रो पर्छ । उनले बस चढ्नलाई धेरै बेर कुर्नुपर्छ, किनभने उनलाई हात दिएर चढाउने सहचालक कमै भेटिन्छन् । त्यसो त उनी बसभित्र गरिने व्यवहारसँग वाक्क छिन्, अपाङ्गता भएका व्यक्तिहरूका लागि आरक्षित स्थान छाडिँदैन, त्यहीमाथि चालक, सहचालक वा यात्रु; कसैको व्यवहारमा नरमता पाइँदैन ।




काठमाडौंको नख्खु बस्दै आएकी ठकुमाया मगर कान सुन्दिनन् । अरुले बोलेको नसुन्ने र आफ्नो भाषा बुझाउन कठिन हुने हुनाले धादिङ माइती आइजाइ गर्दा कैयौं पटक गाडी स्टाफसँग उनको झगडा परेको छ । ठकुमायाले अपङ्गाताको परिचयपत्र देखाउँदासमेत छुट पाउँदिनन् । सार्वजनिक सवारीका दु:ख देख्दा कहिलेकाहीँ त उनी आफैँ गाडी चलाउन तम्सिन्छिन् । हिजोआज उनलाई लाग्न थालेको छ- आफैँ गाडी चलाउँ । 

स्नातकसम्मको अध्ययन गरेका जाजरकोटका भरत बीसीले अध्ययनका क्रममा पाउनु दुःख पाए । स्पाइनल कर्ड इन्ज्यूरी भएका उनले कीर्तिपुर–लगनखेल–जावलाखेल गर्दा सार्वजनिक यातायातमा अनेकौं समस्या भोगे । ह्वीलचेयरसहित गाडीमा चढ्नु पर्दाको दुःख उनी अहिले सम्झनै चाहन्नन् । त्यसमाथि  चालक र सहचालकको व्यवहार झनै पीडादायी हुने गर्छ ।

०००

यी त केही प्रतिनिधि उदाहारण मात्रै हुन् । सङ्घीय राजधानी काठमाडौंसहित मुलुकभर चल्ने सार्वजनिक सवारी साधन अपाङ्गतामैत्री छैनन् । पछिल्लो समय साझा यातायातले खरिद गरेको इलेक्ट्रिक बसबाहेक बाँकी सबै सार्वजनिक यातायातका साधन अपाङ्गता भएका व्यक्तिका लागि यात्रा गर्न लायक छैनन् । यात्राका क्रममा गरिने व्यवहारमा पनि अपेक्षाअनुसारको सुधार हुन सकेको छैन । चालक, सहचालकदेखि यात्रुको नजर नै उनीहरूप्रति सही देखिँदैन ।

राष्ट्रिय शारीरिक अपाङ्ग सङ्घले ललितपुरमा हालै गरेको कार्यक्रममा अपाङ्गता भएकाहरूले सवारी चढ्ने, झर्ने, सवारीभित्र बस्न अप्ठेरो हुने गरेको बताउँदै आफूहरूले पाउने सुविधामा समेत विभेद हुने गरेको गुनासो गरे । केही सवारी साधनमा चढ्न र झर्न सजिलो हुने भए पनि बाँकी सबै गाडी अग्लो भएको उनीहरूको भनाइ छ । सार्वजनिक सवारी साधनभित्र छिरे पनि बसेर यात्रा गर्न भने सङ्घर्ष नै गर्नुपर्ने उनीहरूको गुनासो छ ।

यातायात व्यवसायी र ट्राफिक प्रहरी भने पछिल्लो समय यसमा धेरै सुधार भएको दाबी गर्छन् । पछिल्लो समय चालक र सहचालकलाई तालिमको व्यवस्था गर्ने गरेको जानकारी गराउँदै उनीहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई गर्ने व्यवहारमा सुधार आएको बताउँछन् । गाडीभित्र पनि सचेतनास्वरूप स्टिकरहरू राखेको र त्यसमा निरन्तर अनुगमन भइरहेको उनीहरूको दाबी छ ।

अपाङ्गता भएका व्यक्तिहरुको अधिकारसम्बन्धी ऐनमा उनीहरूलाई शैक्षिक संस्था, आवास, कार्यस्थल, भवन, सडक, यातायात, विद्युतीय सञ्चार सेवालगायत सर्वसाधारणलाई खुला भएका वा प्रदान गरिएका अन्य सेवा तथा सुविधाहरूमा सहज पहुँचको अधिकार हुने उल्लेख छ । यस्तै अपाङ्गता भएका व्यक्तिलाई अन्य व्यक्तिसरह आफ्नो सहायक सामग्री र आफूले रोजेको सहयोगीका साथ आवतजावत गर्ने अधिकारको पनि सुनिश्चित गरिएको छ ।

सुजाता लिम्बू (दृष्टिविहीन) 

म डाँछीमा बस्छु । त्यहाँबाट चाबहिल, रत्नपार्क आइजाइ गरिरहन्छु । गाडी चढ्नका लागि बाटोमा सेतो छडी लिएर उभिरहँदा पनि धेरै चालकले गाडी रोकिदिनु हुन्न । आवाज सुनेर म चढ्ने गाडी हो होइन भन्ने कुरा पनि मैले पत्ता लगाउन सक्दिनँ । बल्लतल्ल गाडी रोकिन्छ तर,भीड छ भने चढ्न र यात्रा गर्न झनै कठिन हुन्छ । यात्रुको व्यवहार पनि त्यति राम्रो हुँदैन । एकदुई जनाबाहेक सहचालकले पनि नराम्रो बोली बोल्छन् । अपाङ्गता भएका व्यक्तिका लागि भनेर छुट्याइएको सिटमा पनि अरु नै कोही बसेका हुन्छन् । एकाधबाहेक अन्यले सिट छाड्दैनन् । उभिएर पनि यात्रा गर्नुपर्ने हुन्छ । धेरै भीड भएको समयमा त केहीको व्यवहार पनि राम्रो नहुने पाएकी छु । पछिल्लो समय बिजुलीबाट चल्ने गाडीहरूको प्रयोग बढेकाले पैदलै हिँड्न पनि समस्या भएको छ । ती गाडीको आवाज सुनिन्न । जेब्रा क्रसिङ भएको ठाउँबारे पनि थाहा हुन्न । त्यहाँ कुनै सङ्केत राखिएको हुँदैन । गाडी चढ्ने ठाउँबारे पनि थाहा नहुने भएकाले जहाँ पायो त्यहीँबाट चढ्नुपर्छ । यसले पनि समस्या दिन्छ । 

ठकुमाया मगर (बहिरा व्यक्ति)
ठकुमाया मगर (बहिरा व्यक्ति)

मेरो माइती धादिङ हो । म अहिले नख्खुमा बस्छु । काठमाडौंमा चल्ने सार्वजनिक सवारी साधनमा हामीजस्ता अपाङ्गता भएकाहरूलाई गरिने व्यवहारमा थोरै सुधार भएको छ तर, पर्याप्त छैन । काठमाडौं बाहिरका गाडी त चढ्दै नचढौँ लाग्छ । माइती आइजाइ गर्दा धेरै पटक सहचालकसँग विवाद भएको  छ । उनी मेरो कुरा बुझ्दैनन् । म उनले बोलेको सुन्दिनँ । अपाङ्गता भएर पनि मैले छुट पाउनुको साटो बढी भाडा तिरेकी छु । परिचयपत्र देखायो भने छुट दिन मान्दैनन् । हाम्रो लागि छुट्याइएको सिटमा अरु नै बसेकाले बस्न पाइँदैन । अरु सिटमा बस्न खोज्यो भने अपाङ्गता भएकाहरूलाई सिट छ त भनेर पठाइन्छ । बरु मलाई नै लाइसेन्स दिनुहोस् । म अन्य चालकले भन्दा राम्रोसँग गाडी चलाउन सक्छु ।

भरत बिसी (स्पाइनल कर्ड इन्ज्यूरी)
भरत बिसी (स्पाइनल कर्ड इन्ज्यूरी)

मेरो घर जाजरकोट हो । मैले सानै उमेरदेखि यहीँ बसेर पढेको हुँ । एसईई र प्लस टू पढ्दा मैले धेरै नै दुःख पाएँ । कीर्तिपुरबाट दैनिक लगनखेल र जावलाखेल गर्दा धेरै समस्या भोग्नुपर्‍यो । म अहिले यात्रा गर्छु, खेल्छु र पढ्छु । अहिलेको जस्तो चेतना पनि चालक र सहचालकमा थिएन । मेरो ह्वीलचेयरसहित गाडीमा राख्नु पर्ने र मलाई पनि बोकेर राख्नुपर्ने भएकाले हतपती गाडी रोकिन्न थियो । चढे पनि सिट दिन नमान्ने । कति पटक त चालक र सहचालको व्यवहार र बोलीले हीनताबोधसमेत भएको थियो । राम्रो बोलीले मात्र पनि मेडिटेशनको काम गर्ने रहेछ । काठमाडौं बाहिरको अवस्था त झनै विकराल छ । लामो दूरीको यात्रा गर्दा ह्वीलचेयरलाई डिकीमा राखिन्छ । बाहिर जानुपर्ने अवस्थामा पनि ह्विलचेयर बिना सम्भव हुँदैन । काठमाडौंमा सुरु भएको सुविधा देशभर फैल्याउन आवश्यक छ ।

अनु राई (स्पाइनल कर्ड इन्ज्यूरी)
अनु राई (स्पाइनल कर्ड इन्ज्यूरी)

म गोकणेश्वरमा बस्छु । काम विशेषले काठमाडौं आइजाइ गरिरहनु पर्छ । कम्मरमुनिको भाग नचल्ने भएकाले सार्वजनिक यातायातमा यात्रा गर्न समस्या हुने भएपछि अधिकांश समय मैले ट्याक्सी चढेँ तर, धेरै नै महङ्गो भयो मेरो यात्रा । अहिले आफैँ चार पाङ्ग्रे स्कूटर चलाउँछु । तर, पनि समस्या जस्ताको त्यस्तै छ । धेरै ठाउँमा स्कूटर चलाउन सहज हुँदैन । काठमाडौंका बाटाहरू अप्ठेरा छन् । अलि सहज ठाउँ खोजेर चलायो भने ट्राफिक नियम उल्लङ्घन गरेकामा फाइनमा परिन्छ । नियम नै उल्लङ्घन गर्नुपर्छ भन्ने हाम्रो माग हैन तर, अवस्था हेरेर हामीलाई यात्रामा सहज बनाइदिए आभारी हुने थियौँ ।

कोपिला गुरुङ (लो भिजन)
कोपिला गुरुङ (लो भिजन)

म कीर्तिपुरमा बस्छु । लोकसेवाको तयारी गरिरहेकाले त्यहाँबाट बागबजार आइजाइ गरिरहनु पर्छ । कीर्तिपुरबाट रत्नपार्क चढ्ने माइक्रोले प्रायः रोक्दैनन् । ठूला बसहरूमा चढेर यात्रा गर्नुपर्छ । बल्लबल्ल भित्र छिर्‍यो, सम्हालिन नपाउँदै गाडी हुइँक्याइहाल्छन् । सिट पनि पाइन्न । आँखा कम देख्ने भएकाले धेरैले ठगेको भन्छन् । सिट दिँदैनन् । बुढाबुढी, बच्चाहरू बसेका हुन्छन् उठाउनै नमिल्ने हुन्छ । यस्तोमा सहचालकको भूमिका पनि समन्वयकारी भएको पाएकी छैन ।

गोपालचन्द्र गुरुङ (यातायात व्यवसायी)

म नेपाल यातायातमा आबद्ध छु । सवारी सञ्चालनका क्रममा हामीले पूर्ण रूपमा नियमको पालना गरेका छौँ । गाडीभित्र सचेतनाका सङ्केत, स्टिकरहरू राखेका छौँ । अपाङ्गता भएका व्यक्तिहरूलाई ठाउँ ठाउँबाट चढाएर यात्रा गराएका छौँ । गाडीभित्र पनि सिटको व्यवस्था गर्ने गरेका छौँ । नराम्रो व्यवहार गर्ने चालक र सहचालकलाई कार्यालयमा बोलाएर सम्झाउने गरेका छौँ । विभिन्न ठाउँमा उभिरहेका अपाङ्गता भएका व्यक्तिहरूलाई गाडीमा चढाउँदा भने जहाँ पायो त्यहीँ रोकेको भनेर फाइन तिराइन्छ, यसको अन्त्य हुनु जरुरी छ । अपाङ्गता भएका साथीहरूलाई पनि बसस्टपमा नै गाडी कुरिदिनु आग्रह गर्छु । 

कार्यक्रममा सहभागी यातायात व्यवसायीहरू
जोन तामाङ (यातायात व्यवसायी)

म आबद्ध गाडी साझा यातायात हो । साझाले पछिल्लो समय होचा बसहरू भित्र्याएको छ । यो अन्त्यन्तै प्रभावकारी छ । गाडीमा आफैँ चढ्न नसक्ने अपाङ्गता भएका व्यक्तिहरूलाई सहचालकले आफैँ सहयोग गर्छन् । जति समय लाग्छ चढाएर मात्र गाडी चलाउँछन् । यस्तै प्रकारका बसहरू बढी चलाउने उद्देश्यले थप केही मगाइएको पनि छ । तर, पनि हामीले पूर्ण रूपमा अपाङ्गता भएका व्यक्तिलाई सेवा भने दिन सकिरहेका छैनौँ । सचेतना तालिम भने निरन्तर दिरहेका छौँ । दक्ष जनशक्तिको अभाव छ । 

विनिता शर्मा (प्रतिनिधि, महालक्ष्मी नगरपालिका) 
विनिता शर्मा (प्रतिनिधि, महालक्ष्मी नगरपालिका) 

हरेक वर्ष स्थानीय तहले अपाङ्गता भएका व्यक्तिका लागि भनेर बजेट विनियोजन गरेको हुन्छ । तर उपयुक्त कार्यक्रमको अभावमा पूरै खर्च हुँदैन । कार्यक्रम बनिहाले पनि राम्रा कार्यक्रम बन्दैनन् । बजेट सक्ने उद्देश्यले मात्र कार्यक्रमको आयोजना भएको पाइएको छ । कतिपय स्थानीय तहका भवनहरू नै अपाङ्गमैत्री छैनन् । हाम्रै भवन छैन । राम्रा कार्यक्रम ल्याउन सके बजेटको सही सदुपयोग हुने थियो । यसले अपाङ्गता भएकाहरूको जीवनस्तर उकास्न सजिलो हुने थियो ।

बिकुनारायण कासिछेवा (ट्राफिक प्रहरी)
बिकुनारायण कासिछेवा (ट्राफिक प्रहरी)

म ललितपुर ट्राफिकमा गएको ८ महिना भयो । यो बीचमा अभद्र व्यवहार भयो भनेर एउटा पनि उजुरी आएको छैन । अन्य ठाउँमा पनि यस्ता उजुरी धेरै नै आउँथ्यो । अहिले कम भएको छ । हामीले सम्बन्धित व्यक्तिहरूसँग समन्वय गरेर सचेतना कार्यक्रमहरू निरन्तर गर्दै आएका छौँ । बसहरू अपाङ्गतामैत्री छैनन् । सामान्य मान्छेलाई पनि चढ्न गाह्रो हुने खालका छन् । दुर्व्यवहार गर्ने र बढी भाडा लिनेलाई जरिबाना हुन्छ र उजुरीका आधारमा गर्दै पनि आएका छौँ ।
अर्को समाचार
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
१ घण्टा अघि
•
१ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
फाइल तस्बिर
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।

भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।

अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।

पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।

 

अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।

पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र  पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो। 

 



महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १४ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस