विर्तामोडका छ वटा सडक धमाधम स्तरोन्नति हुँदै
१६ मंसिर २०८१
•
१ मिनेट पाठ
विर्तामोडका छ वटा सडक धमाधम स्तरोन्नति हुँदै
विर्तामोड नगरपालिकामा सघन सहरी विकास कार्यक्रमअन्तर्गत छ वटा सडकको धमाधम स्तरोन्नति भइरहेको छ भने सामुदायिक भवन निर्माण पनि अन्तिम चरणमा पुगेको छ।  




सहरी विकास मन्त्रालयले विर्तामोड नगरपालिकालाई सडक स्तरोन्नति गर्न चालू आर्थिक वर्षमा १३ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। उक्त रकममध्ये ६ करोड ३१ लाख ३२ हजार ६०२ रुपैयाँको लागतमा छ वटा सडक कालोपत्र थालिएको छ। बाँकी रकम बाँकी रकम वडा नं. ६ को हरियाली सामुदायिक वनमा सुविधासम्पन्न सामुदायिक भवन निर्माण जारी छ। उक्त भवनको ९० प्रतिशत निर्माण पूरा भएको छ।  

नगरप्रमुख पवित्रा महतराका अनुसार वडा नम्बर १,२,३,६ र ८ का केही सडक कालोपत्र भइरहेका छन् भने केहीको स्तरन्नति एवं कालोपत्रका निम्ति पूर्वतयारीका काम जारी छ। वडा नम्बर १ को धर्मकाँटा उत्तर लोकतान्त्रिक मार्ग र वडा नम्बर २ को बानालाल मार्गमा सडक धमाधम निर्माण भइरहेको छ। सो सडकमा विद्युत्का खम्बा व्यवस्थापन भइरहेको छ।

वडा नम्बर ३ को करेलाबारीबाट ग्रामकाली टोल हुँदै विराटपोखर विद्यालयसम्मको सडक र वडा नम्बर ८ को गरामनी–कटहरडाँगी–हल्दीबारी सडकमा कालोपत्र गर्न थालिएको छ । हालसम्म पूर्वपश्चिम राजमार्गबाट दक्षिण बुट्टाबारी बिर्ताबजार सडकको एक हजार २४० मिटर खण्डको काम पूरा भएको छ। रासस
अर्को समाचार
सरकारको उपेक्षाले अलपत्र सिद्धिचरण लोकमार्ग
२१ जेष्ठ २०८२
•
३ मिनेट पाठ
सरकारको उपेक्षाले अलपत्र सिद्धिचरण लोकमार्ग
चालु आर्थिक वर्षको बजेटमा सिद्धिचरण लोकमार्गका लागि एक अर्ब ५ करोड विनियोजन भए पनि कामै नगरी वर्ष बितेको छ। तत्कालीन अर्थमन्त्री वर्षमान पुनले नीति तथा कार्यक्रममा प्राथमिकतामा राखे पनि पछिल्लो सरकारले योजना तुहाएको स्थानीयको आरोप छ।




सिरहाको मिर्चैयादेखि उदयपुरको कटारी, घुर्मी हुँदै ओखलढुंगा र सोलुखुम्बुसम्म जोड्ने सिद्धिचरण लोकमार्ग साढे तीन दशकअघि निर्माण सुरु भएको हो। तत्कालीन नेपाली सेनाको इन्जिनियर गुल्मले कटारी–घुर्मी खण्डको ४७ किलोमिटर सडक बनाएर २०६० सालमा उद्घाटन गरेको थियो। तर, पछिल्लो दुई दशकमा सडक भत्किएर कच्ची ट्र्याकभन्दा पनि खराब अवस्थामा पुगेको छ।

लोकमार्ग मर्मत र स्तरोन्नतिका लागि स्थानीयले चर्को दबाब दिँदा पनि सरकारले बेवास्ता गरेको गुनासो छ। सेनाले बनाएको साँघुरो कालोपत्रे सडक सवारीको चापले जीर्ण बनेपछि समयानुकूल सुधारको मागलाई सरकारले वास्ता नगरेको उनीहरूको भनाइ छ।

अघिल्लो सरकारले बजेट सुनिश्चित गरे पनि वर्तमान सरकारले विभिन्न कारण देखाउँदै रातो किताबमा परेको योजनालाई कार्यान्वयन गर्न नसकेको स्थानीयको गुनासो छ। आर्थिक वर्षको अन्त्य नजिकिँदा बजेट निकासा नहुँदा विनियोजित रकम फिर्ता हुने अवस्थामा पुगेको छ।

सिद्धिचरण लोकमार्ग जीर्ण हुँदा तराई–मधेशदेखि कटारी हुँदै खोटाङ, ओखलढुंगा र सोलुखुम्बु आवतजावतमा कठिनाइ छ। उदयपुरको कटारी नगरपालिकाका आधा दर्जनभन्दा बढी पहाडी वडाहरू (वडा नं. ८, ९, १०, ११, १२, १३ र १४) का बासिन्दालाई वर्षायाममा नगरमुकाम कटारी बजार आउजाउ गर्न समस्या छ।

यो लोकमार्ग कटारी नगरपालिकाको ‘लाइफलाइन’ हो। १४ वडामध्ये १, २, ३, ४, ५, ८, ९, १०, ११ र १४ नं. वडालाई यो सडकले जोड्छ। वडा नं. ५, ६, ७, १२ र १३ का बासिन्दा पनि अप्रत्यक्ष रूपमा यसका उपभोक्ता छन्। यो सडक नगरको आन्तरिक विकासको मेरुदण्ड भए पनि सरकारको ध्यान नपर्दा समस्या भोग्नुपरेको उनीहरूको गुनासो छ।

दुई दशकदेखि हिउँदमा धुलाम्मे र वर्षायाममा हिलाम्मे सडकको कहर भोग्न बाध्य भएको नेकपाका स्थानीय नेता लक्ष्मण पौड्याल बताउँछन्। कटारी–४ का पौड्यालका अनुसार सडक स्तरोन्नतिका लागि नगरपालिका, सङ्घ र प्रदेश सांसद, उदयपुर उद्योग वाणिज्य सङ्घ र सरोकारवालाले मन्त्रालय, सडक विभाग हुँदै प्रधानमन्त्रीसम्म पटक–पटक आग्रह गरेका छन्।

यो वर्ष सडक स्तरोन्नति हुने आशामा बसेका स्थानीयले ‘बहुवर्षीय योजनाअन्तर्गत रकम सुनिश्चित’ भएको जानकारी पाए पनि काम नभएर आर्थिक वर्ष बित्न लाग्दा निराश भएका छन्। बजेट रातो किताबमा परे पनि कार्यान्वयन नहुनुको कारण थाहा नपाएको उनीहरूको दुखेसो छ।

कटारी नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले बजेट कार्यान्वयन नहुँदा कटारीबासी र लोकमार्ग आसपासका उपभोक्ताले कष्ट भोग्नुपरेको बताए। बजेट कार्यान्वयनमा केले रोक्यो भन्ने जानकारी नभएको र ठूलो रकम फिर्ता हुनु दुखद भएको उनको भनाइ छ। यो लोकमार्गले कटारीको विकासमा कायापलट गर्ने सम्भावना बोके पनि सरकारले लापरबाही गरेको उनले आरोप लगाए। सङ्घीय सरकारको योजना भएकाले नगरपालिकाले लगानी र नियमन गर्न नसक्ने भन्दै उनले सङ्घबाटै चासो र लगानी हुनुपर्ने बताए।

उदयपुर उद्योग वाणिज्य सङ्घ कटारीका अध्यक्ष जमानसिंह बस्नेतले वर्षौँदेखि अलपत्र सडक स्तरोन्नतिमा सरकारले ध्यान नदिएको गुनासो गरे। बजेट भाषणमा परेको योजना लागू नहुँदा जिल्लाको पश्चिमी भेगका बासिन्दा सडक समस्याले मारमा परेको उनले बताए। सडक जीर्ण हुँदा व्यापारी–व्यवसायी पनि प्रभावित भएको भन्दै उनले छिटो स्तरोन्नति गर्न आग्रह गरे।

चालु आर्थिक वर्ष २०८१/८२ को कुल बजेट १८ खर्ब ६० अर्ब ३० करोडमध्ये कटारी–घुर्मी खण्डका लागि १ अर्ब ५ करोड विनियोजन भएको थियो। तर, जेठ दोस्रो सातासम्म काम नहुँदा बजेट फिर्ता हुने निश्चित भएको छ। स्थानीयले यसप्रति आक्रोश व्यक्त गरेका छन्।

कटारी–घुर्मी सडक योजना कार्यालयका प्रमुख पशुपति ज्ञवालीले चालु वर्षमा सिद्धिचरण लोकमार्ग स्तरोन्नतिको कुनै कार्यक्रम कार्यान्वयन नभएको बताए। वातावरणीय प्रभाव मूल्यांकन तीन–चार महिनाअघि वन मन्त्रालयले सम्पन्न गरे पनि सडक विभाग, पूर्वाधार मन्त्रालय हुँदै अर्थ मन्त्रालयसम्म पुग्दा बजेट कार्यान्वयन हुन नसकेको उनले जनाए।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस