रौतहटको गुजरा नगरपालिका–१ मा बाघको आक्रमणबाट गम्भीर घाइते भएका वडाध्यक्ष रामजित चौधरीलाई पूर्वमन्त्री तथा सांसद प्रभु साहले भेट गरी उपचारका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
वीरगंजस्थित मेडिसिटी अस्पतालको आइसियुमा उपचाररत वडाध्यक्ष चौधरीको स्वास्थ्य अवस्था बुझ्दै साहले सहयोगका लागि हरसम्भव प्रयास गर्ने आश्वासन दिएका हुन्।
शनिबार बिहान खेतमा काम गरिरहेका ६५ वर्षीय बौराई चौधरीमाथि बाघले आक्रमण गरेपछि उनलाई बचाउन गएका ५५ वर्षीय वडाध्यक्ष चौधरीसमेत बाघको आक्रमणमा परेका थिए।
घाइते दुवैजनालाई उपचारका लागि तत्काल वीरगंज लगिएको थियो। हाल वडाध्यक्ष चौधरीको उपचार मेडिसिटी अस्पतालमा भइरहेको छ भने बौराई चौधरीलाई थप उपचारका लागि भारत लगिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईले जानकारी दिए।
बाघको आक्रमणबाट गम्भीर घाइते भए पनि दुवैले बाघलाई लखेट्दै ज्यान जोगाउन सफल भएको बताइएको छ। हाल दुवैजनाको स्वास्थ्य अवस्था गम्भीर रहेको र उपचार भइरहेको डिएसपी राईले बताए।
वडाध्यक्ष चौधरीको स्वास्थ्य स्थिर रहेको र अझै पनि आइसियुमा उपचार भइरहेको परिवारजनले जानकारी दिएका छन्।