भक्तपुरका चारै नगरमा महोत्सव
१६ मंसिर २०८१
•
३ मिनेट पाठ
भक्तपुरका चारै नगरमा महोत्सव
भक्तपुरको सूर्यविनायक नगरपालिकामा मंसिर ७ गतेदेखि चल्दै आएको सूर्यविनायक महोत्सव चलिरहेको छ। सूर्यविनायक नगरपालिकास्थित बालकोटमा भइरहेको महोत्सव अझै एक साता अर्थात् मंसिर २२ गतेसम्म चल्नेछ।




प्रथम सूर्यविनायक कृषि, व्यापार तथा सांस्कृतिक महोत्सव–२०८१ को अवसरमा त्यहाँ सूर्यविनायक नगरपालिका–१ देखि १० सम्मकै वडाका स्टलहरूमार्फत विभिन्न प्रदर्शनी भइरहेका छन्। सूर्यविनायक नगरपालिका क्षेत्रको पहिचानलाई अगाडि बढाउने उद्देश्यले महोत्सव गरिएको मेला व्यवस्थापक संगम लामाले बताए।

सूर्यविनायक महोत्सव सकेको साता दिनभित्रै जिल्लाकै सबैभन्दा पुरानो सहर भक्तपुरमा भक्तपुर महोत्सव हुँदैछ। महोत्सव मंसिर २८ गते सुरु भई पुस २ गतेसम्म चल्नेछ। भक्तपुर नगरपालिकाको आयोजनामा महोत्सव हुन लागेको हो।

महोत्सवका क्रममा भक्तपुर नगरपालिका–१ देखि १० सम्मका सम्पूर्ण क्षेत्र महोत्सवमय हुने जनाइएको छ। त्यसको तयारीका लागि अहिले वडावडामा मात्रै होइन, टोलटोलमा पनि तीव्र गतिमा काम भइरहेका छन्। महोत्सवले सम्पूर्ण भक्तपुरलाई उजागर हुने विश्वास गरिएको छ।

महोत्सवमा सांस्कृतिक कार्यक्रम, नगरा वादन, पौभा र तस्बिर प्रदर्शनी, चित्रकला, छ्वालीकला र तस्बिर प्रदर्शनी, परम्परागत वाद्यवादन सामग्री प्रदर्शनीसँगै सयौं प्रदर्शनी टोलटोलमा हुने जनाइएको छ। तव सत (पाटी):, लायकु र वाँचु त्वमा तस्बिर प्रदर्शनी, च्यासिंमण्डप र लायकुमा नगरा वादन, लायकु, थथुबही र कुथुवहीमा चित्रकला, छ्वालीकला, तस्बिर र पौभा, लायकु फसिदेग पछाडि परम्परागत पोसाक प्रदर्शनी, तुलाछें, यातुवारे पुखु कमलविनायकमा खाना महोत्सव, भुलाछेंमा परम्परागत वाद्यवादनको प्रदर्शनी, नागपुखु र थालाछेंमा परम्परागत धागो रंगाउने, प्रशन्नशील महाविहारमा क्वाठन्डौंमा कुमारी (जीवित देवी) प्रदर्शनी, दीपंकर बुद्धको प्रदर्शनी, नवदुर्गाको प्रदर्शनी, नौका विहार, परम्परागत खेलकुद प्रदर्शनी र प्रतियोगिता, नेवार जीवनशैलीको गतिविधिको प्रदर्शनी, नौबाजा प्रदर्शनी, दीपावलीलगायत गतिविधि महोत्सवमा हुने जनाइएको छ।

कृषि उत्पादनको व्यावसायिक प्रदर्शनी, कुखुरा एवं अन्डा महोत्सवलगायत गतिविधिहरू पनि महोत्सवका क्रममा नगरका टोलटोलमा हुने जनाइएको छ। जीवन्त सहर भक्तपुरलाई अझ नजिकबाट चिनाई आन्तरिक पर्यटनको विकास गर्ने उद्देश्य महोत्सवको रहेको आयोजक नगरपालिकाका प्रमुख एवं महोत्सव आयोजक मूल समारोह समितिका संयोजक सुनिल प्रजापति बताउँंछन्।

भक्तपुर महोत्सव समापन भएको एक सातामै जिल्लाको अर्काे नगरपालिका मध्यपुर थिमिमा पुस १२ गतेदेखि तीनदिने मध्यपुर महोत्सव २०८१ हुँदैछ। पर्यटन विकासका लागि मध्यपुर महोत्सव २०८१ ग्रिने आयोजक मध्यपुर थिमि नगरपालिकाको भनाई हो। सँंगै जोडिएको भक्तपुर नगरपालिकामा डलर तिरेर पर्यटक आउने तर मध्यपुर थिमि नगरपालिकामा निःशुल्क प्रवेश गराउँंदा पनि विदेशी पर्यटक नआउनुको कारण खोतल्दै विदेशी पर्यटक भिœयाउन सहयोग पुर्‍याउने योजनासहित महोत्सव गर्न लागिएको आयोजक मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ बताउँंछन्।

‘भक्तपुर, चाँगुनारायण, धुलिखेल, जिरीजस्ता लोकप्रिय पर्यटकीय गन्तव्यहरूको स्वागतद्वारका रूपमा उपत्यकाको केन्द्र भागमा अवस्थित मध्यपुर थिमि नगरपालिका पुरातात्विक एवं सांस्कृतिक सम्पदाले सम्पन्न भएको र यही कारण आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यपुर थिमि नगर भित्र्याउन महोत्सव गर्न लागेका हो,’ उनले भनें।

अर्काे नगरपालिका चाँगुनारायणले २०८२ लाई नगरकोट भ्रमण वर्षका रुपमा मनाउने घोषणा गरेको छ। यसका लागि तयारी पूरा हुने क्रममा रहेको चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री बताउँछन्। यसरी जिल्लाका चारवटै नगर महोत्सवमय बनेका हुन्।
अर्को समाचार
‘अब हामी बनाउँछौं नगरकोटको बाटो’
२० माघ २०८१
•
२ मिनेट पाठ
‘अब हामी बनाउँछौं नगरकोटको बाटो’
वर्षाैंदेखि अलपत्र नगरकोट सडक चाँगुनारायण नगरपालिका आफैंले बनाउने निर्णय गरेको छ। नगर प्रमुख जीवन खत्रीले आफ्नो नगरपालिका क्षेत्रभित्र पर्ने नगरकोट सडक नगरपालिका आफैंले बनाउने सार्वजनिक घोषणा गरेका हुन्।




आफ्नो फोटोसहितको नगरकोट सडकको तस्बिर राखेर प्रमुख जीवन खत्रीको सचिवालयले नगरकोट सडक नगरपालिका आफैंले बनाउने सार्वजनिक घोषणा गरेका हुन्। ‘अब हामी बनाउँछौं नगरकोटको बाटो’ शीर्षकमा डिजाइनसहितको सार्वजनिक पोस्टर बनाएर प्रमुख खत्रीको सचिवालयले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरिएको जानकारी गराएका छन्।

भक्तपुरको कमलविनायकस्थित भत्केको पाटीदेखि नगरकोटसम्म पुग्ने नगरकोट सडक परियोजना पछिल्लोपटक सरकारले ठेकेदार कम्पनीसँगको ठेक्का रद्द गरेको थियो। यो प्रक्रियासँगै नगरपालिका आफैंले सडक निर्माण गर्ने बाटो खुलेको थियो।

सडक निर्माणका लागि नगरपालिकाले नगर परिषद्बाट १६ करोड रूपैयाँ विनियोजन गरिसकेको नगर प्रमुख जीवन खत्रीले जनाए। नगरकोट भ्रमण वर्ष नजिकिँदै जाँदा कमलविनायक नगरकोट सडक स्तरोन्नति चाँडै हुन आवश्यक भएकाले आफैंले सडक बनाउन थालेको उनले जनाए। ‘नगरकोट सडकका लागि १६ करोड पर्याप्त छैन’, उनले भने, ‘नगरकोट भ्रमण वर्ष सरकारको पनि भएकाले केन्द्रीय सरकारले कमलविनायक सडक निर्माणमा अग्रसरता देखाउनुपर्छ।’

सम्बन्धित निकायमा बजेट विनियोजनका लागि लागिपरिरहेको नगर प्रमुख खत्रीले जानकारी दिए। नगरकोट भ्रमण वर्ष २०८२ नगरकोटको मात्र नभई चाँगुनारायण नगरपालिका वडा नं १ देखि ९ सम्मको हो। त्यसैले पनि वडावडामा भ्रमण वर्षका लागि वडा कमिटी गठन भइरहेका छन्। नगरकोट भ्रमण वर्ष २०८२ आयोजनाका लागि मूल समितिको बृहत् बैठक पनि बसिसकेको छ। साथै यसका लागि तयारी पनि तीव्र पारिएको जनाइएको छ।

भक्तपुरबाट नगरकोट पुग्न आठवटा बाटा छन्, तथापि कमलविनायक नगरकोट सडक नै नगरकोट पुग्ने मुख्य सडक हो। यो सडक १० वर्ष बढी समयदेखि अलपत्र छ। यही कारण चाँगुनारायण नगरिालिकाले नगरकोट प्रवेश गर्ने विदेशी पर्यटकसँग लिँदै आएको प्रवेश शुल्क पनि अहिले उठाउन बन्द छ। नगरकोट सडक अलपत्र हुँदा नगरकोटको सट्टा बैकल्पिक ठाउँतिर पर्यटक गएको भनाइ छ।

नगरकोट सडक निर्माण सम्पन्न नगरी नगरकोट महोत्सव गर्नुको कुनै तुक नै नहुने भन्दै नगरपालिका नगरकोट सडक बनाउन जुटेको हो। नगरकोट भ्रमण वर्ष-२०८२, २०८२ वैशाख १ मा उद्घाटन गरी औपचारिक रूपमा सुरु हुनेछ। उद्घाटनपछि एक वर्षसम्म नगरकोट भ्रमण वर्ष २०८२ चल्ने छ। त्यस क्रममा चाँगुनारायण नगरपालिका– १ देखि ९ सम्म नै विभिन्न कार्यक्रम गर्ने योजना नगरपालिकाको छ।

भ्रमण वर्ष आयोजना गर्नुको मूल उद्देश्य बाह्य पर्यटक भिœयाउने र बसाइ लम्ब्याउने, आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने रहेको नगरपालिकाले जनाएको छ। यसका लागि नगरपालिकाले आवश्यक पूर्वाधार बनाउँदै धार्मिक महत्वका मठमन्दिरको जीर्णोद्वार तथा रङरोगन पनि गरिरहेको छ।
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ५९ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस