प्रहरीले सुनसरीको धरानमा गोली चलाएर लागु औषध (गाँजा) कारोबारीलाई नियन्त्रणमा लिएको छ। सुरक्षाकर्मीलाई झुक्याएर भाग्न खोजेपछि प्रहरीले गोली चलाएर गाजा बोकेका दुईवटा गाडीसहित कारोबारीलाई नियन्त्रणमा लिएको हो।
गाँजा लिएर आउँदै गरेको गाडी भगाउन खोजेपछि गोली चलाउनु परेको प्रहरीको भनाइ छ।
गाँजा लिएर धरानतर्फ आउँदै गरेको गाडीलाई प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो। प्रहरीलाई देखेपछि चालक भाग्न खोजेका थिए। भाग्दै गरेका चालकलाई गोली चलाएर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीले ४ राउण्ड गोली चलाउनु परेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाले बताए । प्रहरीले २ वटा गाडीबाट ६ सय किलोग्राम गाँजा नियन्त्रणमा लिएको छ।