टायल्समा चम्किएको आशा
१५ मंसिर २०८१
•
४ मिनेट पाठ
टायल्समा चम्किएको आशा
मंसिर पहिलो साता गुलरिया–८, बर्दियास्थित लुम्बिनी सेरामिक्स लिमिटेडमा पुग्दा घाम अस्ताउँदै थियो। तर कारखानाभित्र काम गर्दै गरेकी स्थानीय पुनम चौधरीका आँखा भने पूर्णिमाको चन्द्रमाजस्तै चम्कँदै थिए। स्नातक तहमा अध्ययन गर्दै गरेकी पुनम घरनजिकै काम पाउँदा बिछट्टै खुसी थिइन्। ‘बाहिर काम गर्न जाने वातावरण थिएन। घर नजिकै उद्योग आएकाले सजिलो भयो,’ उनले भनिन्, ‘यो हाम्रो समुदायका लागि निकै महत्त्वपूर्ण कुरा हो।’




उनी मात्र होइन, खेतीपातीमा व्यस्त रहने यहाँका थारु समुदायका युवायुवतीले कारखानामा काम पाउन थालेका छन्। कारखाना उत्पादनको सुरुवाती चरणमा रहेको र अन्य धेरैले पनि काम पाउने अपेक्षा गरेका छन्।

‘मैले काम गर्न थालेको पनि तीन महिना भयो,’ पुनमसँगै रहेकी सन्तोषी चौधरीले भनिन्, ‘यसले परिवारका सदस्य पनि खुसी भएका छन्।’ शिक्षा आर्जन गरे पनि दिनभर घरमै बस्ने बाध्यता भएको यो समुदायका युवायुवतीले काम गर्न पाएकोमा खुसी व्यक्त गरे।

‘गाउँका धेरै मानिस बिदेसिएका छन्, यस्तोमा ठुलो उद्योग गाउँमै आउँदा आशा जगाएको छ,’ शम्भुजित थारुले भने, ‘यस्ता उद्योग गाउँ गाउँमा सञ्चालन हुने हो भने बिदेसिएका पनि फर्कने छन्। एउटा मात्र भए पनि यसले सिङ्गो समाजमा आशा जगाएको छ।’

उनीहरूले भनेजस्तै बर्दियाको गुलरिया नगरपालिका–८ मा अत्याधुनिक प्रविधिसहित लुम्बिनी सेरामिक्स लिमिटेडले टायल उत्पादन सुरु गर्दा दूरदराजको यस गाउँमा रोजगारीको आशा पलाएको छ। कामको खोजीमा भारतलगायतका विभिन्न मुलुकमा जाने गरेकालाई यसले केही आशा देखाएको छ। ‘बाहिर रहेका आफन्तले पनि उद्योगबारे जानकारी राख्न थालेका छन्,’ शम्भुजित भन्छन्,  ‘काठमाडौं/पोखरा गएका त फर्केर पनि आइसके।’

बढ्दो माग ख्याल गर्दै नेपाललाई टायलमा आत्मनिर्भर बनाउने उद्देश्यले भदौदेखि उद्योगले ‘लेमिनार भेट्रिफाइड टायल्स’ ब्रान्ड नाम दिएर उत्पादन सुरु गरेको जनाएको छ।

‘नेपाललाई टायलमा आत्मनिर्भर बनाउने उद्देश्यले अत्याधुनिक प्रविधिसहितको उद्योग स्थापना गरेका हौं,’ लुम्बिनी सेरामिक्स लिमिटेडका निर्देशक अभिनव चुरिवालले भने, ‘यसबाट स्थानीयले पनि अवसर पाएका छन्।’

१२ बिघा क्षेत्रफलमा फैलिएको उद्योग स्थापना गर्न मात्रै लुम्बिनी सेरामिक्सले चार अर्ब रूपैयाँ लगानी गरेको छ। ‘लुम्बिनी सेरामिक्स नेपालमा सञ्चालनमा रहेकामध्ये सबैभन्दा ठुलो टायल उद्योग हो,’ निर्देशक चुरिवालले भने, ‘जसले अत्याधुनिक प्रविधिको सहायताले उच्च गुणस्तर र भारवहन क्षमता भएको टायल उत्पादन गर्छ।’

आधुनिक प्रविधिको प्रयोगमार्फत उत्पादन गरिने भएकाले यसको बनावट र डिजाइन पनि उत्तिकै आकर्षक रहेको उनको भनाइ छ।

लुम्बिनी सेरामिक्सले विभिन्न आकारका टायल उत्पादन गरिरहेको छ। यी टायल पाँच सय वटाभन्दा बढी आकर्षक डिजाइनमा उपलब्ध रहेको जनाइएको छ। लेमिनार भेट्रिफाइड टायल घरभित्र र बाहिरका विभिन्न स्थानमा मात्रै नभएर पार्किङका लागि पनि उपयुक्त रहको कम्पनीले जनाएको छ। पार्किङका लागि गाडी वा मोटरसाइकलको टायर नचिप्लिने थोरै खस्रो खालको टायल पनि निर्माण गरिएको कम्पनीले जनाएको छ।

कम्पनीले टायल्स निर्माणको सबै प्रक्रिया पारदर्शी रहेको जनाउँदै जिज्ञासुहरूलाई उद्योग परिभ्रमण पनि गराउँदै आएको छ। उच्चस्तरीय उत्पादनको प्रक्रिया र गुणस्तरीय कच्चा पदार्थको प्रयोगको कारण लेमिनार पायल्स ९९.९२ प्रतिशत ‘वाटर प्रुफ’ छन्। निर्देशक चुरिवालले भने, ‘लेमिनारमा सेरामिकलगायत अन्य टायलको तुलनामा तीन गुणासम्म बढी टिकाउ क्षमता छ।’

लेमिनार टायल उद्योगको दैनिक उत्पादन क्षमता एक लाख ४० हजार वर्गफिट रहेको र यसमा तीन सय जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको कम्पनीले जनाएको छ। जसमा धेरै स्थानीय रहेका छन्। सुरुवाती चरणमा रहेका कारण हाल कच्चा पदार्थ भारतको राजस्थानबाट ल्याइए पनि छिटै स्वदेशी खानीबाट उत्पादित कच्चा पदार्थ प्रयोग गर्ने कम्पनीको योजना छ। यसका लागि उपयुक्त माटो डडेलधुरामा भेटिएको कम्पनीले जनाएको छ।

कम्पनीले लेमिनार भेट्रिफाइड टायलको मूल्य प्रतिवर्गफिट ८० देखि २०० रूपैयाँसम्म तोकेका छ। यो आयातितभन्दा २० प्रतिशत सस्तो भएको उद्योगको दाबी छ। कोभिड–१९ महामारी आउनुअघिसम्म नेपालमा खपत हुने ९९ प्रतिशत टायल्स भारतीय उत्पादकबाट आयात हुने गरेको थियो। सन् २०१९ मा नेपालले करिब १० अर्ब ५० करोड टायल्स आयात गरेको तथ्याङ्क छ। मुलुकमा हाल करिब १२ अर्ब रूपैयाँ मूल्य बराबरको टायल खपत हुने अनुमान छ।

लेमिनारसँगै बजारमा अन्य पाँच वटा टायल उद्योग पनि सञ्चालनमा छन्। नेपाली वा विदेशी जुनसुकै टाइलभन्दा लेमिनार टायल उच्च गुणस्तरको भएको र मूल्य पनि प्रतिस्पर्धी भएकाले बजारमा आफूहरू लिडर बन्ने विश्वास लुम्बिनीका सञ्चालक चुरिवालको छ।

हाल देशका मुख्य सहरमा एक सयभन्दा बढी लेमिनार टायलका डिलर सञ्चालनमा आइसकेका र देशका सबै सहरमा पुग्ने उनले सुनाए। ‘हामी ग्राहकको सही छनोटमा विश्वास गर्छौं,’  अभिनव भन्छन्, ‘त्यसका लागि हामी गुणस्तरमा कुनै सम्झौता गर्दैनौं।’
अर्को समाचार
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
४३ मिनेट अघि
•
१ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
फाइल तस्बिर
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।

भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।

अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।

पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।

 

अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।

पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र  पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो। 

 



एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस