मकवानपुरको सिस्नेरी पहिरोमा परी ज्यान गुमाएका खेलाडीहरूको न्यायको लागि भन्दै भक्तपुरबाट हस्ताक्षर अभियान आरम्भ भएको छ। उच्च स्तरीय संसदीय छानबिन समिति गठनको माग गर्दै हस्ताक्षर अभियान सुरु भएको हो।
अखिल नेपाल फुटबल संघ (एन्फा) कै कमजोरीका कारण उक्त घटनामा अभिभावकले आफ्ना अबोध बालकहरू गुमाएका र खेल क्षेत्रले भविष्यका होनहार खेलाडी गुमाएको भन्दै "हाम्रो अभियान नेपाली फुटबलमा आमूल परिवर्तन" समूहले हस्ताक्षर अभियान सुरु गरेको जनाएको छ।
आयोजक हाम्रो अभियान नेपाली फुटबलमा आमूल परिवर्तनका अध्यक्ष राम प्रजापतिले देशव्यापी हस्ताक्षर सङ्कलन गरि जिल्ला प्रशासन कार्यालय र प्रतिनिधि सभाका सभामुख समक्ष बुझाउने कार्यक्रम रहेको बताएका छन्। हस्ताक्षर अभियान एक महिनासम्म संचालन गरिने र प्रत्येक जिल्लामा पुग्ने अभियानका संयोजक प्रजापतिले प्रष्ट पारे।
हस्ताक्षर अभियानले गत असोज १२ गते मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका-३ स्थित वात्सल्यदेवी स्कुलमा पहिरोमा परी एन्फा सिस्नेरी एकेडेमीमा रहेका ६ किशोर खेलाडीको ज्यान गएको विषयमा उच्च स्तरीय संसदीय छानबिन समिति गठनकोको उद्देश्य बोकेको छ।
उक्त घटनामा एकेडेमीमा रहेका किशोर खेलाडीहरू आदित्य बलम्पाखी, विकल रेग्मी, प्रियान्स आचार्य, दिवस बानियाँ, अनुपम घलान र साइमल योन्जनको ज्यान गएको थियो।
कुलेखानीको ड्याम खोलेपछि पानीले बगाउने हल्ला र त्रासले बच्न निस्केमा किशोर खेलाडीहरूको पहिरोमा परी ज्यान गएको थियो।
पीडित परिवारले यस अघि राजधानीमै पत्रकार सम्मेलन गरि घटनाको छानबिन हुनुपर्ने माग राखेका भएपनि सुनुवाइ नभएको गुनासो गर्दै आएका छन्। यस्तो घटना भइसक्दा पनि एन्फाले कुनै छानबिन नगरेको र नेतृत्वले ज्यान गुमाउनेका आफन्तलाई थप पीडा दिएको आरोप छ।