सहकारीमा कार्यरत कर्मचारीहरूलाई सुरक्षा कोषमा आबद्ध गर्न आवश्यक: मन्त्री अधिकारी
११ मंसिर २०८१
•
१ मिनेट पाठ
सहकारीमा कार्यरत कर्मचारीहरूलाई सुरक्षा कोषमा आबद्ध गर्न आवश्यक: मन्त्री अधिकारी
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारीमा कार्यरत कर्मचारीहरूलाई समेत योगदानमा आधारित सुरक्षा कोषमा आबद्ध गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।




नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा मंगलवार आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले हजारौँ मान्छेहरू कर्मचारीको रुपमा सहकारीमा आबद्ध रहेको उल्लेख गर्दै उनीहरूलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन आवश्यक रहेको बताए।

उनले सामाजिक सुरक्षा कोषमा आबद्ध हुन केही कानुनी जटिलताहरू रहेको उल्लेख गर्दै नमिलेका कानुन, ऐन र विधिहरू समयानुकूल बनाउन सरकारले चासो दिएको बताए। उनले सहकारीहरू देखिएको समस्यालाई लिएर भ्रम फैलाइएको समेत बताए। मुलुकमा ३१ हजार बढी सहकारी रहेको भए पनि एक दुई सय सहकारीमा देखिएको समस्यालाई लिएर प्रचार गरिएको भन्दै असन्तुष्टि व्यक्त गरे।

मन्त्री अधिकारीले थोरै सहकारीहरूले बदमासी गरेको भए पनि सबै सहकारीहरू खराब हुन् भन्ने प्रचार गरिएको उल्लेख गर्दै यसलाई चिर्न जरुरी रहेको बताए। 
अर्को समाचार
नेपालको राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर सरकार अघि बढ्छ: मन्त्री अधिकारी
१५ मंसिर २०८१
•
२ मिनेट पाठ
नेपालको राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर सरकार अघि बढ्छ: मन्त्री अधिकारी
.
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले नेपालको राष्ट्रिय हितलाई उच्च प्राथमिकतामा राखेर वर्तमान सरकार अघि बढ्न स्पष्ट पारेका छन्।




प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको सन्दर्भमा नेपाल–चीन हिमालयन मैत्री समाज र ट्रान्सहिमालयन अनुसन्धान तथा अध्ययन प्रतिष्ठानद्वारा शनिबार आयोजित ‘नेपाल–चीन सम्बन्ध: बिआरआई कार्यान्वयन’ विषयक अन्तरक्रियामा उनले राष्ट्र र जनताको हितविपरित कुनै सम्झौता नहुने बताएका हुन।

मुलुकको आर्थिक समृद्धिका लागि आवश्यक परेको अवस्थामा सरकारले ऋण र अनुदान दुवै लिन सक्ने जनाउँदै मन्त्री अधिकारीले अहिले बाहिर सार्वजनिक भए जस्तो ‘चीनसँग ऋण नलिने’ भन्ने विषय हुँदै नभएको स्पष्ट पारे “सकेसम्म ऋण नलिने भन्ने हो, लिनै परे उत्पादन मुलक क्षेत्रमा लगानी गर्ने हो”,उनले भने।

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मीनेन्द्र रिजालले नेपालले आवश्यकता ठानेका उच्च प्राथमिकतायुक्त परियोजनाका लागि वैदेशिक सहयोग लिनुपर्नेमा जोड दिँदै छिमेकी चीनसँगको सम्बन्धलाई प्रगाढ बनाएर नेपालको विकासका लागि पहल गर्नुपर्ने बताए।

नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री महेन्द्रबहादुर पाण्डेले राष्ट्रिय हितलाई केन्द्रमा राखेर चीनसँग बिआरआई सम्झौता अघि बढाउन उपयुक्त हुने सुझाव दिए।“मुलुकलाई अहित हुने प्रावधान छन् भने अनुदान वा ऋण दुवै लिन हुँदैन”,उनले भने,“बिआरआई राष्ट्र हितमा छ भने लिऔँ, छैन भने छाडौँ।”

एमाले नेता एवं पूर्वमन्त्री आनन्द पोखरेलले राष्ट्रिय सहमति कायम गरेर बिआरआई सम्झौता गर्नु उचित हुने धारणा राख्दै दबाबमा नभई आवश्यकताका आधारमा परियोजना छनोट गर्नुपर्ने बताए।“बिआरआई आर्थिक विकास र क्षेत्रीय ‘कनेक्टिभिटी’ को वृहत अवधारणा हो”,उनले भने “बिआरआई सम्झौता गर्नुपर्छ, यो सम्झौता नगरेमा ऐतिहासिक अवसर गुम्नेछ।”

नेकपा (माओवादी केन्द्र)का नेता हिमाल शर्माले बिआरआई अन्तर्गतका परियोजना छनोट र कार्यान्वयनमा राष्ट्रिय एकता कायम गरेर जानुपर्नेमा जोड दिँदै कार्यान्वयन सम्झौता नगरी अनुदान कि ऋण भनेर वहस गर्नुको अर्थ नभएको बताए।

चीनका लागि पूर्व नेपाली राजदूत लीलामणि पौड्यालले वैदेशिक सम्बन्धका आधारभूत विषयमा राजनीतिक दल र बौद्धिक जगतमा मैतक्य हुनुपर्नेमा जोड दिए।“बिआरआई सम्झौतामा नेपालको सार्वभौम अधिकारमाथि किञ्चित अप्ठ्यारो पार्ने गरी शब्द, वाक्य र प्रावधान छैनन्”,उनले भने,“चीनसँग नेपालको सुख, दुःख र विश्वासको सम्बन्ध हो, कुनै हालतमा विश्वसाको सङ्कट टुटाउन हुँदैन।”

राष्ट्रिय प्रजातन्त्र पार्टीका सहकोषाध्यक्ष सोवित उप्रेतीले दुई देशबीचको सम्बन्धलाई नै असर पुग्ने गरी बिआरआईका बारेमा टिप्पणी गर्न नहुने बताए। 
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २१ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस