मार्फा गाउँ : हिमाली सौन्दर्य र सांस्कृतिक धरोहरको संगम
१२ मंसिर २०८१
•
५ मिनेट पाठ
मार्फा गाउँ : हिमाली सौन्दर्य र सांस्कृतिक धरोहरको संगम
घरपझोङ गाउँपालिका–२ मा रहेको मार्फा गाउँ मुस्ताङ घुम्न जाने पर्यटकहरूको रोजाइमा परेको छ।  




एकैनासको घरको मार्फाको बाक्लो बस्तीबीचको पदमार्गमा पर्यटकहरू बिहानदेखि साँझसम्म तस्बिर र भिडियो खिचेर रमाइरहेको भेटिन्छन्। स्याउको राजधानीका रुपमा परिचित मार्फा पछिल्लो समय पर्यटकको रोजाइमा परेको स्थानीय चन्द्रमान लालचनले जानकारी दिए।  

“दुईरतीन वर्षअघिसम्म छिटपुट पर्यटक घुम्न आउने मार्फामा चलचित्र जेरी र कबड्डी छायाङ्कन पर्यटकको पनि चहलपहल बढेको हो”, उनले भने, “बेनी–जोमसोम सडक बनेपछि यहाँ मुस्ताङ आउने पर्यटकको रोजाइमा मार्फा पर्न थालेको छ।”

चलचित्रले चिनाएको गल्ली मार्फाको बिचमा रहेको ‘जेरी’ गल्लीमा सबैभन्दा धेरै पर्यटकहरू झुम्मिएका भेटिन्छन्। जेरी चलचित्र छायाङ्कन भएपछि गल्लीको नाम भक्तिगल्लीबाट जेरी भएको छ। स्थानीयवासीले रङ्गको स्याउको आकृतिको साइनबोर्डमा नाम लेखेरै टाँसेका छन्।  

चोकको नजिकै भक्तिप्रसाद हिराचनको घर भएकाले भक्तिगल्ली भनिएको थियो। भक्तिप्रसाद आफैँले चोकलाई जेरी नामकरण गरिदिए। “साइनबोर्ड राखेपछि यहाँ आउने पर्यटकले फोटो, भिडियो खिच्न, टिकटक बनाउन थालेसँगै प्रचारप्रसार भएको हो”, भक्तीप्रसाद भन्छन्, “यस्तो धेरै प्रचार होला र पर्यटक आउलान् भनेर सोचेको थिइन्। अहिले खुसी लागेको छ।”

पर्यटकहरुले हिमाली भेगको पोसाक बख्खु लगाएर मार्फाको पदमार्ग र गल्लीमा तस्विर, भिडियो खिच्ने र सामाजिक सञ्जालमा राख्ने गर्छन्। स्थानीय ब्यापारीहरुले बख्खु भाडामा लगाउँछन्। एक पटक बख्खु लगाएको दुई सयदेखि तीन सय रुपैयाँ भाडा तिर्नुपर्छ। यसैगरी याकको डमी पनि राखिएको छ। याकको डमीमा चढेर तस्विर खिचाएको एक सय ५० रुपैयाँ र सँगै तस्बिर खिचाउँदा ५० रुपैयाँ शुल्क तिर्नुपर्छ।  

मुस्ताङ भ्रमणको सम्झनाका लागि हिमाली पोसाकमा सजिएर मौलिक घरहरु भएको बस्तीभित्र तस्विर र भिडियो खिचाएको विराटनगरबाट आएकी रिमा लुइँटेलले बताइन्। “सामाजिक सञ्जालमा जेरी गल्लीको भिडियो देखेपछि कस्तो रहेछ भनेर आएको हो”, उनले भनिन्, “हेर्दा राम्रो मार्फा गाउँ, खाँदा मिठो मार्फा स्याउ भन्ने गीत सुन्दा गरेको परिकल्पना ठ्याक्कै मिल्यो।”

मार्फाका गल्लीहरूको नामकरण  

मुस्ताङ भ्रमणमा आउने सबैजसो नेपाली मार्फा घुम्न आउने गरेको स्थानीयवासी रहेका घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन बताउँछन्। गत कात्तिक महिनामा एक लाख १३ हजार पर्यटक मुस्ताङ भ्रमणमा आएका थिए।  

पर्यटक आगमन बढेपछि मार्फा गाउँ छिर्नेदेखि बाहिरिने ठाउँसम्म रहेका ११ वटा गल्लीलाई स्थानीय नाम र नम्बरसहितको साइनबोर्ड राख्न लागेको उनले जानकारी दिए। अध्यक्ष लालचनका अनुसार गल्लीलाई अमरसिङ, लुक्ने, वुद्ध, झाँक्री, धौलागिरी बेसक्याम्प, हाङ, जेरी, ढाक्रे, कमेडियन, स्ट्रेस फ्रि नामकरण गरिएको छ।  

“विद्युतको तार भूमिगत गरिएको मार्फाको बस्तीभित्र रातमा बत्ती बालेर उज्यालो पारिएको छ”, उनले भने, “पर्यटकलाई सहजताका लागि गल्लीको नामासँगै सङ्ख्याको साइनबोर्ड राख्न लागेका हौँ।”

संस्कृति र प्रकृतिमा धनी  

मुख्य पदमार्गमा यसअघि नै ढुङ्गाको छपनी बिछ्याइएको छ। स्थानीयले घर अगाडिको पैदलमार्ग सरसफाइ गर्छन्। शाखा पैदलमार्गमा पनि छपनी ढुङ्गा बिछ्याउने काम भइरहेको छ। रसिला र स्वादिलो स्याउ उत्पादन हुने मार्फा संस्कृति र प्रकृतिमा धनी छ।  

मार्फाका ७९ वर्षीया लालप्रसाद हिराचन संस्कृति र प्रकृतिको धनी मार्फा कृषि पर्यटनको नमूना भएको बताउँछन्। “मार्फाको स्याउबारी, थकालीको रहनसहन, जीवनशैली, मौलिक संस्कार, कला संस्कृति, गुम्बा, गुफाले पाहुनालाई लोभ्याउँदै गएको छ”, उनले भने, “मुस्ताङ आउने पर्यटकको बसाइ लम्बाउन र उनिहरूलाई भुलाउन मार्फामा धेरै आकर्षणहरू छन्।”

सेतो र रातो माटोले लिपेका झुरुप्प मिलेका मार्फाका घरमा माटोकै छाना र छानामाथि दाउरा चिनेर राखिएको छ। मार्फालीले शताब्दीऔं अघिको मौलिकता बचाएर राखेका छन्। कालीगण्डकी नदी किनारको फाँटमा स्याउबारीको हरियाली र कुनातर्फ सुक्खा पहाड छ।  

वसन्त ऋतुमा स्याउ फुल्दा र शरदयाममा लटरम्म दाना लागेका स्याउ बगैँचा डुल्दा प्रकृतिको काखमा रमाएको महसुस हुने काठमाडौंबाट मार्फा आएका रामशरण अधिकारीले अनुभव सुनाए।  

लालचन, हिराचन, ज्वारचन र पन्नाचन थरका थकाली समुदायले बस्ती बसालेको एक सय ५० घरपरिवारको बसोबास रहेको मार्फामा दलित समुदायको पनि बसोबास छ। यहाँका परम्परागत घरमा बिस्कुन सुकाउन र पानी नचुहियोस् भनेर छानाको चारैतिर दाउरा चिरेर राख्ने चलन छ।  

मार्फाको शिरमा स्याउ उद्यान निर्माणाधीन छ। जहाँबाट मार्फा गाउँ र स्याउ बगैँचाको दृष्य अवलोकन गर्न सकिन्छ। दर्जनौँ स्वदेशी तथा विदेशी चलचित्र छायाङ्कन भएको मार्फाका घरमा स्थानीय पहिचान झल्किने कलात्मक वस्तुहरू सजाएका छन्।  

मार्फाको पश्चिमतर्फको पहाडको भित्तामा प्राकृतिक कलात्मक दृष्य देखिन्छ। सम्तेलिङ गुम्बा मार्फाको धार्मिक सम्पदा हो। गाउँमाथिको पाखामा रहेको करिब तीन सय वर्ष पुरानो भीर गुम्बा अर्को आकर्षण पनि छ। उक्त गुम्बामा विपद् नहोस्, खेतीबाली सप्रियोस् र रोग ब्याधी नआवास भनेर पूजाआजा गर्ने चलन छ।

जापानी भिक्षु तथा अन्वेषक एकाइ कावागुची सन् १८८८ मा बुद्ध धर्मको अध्ययनका लागि तिब्बत जाने क्रममा बसेको घरलाई कावागुची घर नामकरण गरिएको छ। एकाइ कावागुचीलाई नेपाल–जापान सम्बन्धका दूत मानिन्छ।  

हिमाली क्षेत्रका फलफूल, तरकारी र खाद्यबालीको अनुसन्धान तथा विकासका लागि मार्फामा शीतोष्ण बागवानी विकास फार्म छ। कृषिसम्बन्धी अध्ययन अनुसन्धान र स्याउ बारी अवलोकन गर्न फार्ममा पर्यटक भुल्ने गर्छन्।  

देशका विभिन्न ठाउँबाट कृषक समूह र कृषि प्राविधिक अवलोकन भ्रमणमा आउँछन्। शीतोष्ण बागवानी विकास केन्द्रको नजिकै मृदी गुफा छ। छोर्तेन आकृतिको गुफामा बौद्ध धर्मगुरु रिम्पोचेको मूर्ति रहेको स्थानीय ज्ञानु पन्नाचनले जानकारी दिए। स्याउको राजधानीले परिचित मार्फाका स्थानीयको मुख्य आम्दानीको स्रोत कृषि र पर्यटन हो। स्याउ बगैँचाभित्र अन्तरबालीका रूपमा उवा, जौ, आलु, फापर, डाबर, सिमी र तरकारी लगाउँछन्। चौडापाते मार्फा रायो जातको साग मार्फामा विकास भएको हो।  

मार्फामा छ वटा स्याउको ब्रान्डी बनाउने उद्योग छन्। पर्यटकको सुविधाका लागि मार्फामा २० भन्दाबढी होटेल सञ्चालनमा छन्। मुस्ताङ घुम्न आउने पर्यटकहरूले मार्फाका कोसेली घरबाट स्याउ, सकुटी, दाल, ब्रान्डी किनेर लैजाने गर्छन्। सन्तोष गौतम/रासस 
अर्को समाचार
मुस्ताङमा हिउँ पर्ने याममा हिउँ नपर्दा ...
०१ जेष्ठ २०८२
•
४ मिनेट पाठ
मुस्ताङमा हिउँ पर्ने याममा हिउँ नपर्दा ...
मुस्ताङमा तीन वर्ष यता हिउँ पर्ने याममा हिउँ परेको छैन । हिउँ नपरेकै कारण यहाँको कृषि प्रणालीमा गम्भीर असर परिरहेको स्थानीयवासी शेरबहादुर गुरुङले बताए।




पछिल्ला वर्षमा स्याउमा विभिन्न किसिमका रोग लाग्न थालेको उल्लेख गर्दै उहाँले जलवायु परिवर्तनको प्रत्यक्ष असर मुस्ताङमा परिरहेको बताए। स्थानीयवासीका अनुसार पछिल्ला वर्ष तल्लो भेगमा हुने स्याउ क्रमशः माथिल्लो भेगतर्फ सर्दै गएको छ । विगत दुई दशककै अन्तरालमा यहाँको कृषि प्रणालीमा नै ठूलो परिवर्तन आइसकेको स्थानीयको अनुभव छ ।

दुई दशक अघिसम्म स्याउको राम्रो उत्पादन हुने मुस्ताङको लेतेमा अहिले भने स्याउको उत्पादन छैन । लेते माथिको कोवाङसम्म पनि स्याउ खेती हुन छोडेको छ । विगतमा समुद्री सतहबाट दुई हजारदेखि तीन हजार मिटर उचाइसम्म स्याउ फल्ने गरेकोमा अहिले भने तीन हजार पाँच सयदेखि चार हजार मिटरसम्म उचाइसम्म स्याउ फल्ने गरेको शीतोष्ण बागबानी विकास केन्द्र मार्फा मुस्ताङका प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिए। विगतमा स्याउ राम्रै फल्ने मुस्ताङको लेतेमा जलवायु परिवर्तनकै कारण स्याउ विस्थापन नै भैसकेको उनले जानकारी दिए। लेते समुन्द्री सतहबाट  दुई हजार २०० मिटर उचाइमा रहेको छ ।

बर्षेनी बढ्दो तापमानका कारण कृषि प्रणालीमा नै धेरै प्रभाव परिरहेको जनाउँदै उनले पछिल्ला वर्षमा शमशितोेष्ण हावापानीमा पाइने किवी शितोष्ण हावापानी भएका मुस्ताङका लेते तथा घाँसामा फल्न थालेको जानकारी दिए।

प्रमुख आत्रेयका अनुसार बढ्दो तापमान बृद्धिसँगै स्याउ लगायतको खेती माथिल्ला भागमा सर्दै गएको वास्तविकतालाई दृष्टिगत गर्दै शितोष्ण बागबानी केन्दले उपल्लो मुस्ताङ क्षेत्रका स्थानीयलाई  लक्षित गरी ल्होघेकर दामोदरकुण्ड गाउँपालिकाको घमीमा शाखा विस्तार गर्ने तयारी गरिएको छ । “हामी उक्त क्षेत्रमा आवश्यक पर्ने स्याउ लगायत फलफूलका बिरुवा त्यहीँबाट नै स्थानीयलाई उपलब्ध गराउने सोच राख्दै फार्म निर्माणका लागि जग्गा प्राप्ती प्रक्रियालाई अघि बढाइसकेका छौं”, उनले भने, “उक्त क्षेत्रमा फार्म निर्माणका लागि लगभग आठ सय रोपनी भन्दा बढी क्षेत्रफलको जग्गा नापी गरिसकिएको छ ।”

केन्द्रका तर्फबाट स्याउको विरुवाका साथै नासपाती, ओखर, खुर्पानी जस्ता फलफूका विरुवा उत्पादन गरि वितरण गर्ने गरिएको उनले जानकारी दिए। त्यस्तै स्याउबाली भित्र अन्य अन्तरवाली समेत गर्ने गरी विउविजन तयार गर्ने काम पनि केन्द्रबाट भैरहेको उनको भनाइ छ । पछिल्ला वर्षमा टुकुचेभन्दा माथि मुक्तिनाथ, छुसाङ लगायतका स्थानमा स्याउ खेती फस्टाउँदै गएको स्थानीयवासी बताउँछन् । माथिल्ला भेगमा स्याउ खेती फस्टाउँदै गएपछि कृषकहरू पनि यसतर्फ आकर्षित बन्दै गएका छन् ।

मुक्तिनाथभन्दा माथि उपल्लो मुस्ताङको लोमन्थाङसम्म स्याउ खेती बढ्दै गएको र पहिला उपल्लो भेगमा सानो आकारमा फल्ने गरेका स्याउ अहिले ठूलाठूला फल्न थालेको स्थानीयले बताए ।  नेपालकै कम पानी पर्ने ठाउँका रुपमा चिनिएको मुस्ताङमा अहिले भने भारी वर्षा हुँदा समस्या परेको अर्का स्थानीय सुकबहादुर विक बताउँछन्। विगत तीन वर्ष यता हिउँ पर्ने याममा हिउँ नपर्दा यहाँको स्याउ खेतीमा ठूलो असर परेको उनले बताए।

विगतमा पानी नपर्ने भएकै कारण परम्परागत रुपमा निर्माण गरिका माटाका संरचना ठूलो जोखिममा परेका छन् । हिउँ नपरेकै कारण पानीका मुहान सुकेर बस्ती नै सानुपर्ने जस्ता गम्भीर समस्याहरू निम्तन थालेको नेपाल पत्रकार महासंघ मुस्ताङका अध्यक्ष सुनदेवी रसाइलीले बताइन्। स्याउ खेती सहित अन्य बालीनालीमा रोगको प्रकोप बढ्नुका साथै पुशपालन लगायतमा पनि समस्या बढ्न थालेको उनको भनाइ छ।

नीलगिरि हिमालका फेदीका बस्तीहरू लुप्रा, मार्फा, जोमसोम, छैरु, ठिनी, स्याङ लगायतका गाउँमा बर्सेनि जलवायुु परिवर्तनको असर बढ्दै गएको छ । यी क्षेत्रमा प्राचीन कालदेखि नै परम्परागत माटोले छाइएका घरहरू रहेको र माटोका छत भएका घरमा पानी पर्न थालेसँगै माटो पग्लिन थाल्दा समस्या बढेको ठिनीका युवा निरज थकालीले बताए।

अत्याधिक चिसो हुने ठाउँ भएका कारण तापक्रम सन्तुलनका लागि माटाले छाइएका घरमा यहाँका स्थानीयवासी कहिलेकाहीँ पर्ने हिउँ बेल्चा लगायतको प्रयोगबाट फाल्ने गरिन्थ्यो । पछिल्ला वर्षमा पानी नै पर्न थालेपछि माटो निर्मित संरचना पग्लन थालेको हो । पानी पर्न थालेपछि माटाले छाइएका घरहरू चुहिन थालेको बताउँदै उनले पछिल्ला समयमा माटाका संरचना निर्माण गर्ने क्रम घट्दै सिमेन्ट तथा फलामको प्रयोग बढीरहेको बताए।

जलवायु परिवर्तनको बढ्दो असरसँगै हिउँदमा सुक्खा पहिरो र वर्षामा भारी वर्षा गम्भीर चुनौतीका रुपमा देखिएको घरपझोङगाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले बताए। जलवायु परिवर्तनकै कारण काली नदीको बहाव बढ्दै जाँदा वर्षेनी तटबन्ध भत्काउने क्रम बढीरहेको उनले बताए। स्याउ लगायतका अन्य कृषि बालीमा परिरहेको जलवायुपरिवर्तनको असरलाई न्युनीकरण गर्नेतर्फ लाग्नुपर्ने उनको भनाइ छ । वासुदेव पौडेल/रासस
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस