साहारा चितवन सहकारी ठगी प्रकरण:रविसँगै चार हिरासतमा, २३ अझै फरार
१२ मंसिर २०८१
•
३ मिनेट पाठ
साहारा चितवन सहकारी ठगी प्रकरण:रविसँगै चार हिरासतमा, २३ अझै फरार
चितवन जिल्ला अदालतले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम हिनामिना आरोपमा पक्राउ गरी अनुसन्धान गर्न आदेश दिएकामध्ये २३ जना अझै फरार छन्।




जिल्ला अदालतले यही मंसिर ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित १० र त्यसअघि १७ जना अरोपितलाई पक्राउ गरी अनुसन्धान गर्न आदेश दिएको थियो। साहारा चितवन सहकारीका बचतकर्ताले सहकारीको रकम हिनामिना गरेको आरोपमा दुई पटक गरी २७ जनाविरुद्ध किटानी उजुरी दिएका थिए।  

उजुरी दिइएकामध्ये रास्वपाका सभापति लामिछानेसहित चारजना अनुसन्धानको दायरामा आएका छन्। आरोपितमध्ये गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक लामिछाने, छविलाल जोशी, कुमार रम्तेल र नेचर हर्बस इन्टरनेसनल प्रालिका सेयरधनी रामबहादुर खनाल प्रहरी नियन्त्रणमा छन्।  

लामिछाने, खनाल र जोशी कास्की प्रहरीको हिरासतमा र रम्तेल पुर्पक्षका लागि कास्की कारागारमा छन्। चितवनमा उजुरी परेका यी चारजनालाई कास्कीको पोखरास्थित सुपिम्र सहकारी ठगी आरोपमा कास्की प्रहरीले पक्राउ गरेको हो।

साहारा सहकारी ठगी प्रकरणमा चितवन प्रहरीको फरार सूचीमा गितेन्द्रबाबु (जिबि) राई, साहारा सहकारीका व्यवस्थापक सागर केसी, पूर्वअध्यक्ष वीरबहादुर रानाभाट, हालका उपाध्यक्ष हेमन्त अधिकारी, कार्यसमिति सदस्य छत्रमणि भट्टराई, भुपेन्द्र राई, अनन्तबाबु राई, आशीष आनन्द, देवेन्द्रबाबु राई, साहारा चितवन सहकारी नारायणगढ शाखाका व्यवस्थापक दिनेश रोका, लेखा अधिकृत दीपा न्यौपाने, ऋण अधिकृत शिवप्रसाद आचार्य, टाँडी शाखाका व्यवस्थापक तिर्थराज लामिछाने, ऋणी शरण विश्वकर्मा, थमन भन्ने दानबहादुर बुढामगरलगायत रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक ९डिएसपी० ज्ञानकुमार महत्तोले जानकारी दिए।  

यसैगरी अदालतबाट यही मंसिर ७ गते पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिइएका जिबी ग्रुप कम्पनीका सेयरधनी विशाल तामाङ, नवीन अछामी, रविना रिमाल, असरफ अलि सिद्धिकी, नेचर नेस्ट प्रालिका सेयरधनी दीपक लामा, स्प्रिङ उड रियल स्टेटका सेयरधनी भगवती बम्जन, नेचर हर्बस इन्टरनेसनल प्रालिका शेयरधनी कविता तामाङ फरार छन्। उनीहरूको खोजी भइरहेको डिएसपी महत्तोले बताए। ‘यही मंसिर ७ मा पक्राउका लागि अनुमति दिइएकामध्ये तीनजना रवि लामिछाने, छविलाल जोशी कास्की प्रहरी हिरासतमा र कुमार रम्तेल कास्की कारागारमा छन्। साहारा सहकारीका बचतकर्ताको ३७ करोड ६५ लाख ६४ हजार ५ सय ४६ रूपैयाँ हिनामिना गरेको ठहर गर्दै प्रहरीले यसअघि १७ जनाविरुद्ध मुद्दा चलाउन सुझाएको थियो। सोही आधारमा अदालतबाट थप अनुसन्धानका लागि १७ जनालाई पक्राउ आदेश भएको थियो।

चितवनको साहारा चितवन सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा १० करोड ८० लाख १८ हजार १५१ लाख रूपैयाँ गएको देखिएको छ। साहारा सहकारीबाट नेचर हर्बस इन्टरनेसनल प्रालिमा ९ करोड ७३ लाख ८१ हजार ५९७, जिबी ग्रुप अफ कम्पनीमा ९ करोड २७ लाख ५० हजार ८५४, स्प्रिङ उड रियल स्टेटमा ६ करोड ८१ लाख ८८ हजार ७०३ र नेचर नेस्ट प्रालिमा ६ करोड ५१ लाख १० हजार रूपैयाँ लगेर अपचलन गरिएको पीडितको दाबी छ। साहारा चितवन सहकारीका ६ हजार ३३४ बचतकर्ता छन्। त्यसमध्ये जिल्ला प्रहरी कार्यालयमा ४४६ जनाले हिनामिना गरिएको रकम फिर्ता पाउनुपर्ने र दोषीलाई कारबाही हुनुपर्ने मागसहित उजुरी दिएका थिए।
अर्को समाचार
'सिसाको महलमा बस्नेहरूले चट्टानको घर बनाउँदै गरेकाहरूसँग निहुँ नखोजेकै राम्रो'
१६ असार २०८२
•
१ मिनेट पाठ
'सिसाको महलमा बस्नेहरूले चट्टानको घर बनाउँदै गरेकाहरूसँग निहुँ नखोजेकै राम्रो'
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता विराजभक्त श्रेष्ठले रास्वपालाई 'चट्टानको घर बनाउँदै गरेको शक्ति' का रूपमा अर्थ्याएका छन्। सोमबार (आज) साँझ एक फेसबूक लेख्दै उनले यसो भनेका हुन्।




उनले सिसाको महलमा बस्नेहरूले निहुँ खोजिरहेको पनि बताएका छन्। उनी भन्छन्, 'सिसाको महलमा बस्नेहरूले सानै भए पनि दृढताका साथ चट्टानको घर बनाउँदै गरेकाहरूसँग निहुँ नखोजे कै राम्रो।'

रास्वपाले पार्टी सभापति रवि लामिछानेविरुद्ध राज्यले प्रतिशोध साँधिरहेको जिकिर गर्ने गरेको छ। त्यही आशयको स्टाटस लेख्दै श्रेष्ठले 'अहङ्कारको अन्त्य' हुने बताएका हुन्। 
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ३१ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
यो पनि पढौँ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस