ग्राहकको विवरण ‘अनलाइन ठगहरू’ लाई बेच्ने खल्ती वालेटका तीन कर्मचारी पक्राउ
११ मंसिर २०८१
•
१ मिनेट पाठ
ग्राहकको विवरण ‘अनलाइन ठगहरू’ लाई बेच्ने खल्ती वालेटका तीन कर्मचारी पक्राउ
.
अनलाइन ठगी गिरोहसँग मिलेर डिजिटल वालेट सेवा प्रयोगकर्ताको व्यतिगत विवरण दुरुपयोग गरेको आरोपमा प्रहरीले खल्ती वालेटका तीन कर्मचारी पक्राउ गरेको छ।




धादिङ ज्वालामुखी गाउँपालिका–५ का २० वर्षीय साहिल श्रेष्ठ, गोरखा सिरानचोक गाउँपालिका–४ का २२ वर्षीय सविन कुमार कुमाल र रामेछाप उमाकुण्ड गाउँपालिका–२ का २२ वर्षीय सुरेन्द्र बस्नेत पक्राउ परेकाहरू हुन्। तीनै जना काठमाडौंको तिलगंगा, कलंकी र पशुपति क्षेत्रमा बसोबास गर्दै आएका थिए।

प्रारम्भिक अनुसन्धानका क्रममा ती कर्मचारीहरूले डिजिटल वालेट सेवामा प्रयोगकर्ताहरूले अपलोड गरेका नागरिकताको प्रतिलिपि, फोटोजस्ता गोप्य कागजातहरू गैरकानुनी रूपमा डाउनलोड गरी आपराधिक गिरोहलाई बेच्ने गरेको खुलेको छ।

गिरोहले ती विवरणको प्रयोग गरी फरक-फरक मोबाइल नम्बरमार्फत ५५ भन्दा बढी नक्कली खाता खोल्ने र आर्थिक कारोबार गर्ने गरेको 

प्रहरी उपरीक्षक अंगुर जीसीले जानकारी दिए।

वालेट कम्पनीले आफ्ना कर्मचारीहरूले विश्वासघात गरेको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिएको थियो।

पक्राउ परेका तीन जनालाई ललितपुरको जिल्ला प्रहरी परिसरमा थप अनुसन्धानका लागि पठाइएको छ। प्रहरीका अनुसार उनीहरूले कुन गिरोहसँग मिलेर काम गरेका थिए भन्ने विषयमा अनुसन्धान जारी छ।

प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी गरिरहेको छ भने डिजिटल वालेट सेवा प्रदायकहरूले आफ्नो प्रणाली सुधार्न र दुरुपयोग रोक्न थप कदम चाल्नुपर्ने बताइएको छ।

यस घटनाले डिजिटल वित्तीय सेवा प्रदायकहरूको सुरक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ।
अर्को समाचार
ग्राहकको विवरण ‘अनलाइन ठगहरू’ लाई बेच्ने खल्ती वालेटका तीन कर्मचारी पक्राउ
११ मंसिर २०८१
•
२ मिनेट पाठ
ग्राहकको विवरण ‘अनलाइन ठगहरू’ लाई बेच्ने खल्ती वालेटका तीन कर्मचारी पक्राउ
डिजिटल वालेट सेवा प्रदायक कम्पनी खल्तीका तीन कर्मचारीले सेवाग्राहीको व्यक्तिगत विवरण दुरुपयोग गरी अनलाइन ठगीको गिरोहलाई उपलब्ध गराएको तथ्य सार्वजनिक भएको छ। यस प्रकरणमा कम्पनीकै जाहेरीमा कार्यरत कर्मचारीहरूलाई पक्राउ गरिएको छ।




धादिङ ज्वालामुखी गाउँपालिका–५ का २० वर्षीय साहिल श्रेष्ठ, गोरखा सिरानचोक गाउँपालिका–४ का २२ वर्षीय सविन कुमार कुमाल र रामेछाप उमाकुण्ड गाउँपालिका–२ का २२ वर्षीय सुरेन्द्र बस्नेत पक्राउ परेकाहरू हुन्। उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। तीनै जना काठमाडौंको तिलगंगा, कलंकी र पशुपति क्षेत्रमा बसोबास गर्दै आएका थिए।

केवाईसी प्रमाणीकरणको जिम्मेवारीमा रहेका ती कर्मचारीहरूले सेवाग्राहीले खल्ती वालेटमा अपलोड गरेका नागरिकताको प्रतिलिपि, फोटो तथा अन्य कागजात डाउनलोड गरी अनधिकृत व्यक्तिका नाममा फरक-फरक मोबाइल नम्बर प्रयोग गर्दै ५५ भन्दा बढी नक्कली खाता खोलेको खुलेको छ। ती खाताहरू अनलाइन ठगी र अवैध आर्थिक कारोबारमा प्रयोग भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अंगुर जीसीले नागरिक न्युजलाई जानकारी दिए।

“अनलाइन स्क्यामहरू अहिले पछिल्लो समय निकै बढिरहेका छन्। उजुरीहरू पनि प्रशस्तै आइरहेका छन्। यिनै अपराधहरूको अनुसन्धान गर्न हामीले विभिन्न वालेट तथा बैंकहरूसँग केवाईसी विवरण माग्ने गर्छौँ। तर केहीले केवाईसी विवरण दिन आनाकानी गरे। त्यसपछि उक्त कम्पनीले आन्तरिक अनुसन्धानपछि आफ्नै कर्मचारीहरूले सो अपराध गरिरहेको भन्ने जानकारी पछि हामीले जाहेरी दिन आग्रह गर्‍यौँ। त्यसपछि पक्राउ गरेको हो।” उनले भने।

प्रहरीका अनुसार उनीहरूले कुन गिरोहसँग मिलेर काम गरेका थिए भन्ने विषयमा अनुसन्धान जारी छ।

खल्तीका व्यवस्थापनले आफ्ना कर्मचारीको गतिविधिमा शंका लागेपछि प्रहरीसमक्ष उजुरी दिएको थियो। प्रारम्भिक छानबिनका क्रममा प्रहरीलाई कर्मचारीहरूको संलग्नता पुष्टि भएपछि तीन जनालाई नियन्त्रणमा लिइयो। पक्राउ परेका कर्मचारीहरूलाई अपराध सम्बन्धी विश्वासघातको कसुरमा अनुसन्धान गर्न ललितपुर जिल्ला प्रहरी परिसर पठाइएको छ।

खल्तीले घटनाप्रति गम्भीर ध्यानाकर्षण गर्दै प्रणाली सुधारका लागि तत्काल कदम चालिने जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका कर्मचारीहरूले कुन गिरोहसँग सहकार्य गरेका थिए र त्यसको व्यापकता कति थियो भन्ने थप अनुसन्धान भइरहेको छ।

यो घटनाले डिजिटल वित्तीय सेवा प्रदायकहरूका सुरक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ।

डिजिटल भुक्तानी प्रणालीको बढ्दो प्रयोगसँगै यस प्रकारका घटनाहरूले वित्तीय सेवा प्रदायक कम्पनीहरूलाई उनीहरूको सुरक्षा प्रणाली मजबुत बनाउन चुनौती दिएको छ।

विशेषज्ञहरूले सेवाग्राहीको विश्वास कायम राख्न कम्पनीहरूले आफ्नो प्रणालीको निरन्तर परीक्षण र अद्यावधिक गर्नुपर्नेमा जोड दिएका छन्।

यो घटना डिजिटल अर्थतन्त्रको विश्वसनीयतालाई कायम राख्न आवश्यक सुधारका लागि एउटा चेतावनी साबित भएको छ।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस